साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्यांश- ३

पोल्दो हो चेत ज्यादै तलवितल भए ख्याल राख्ने गरेमा। रम्नेछन् प्रेम पाए निठुर म नबनी हौसलाले भरेमा ।। भोकै प्यासै नछाडूँ कृत तनमनले बन्न जानूँ पुजारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

पढ्दै पोथी सुधारौँ कृत लय बटुली उच्चतातर्फ लागौँ ।
पुर्खाकै मन्त्र जप्दै प्रविधि पथ चुनी कर्ममा नित्य जागौँ ।।
बन्नेछौँ शान्ति कामी भुवनभर डुली ज्ञान झिक्ने भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।११।।

शिक्षा हो दिव्य आँखा समय गति सबै देख्न सक्ने हितार्थ ।
पक्री सत्कर्म सङ्ला मृदुल फल दिने बुझ्न सक्ने गतार्थ ।।
राखौँ है वृद्ध साथै अनुभव बटुली बाँड्न आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१२।।

घोटेका हाडछाला परिजन सुखको सिर्जना गर्नलाई।
घोले सम्पूर्ण आफ्नो रगत र पसिना सौख्य आशा जमाई ।।
आफ्नामा हर्ष भर्ने कृत पथ दगुरे कष्ट टाढा लघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१३।।

पोल्दो हो चेत ज्यादै तलवितल भए ख्याल राख्ने गरेमा।
रम्नेछन् प्रेम पाए निठुर म नबनी हौसलाले भरेमा ।।
भोकै प्यासै नछाडूँ कृत तनमनले बन्न जानूँ पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१४।।

लौ शुश्रूषा नत्यागूँ नियमित क्रममा हर्ष भारी बढाऊँ ।
यो आफ्नै दैनिकी हो मनमगज लिऊँ कृत्य सङ्ला फिजाऊँ ।।
सिर्जूँ  सौन्दर्य हाँसो निज भवन जमोस् सौख्य गङ्गा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।१५।‌।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x