कविराज घिमिरेवृद्ध
हो घिनले वा हो मन कोडी सन्तति आफ्नो भाग्दछ छोडी वृद्ध नहोला को वय साँची ? बुझ्न सकेनन् आखिर बाँची ।।

कविराज घिमिरे :
वृद्धहरूका माझ म जाऊँ
खस्न पुगेका आँसु थमाऊँ
छन् जति बाधा पार लगाऊँ
जागृत पारी आँट जगाऊँ ।। १
आस बढाऊँ प्रेम भराऊँ
चेतन बाँडी स्तुत्य गराऊँ
जीवन स्रष्टा सम्झिँन लाऊँ
नित्य पलामा दर्शन पाऊँ ।। २
आसुर क्रोधी भाव लखेट्तै
वृद्ध बनेका बाल समेट्तै
पूर्ण बनाई सार स्वयंका
शिक्षक हुन् यी वृद्ध सबैका ।। ३
ईश्वर मेरा भन्छ कसैले
फाल्तु बने यी भन्छ कसैले
मानव भित्रै छन् मतभेद
छन् पशुजस्ता छन् कति देव ।। ४
व्यर्थ बढायौ व्यर्थ पढायौ
सन्तति भन्दै देह जलायौ
पुत्र र पुत्री साथ भएनन्
पर्दछ आपत् हेर्न रहेनन् ।। ५
हो घिनले वा हो मन कोडी
सन्तति आफ्नो भाग्दछ छोडी
वृद्ध नहोला को वय साँची ?
बुझ्न सकेनन् आखिर बाँची ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































