साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छैनन् सहारा

जायजन्म हुँदा हिजाे दिल अर्कै हाम्राे मैना चरी वाेले जस्ताे हसिमन राम्राे । उमेरमा कति मिठाे हुन्थ्याे माेई ढिँडाे बालवच्चा सम्झि आफ्नाे नियतिमा हिँड्याे ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

ओरकाे लाेटा पर सार्ने
काे छर घरमा
छाेरा छाेरी छैनन् साथ
पराई शहरमा ।१

साँझ बिहान दिनरात
काेहि छैन साथ
वल्टे काेल्टे बुढा बुढी
छैन अरु बात । २

चुल्हाे चाैकाे कसिङ्गर
गर्न गाराे भयाे
भात भान्सा पकाउन
मस्ती घट्दै गयाे ।३

उमेरले नेटाे काट्याे
तिरिमिरी आँखा
कान कम सुन्नेभयाैं
ईशाराकाे भाका ।४

हातगाेडा लुला भए
लाैराे भाे सहरा
शास मात्र धान्ने आँट
हाम्राे छ आहारा ।५

माया हाम्राे रित्ताे भयाे
घरसबै खालि
माया माेह झुट्ठा रैछ
रैछ दिल जाली ।६

भविष्यका याेजनामा
दुखसुख माेड्याैँ
वाधा अर्चन आइपर्दा
हाँसीहाँसी ताेड्याैं।७

विवेकतामा अल्झ्याे मन
भुरा भुरी हुँदा
काेनै छ र कसले देख्छ
कुना बसी रुँदा ।८

पहिला थिए थाेत्रा थाम्रा
कटेराकाे वास
जन्मकर्म दिएपछि
हुँदाे रैछ आश ।९

छाेरा छाेरी कमाउन
विदेशमा पसे
चल्न हल्न नसक्दा नि
आश देखाई बसे ।१०

कानका लाेती फर्किसक्याे
गाला चाउरी पर्याे
बुढेस कालमा खाेई सहारा
कसले दया गर्याे ।११

जायजन्म हुँदा हिजाे
दिल अर्कै हाम्राे
मैना चरी वाेले जस्ताे
हसिमन राम्राे ।।१२

उमेरमा कति मिठाे
हुन्थ्याे माेई ढिँडाे
बालवच्चा सम्झि आफ्नाे
नियतिमा हिँड्याे । १३

पाइला हाम्राे चल्ने छैन
दैलाेबाट पिँढी
हातपाउ लर्याङ बर्याङ
ओर्लिदैनाै सिडिं।१४

प्रियसीकाे माया भाेक
अलिअलि भाछ
उनकाे पनि हातपाउ
सिथिल हुँदै गाछ।१५

दैवहरे यस्तै रैछ
जे भाे जिवनमा
जति पीडा भए पनि
लुकिरैछ मनमा ।११६

०००
वालकाेट, भक्तपुर ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
पूर्ण प्रसाद मानधर
पूर्ण प्रसाद मानधर
1 year ago

मन पर्यो । सही हो हजुर।

Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x