साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

हो घिनले वा हो मन कोडी सन्तति आफ्नो भाग्दछ छोडी वृद्ध नहोला को वय साँची ? बुझ्न सकेनन् आखिर बाँची ।।

Nepal Telecom ad

कविराज घिमिरे :

वृद्धहरूका माझ म जाऊँ
खस्न पुगेका आँसु थमाऊँ
छन् जति बाधा पार लगाऊँ
जागृत पारी आँट जगाऊँ ।। १

आस बढाऊँ प्रेम भराऊँ
चेतन बाँडी स्तुत्य गराऊँ
जीवन स्रष्टा सम्झिँन लाऊँ
नित्य पलामा दर्शन पाऊँ ।। २

आसुर क्रोधी भाव लखेट्तै
वृद्ध बनेका बाल समेट्तै
पूर्ण बनाई सार स्वयंका
शिक्षक हुन् यी वृद्ध सबैका ।। ३

ईश्वर मेरा भन्छ कसैले
फाल्तु बने यी भन्छ कसैले
मानव भित्रै छन् मतभेद
छन् पशुजस्ता छन् कति देव ।। ४

व्यर्थ बढायौ व्यर्थ पढायौ
सन्तति भन्दै देह जलायौ
पुत्र र पुत्री साथ भएनन्
पर्दछ आपत् हेर्न रहेनन् ।। ५

हो घिनले वा हो मन कोडी
सन्तति आफ्नो भाग्दछ छोडी
वृद्ध नहोला को वय साँची ?
बुझ्न सकेनन् आखिर बाँची ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x