साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- १६)

थाले तर्कवितर्क खेल्न दिलमा खुस्क्यो भएको कडी सम्झिन्छन् घर गाउँका मनहरा आफ्ना पुराना गढी !!

Nepal Telecom ad

देवीप्रसाद मिश्र

वृद्धवृद्धाका सहरिया समस्या

खोज्दै अर्थ बुटा थिए सहरमा सन्तान सम्भावित
देखाए सपना बुबा र जननीलाई अनौठोसित !!
तृष्णाको गुठुरो लिएर सँगमा बोकी असीका दसी
आए वृद्ध मुहार यो सहरमा आल्हाद गुन्टा कसी !!७६!!

चाहेको छ सहायता पनि यता गल्दै गएका तन !!
के हुन्थ्यो सुविधा तनाव मनमा बढ्दो अझै क्रन्दन !!
केही खेत खला तथा अचलका पाखा गरा कन्दरा !
राखे बन्दक बैङ्कमा जति थिए हेर्दै उँचो मन्दरा !!७७!!

लौराका भरमा भए पनि उता घुम्थे खला खेतमा !
हुन्थ्यो सञ्चय अर्थ गाउँघरमा राख्थे सदा सेफमा !!
मिल्थ्यो पावन गाउँले परिधिको सद्भाव आलोकित !
अर्कै जन्म लिएसमान छ यता को गर्छ अभ्यागत !!७८!!

मान्छेका भिडभाडले घनघटा दैनन्दिनी व्यस्तता !
देखिन्छन् जनता सदा कहरमा खोजेर सम्भाव्यता !!
छन् सन्तान निदाउरा सबजना आफ्नै समस्यासित !!
जुद्धा छन् दिनरात कर्म पथमा छैनन् पला सञ्चित !!७९!!

आफ्ना कन्तुरमा गुदी जति थियो सन्तानका साथमा
सुम्पे आदरले समस्त गुठुरो खाली भयो हातमा !!
थाले तर्कवितर्क खेल्न दिलमा खुस्क्यो भएको कडी
सम्झिन्छन् घर गाउँका मनहरा आफ्ना पुराना गढी !!८०!!

(क्रमशः)

०००
ताप्लेजुङ, हाल- काठमाडौं
२०८०/२/५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x