साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या गजबको आइडिया !

बिहेपिछे फरक फरक रङको पोतेमा उनेको छड्के तिलहरी काँधमा राखेर परिपरीको फोटो खिचेर टिकटक र फेसबुक भरेपछि मेरो बौद्धिकतामा कसैले खोट लगाएर चोट पुर्याउने कुरै भएन ।

Nepal Telecom ad

वा क्या गजबको कार्ड ! कर्किनी काकीले बिर्खे भाइका बिहेको कार्ड नियाल्दै भनिन् । काग जस्ती काकी यस्सो कोल्टे फिरिन् र कालेका बाले चाल नपाउने गरि कर्के आँखा पार्दै सपिङ जाने संकेत गरिन् । नक्कल झक्कलमा खासै आक्कल नभए पनि सपिङमा भने मेरो राम्रै दखल छ । त्यसैले कतै न्वारान, पास्नी, बर्थडे, एनिभर्सरी र बेबीसावर जस्ता ठूल्ठुला कार्जे हुँदा पनि काकीले सपिङ गर्न जाँदा कहिल्यै छुटाइनन् ।

अरु नै भए अर्कै कुरा, यो त आफ्नै साखै मितबुवाका काका हजुर बाको कान्छी पट्टीको नाति बिर्खेको बिहे । नयाँ नयाँ लुगा र गरगहनाले झपक्कै परेर दुईचार दिन अगाडिदेखि नै थपक्कै जानुपर्ने ठाउँ । अब त बिहेको सिजन पनि सुरु भयो । लौन, फेरि यो सपिङको धपेडीले मार्नेभयो । पहिले पनि महिनौ अगाडिदेखि मन लगाएर सपिङ्ग गर्दा पनि कहिले के नपुग्ने कहिले के नमिल्ने भैरह्यो । यसपालि चाहिँ “शीर्षक एक सपिङ्ग अनेक” भने जस्तो यही मौकामा बुद्धि पुर्याएर वार्षिक योजना बनाउनु पर्यो ।

यत्तिकै नजिकको नाता पर्ने र टार्दा नटर्ने बिहे कम्तिमा वर्षमा दशबाह्र ओटा हुन्छन् । मिनिमाइज गरेर दशओटाकै कुरा गरौं । दशओटा बिहेमा पाँच छोरा र पाँच छोरीको हुनसक्छ । छोरीको बिहेमा मेहेन्दी र हल्दी डेहरू बाहेक हिसाब गर्दा पाँच सेट लुगा र गहना चाहिने रहेछ । त्यसैगरी पाँच जना छोराको बिहेमा जन्ती जाँदा र भोज खाँदा जम्मा दश सेट भए पुग्ने रहेछ । एक वर्षमा पन्द्र सेट लुगा र गहनाको बन्दोबस्त गर्यो भने लगभग पुग्ने नै भयो ।

वा ! क्या दूरदर्शी आइडिया यार मेरो ! यो आइडिया देखेर कालेका बा पनि मख्खै पर्छन् होला वाइ ! मेरी बुढी कति बाठी भन्दै …! बिहेमा सारी लगाए पार्टीमा लेहेंगा लगाउनुपर्ला …! आ.. जे लगाए पनि हिसाब उस्तै उस्तै त होला । अब निकाल्नु पर्यो पन्द्र सेट लुगा र गहनाको वार्षिक बजेट ।

जुत्ता, चप्पल, चुरा, टीका, नेलपोलिस, लिपिस्टिक सहित एक सेट सारी वा लेहेंगाको किफायती पाराले कम्प्रमाइज गर्दा पचास हजार । गरगहनामा औँठी, सिक्री, झुम्का, जेठी, माइली, साँइली र कान्छी तिलहरी अनि रानीहार र छ्ड्के गरि चानचुन चार लाख पच्चीस हजार । अब व्यूटीपार्लरमा मेनिकेयर, पेडिकेयर, हेयरकेयर, स्किनकेयर आदिइत्यादिको खर्च पच्चीस हजार । एउटा बिहे वा पार्टीको लागि जाबो पाँचै लाखले पुग्ने रहेछ । पन्द्रओटा बिहे र पार्टीलाई एक वर्षमा जम्माजम्मी पचहत्तर लाख छेलोखेलो हुने भयो । एकै चोटि पुग्ने पैसा बोक्यो अनि एकै महिनामा सपिङ्ग सक्यो क्या ढुक्क । यो हो नि त सक्षम व्यवस्थापकको सफल कार्ययोजना ।

आफ्नो बौद्धिकतालाई आफैंले अब्बल ठहर गरें र मख्ख परें । अरुको जस्तो देखासेखी गर्नुछैन मलाई । मलाई त लुगाको रङ अनुसारको पोतेको रङ र बुट्टा अनुसारको गहनाको डिजाइन भए भैहाल्छ । गहना पसलेलाई पहिले जस्तै आफ्ना गहनाको डिजाइन आफैंले दिएर क्या खुशी बनाएको थियो । बिहेपिछे फरक फरक रङको पोतेमा उनेको छड्के तिलहरी काँधमा राखेर परिपरीको फोटो खिचेर टिकटक र फेसबुक भरेपछि मेरो बौद्धिकतामा कसैले खोट लगाएर चोट पुर्याउने कुरै भएन । मेरो यो करोडौंको आइडिया कर्किनी काकीलाई सितैमा मरिगए सुनाउँदिन । कर्किनी काकी पनि कम्तिकी कहाँ छन र ? यस्ता कुराको सुइँको मात्र पाइन् भने कहाँ छोड्छिन् र, बजेट बढाएरै भए पनि दुईचार थोक बढी नै जोड्छिन् ।

हन, आज कालेका बा कहाँ गए हँ …? पाँच बजिसक्यो आउने अत्तोपत्तो छैन । कतिबेला आउँछन् र भनौंला भन्या….! कल गर्नु पो पर्छ कि क्या हो कालेका बालाई ।

लौन नि, कालेका बा त कालो निन्याउरो अनुहार लाएर पो आए त …! ठिकै छ, चियाखाजा पछि खाउँला, खुशीको यो कुरो चाहिँ अहिल्यै सुनाउनुपर्यो भन्ठानेर बौद्धिक घमण्डका साथ वार्षिक बजेटको बेलिविस्तार लाएँ । उनी मेरा कुनै कुरालाई पनि नाइँनास्ती गर्दैनन् । म भन्दैगएँ उनी सुन्दै स्विकृतिको मौन संकेत गर्दै गए । एक वर्षमा जम्मा पन्द्रओटा बिहे र पार्टी हुने रहेछन् । प्रत्येक बिहे र पार्टीमा पाँच लाखका दरले एक वर्षमा जम्मा पचहत्तर लाख मात्र लाग्ने रहेछ बुढा, हजुरले मलाई एकै चोटि पचहत्तर लाख दिस्यो कि.. भन्दै यस्सो ऊतिर हेर्या त बुढा भक्लक्कै ढलिसकेछन् । आत्तिएर उठाउन खोजें, घच्घच्याएँ, रोएँ, कराएँ मेरो केही लागेन, बुढाले त जिब्रो टोकी सकेछन् । हे, हुनु हनामी !

कुनामा झोक्राएर बिहेदेखि ऊ थिए सम्मका कुरा संझिएँ “न्याउरी मारी पछुतो” भनेजस्तै भयो म मोरीलाई । मास्टरको जागिर बिहानदेखि बेलुकासम्म ओठतालु सुकाएर भोकले अँध्यारो मुख लाएर आउँथे । महिना मथ्र्यो, भन्याबेलाँ कहिल्यै तलब झर्दैनथ्यो । जेठा भिनाजुको जस्तो जागीर कहाँ हो र कालेका बाको । भिनाजु त एअरपोर्ट, यातायात र भन्सारमा भ्रमण गरिरहन्थे र अमूल्य उपहार हात पारिरहन्थे । कालेका बा बरा ! यस्तो ठिहिर्याउँदो जाडोमा एउटा ज्याकेटसम्म किन्न सकेनन् । स्कुलदेखि बाहेक भन्सार त के अर्को संसारै देखेनन् । म अभागीका आफ्नै बुद्धिले यत्तिकै उमेरमा एक्लो हुनुपर्यो । कालेका बा कत्ती असल थिए, कत्ति मायालु थिए, कत्ति धेरै काम सघाउँथे, कत्ति धेरै पैसा कमाउँथे कहिल्यै रिसाउँदैनथे ….! कालेका बाका गुनैगुनका कुरा मात्र संझेर निक्कै साह्रो घुँक्क घुँक्क गरिछु कालेका बाले नै पो घच्घच्याएर बिउँझाए … । धत्तेरी ! म चाहिँ ढलेछु उनी पो उठेछन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x