साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (१)

आमाको रति याद हुन्न त भने छोरो कुलाङ्गार भो आमा हूँ म भनी बधू नबुझने आफैँ अरिङ्गाल हो । आमाको दिल दुख्छ त्यो रज सधैँ बुझ्दैन पीडा तर आमा आहत छिन् बुझेन मन त्यो ,रुन्छिन् सधैँ धर्धर ॥

Nepal Telecom ad

हेम अधिकारी :

जेठो जन्मिनगो बडो रहरको मातापिता हर्षित
कान्छाको अनुहारमा नित रमी सारै ठुलो गर्वित ।
हुर्काए अति हर्षभाव सपना राम्रा उज्याला बुनी
सारै उच्च बिचारका र गतिला छोरा बनाऔँ भनी ॥१॥

जेठो भो गतिलो ,भयो अतिठुलो ,उच्चा पदासीन भो
सारै सुन्दर रूपकी सहरकी हेर्यो बुहारी अहो !
सारा खर्च गरेर आर्जन सबै बाले खन्याई दिए
छाडी चट्ट दुवै बधू सुत मिली बाटो तताई लिए ॥२॥

बस्छन् ती सुखमा ठुला सहरमा बिर्सेर जन्मस्थल
आमाबाबु घृणा गरे अब यसै बिर्सेर गर्भस्थल ।
आएनन् कहिल्यै बधू सुत फिरी, आएन चाडै पनि
रोगी वृद्ध भए अशक्त अब छन् दारुण्य भो जीवनी ॥३

पाको देह उपाय छैन अरु क्यै निर्लिप्त छन् काममा
कान्छो हुन्छ अवश्य सादर भनी बस्छन् सधैँ आसमा ।
कान्छो गर्दछ के भनी युगलका पर्दैन क्यै कानमा
प्यारो लाउँछ धाक मात्र ,उसका आँखा सधैँ दाममा ॥४॥

के के खान्छ बिहोस आउँछ सधैँ धम्क्याउने काम छ
बाआमा सब रित्तिए गलित छन् आँसु सधैँ आउँछ ।
टाडा जान्छ निहारिका नजरले देख्तैन त्यो सुन्दर
छोरा दुष्ट भए, छ दुच्छर बधू भो जीवनी बन्जर ॥५॥

आमाको रति याद हुन्न त भने छोरो कुलाङ्गार भो
आमा हूँ म भनी बधू नबुझने आफैँ अरिङ्गाल हो ।
आमाको दिल दुख्छ त्यो रज सधैँ बुझ्दैन पीडा तर
आमा आहत छिन् बुझेन मन त्यो ,रुन्छिन् सधैँ धर्धर ॥६॥

माताका दिलमा सदा प्रिय कथा सन्तानको बन्दछ
राम्रा ज्ञान र उच्च मान सजियुन् सद्भावले भन्दछ ।
साँच्चै दुष्ट समाज बन्छ सकियो त्यो मानवी भावना
यस्तो कल्मष बन्द होस् अब गरौँ यो कामना कामना ॥७॥

०००
झापा, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x