साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काल

एकैछिनको दुःख मनाउ चिन्या मान्छे गाको आखिर सृष्टि यस्तै न हो मर्ने जुनी पाको ।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौडेल :

हरेकदिन घट्दै आछन्
सङ्ख्या ठुलासाना
इतिहासमा पल्टदैछन्
नयाँ नयाँ पाना ।

जोखनामा आयू किट्ने
ज्योतिष परलोक भए
ज्वरो आको सानो निहुँमा
वैद्य पनि गए ।

बोक्सी खेद्छु भन्ने झाँक्री
दोष भगाउँदै ढले
सोझा थिए छिमेकी दाइ
उनी पनि चले ।

यौटापछि अर्को गर्दै
मर्ने मर्दै गाछन्
बाँच्नेहरू मरेकालाई
कठै ! भन्ने भाछन् ।

समकालीन चासो रह्यो
मरे कतिजना ?
अग्रजपुस्ता घट्दै गाको
ज्येष्ठ विडम्बना ।

एकैछिनको दुःख मनाउ
चिन्या मान्छे गाको
आखिर सृष्टि यस्तै न हो
मर्ने जुनी पाको ।

चाहे पनि छल्न काल
कहाँ सकिन्छ र ?
कहिले आउँछ यमराज
के हुन्छ र भर ? ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x