साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थैलीभित्र खाम

झ्वाँकिएर त्यो तेरा नाकमा झुन्ड्या, भनौं झै हुतिरामलाई भाथ्यो, तर मुसाको रिस भ्यागुतालाई के पोख्नु भनेर उनले भनिदिए- ऊ त्यही हल्लुँडो झुन्ड्याउने सिँगौरामा झुन्ड्या ।

Nepal Telecom ad

“कर्मगरे फल आफैं ओइरिन्छ“भन्थे उबेला ओलनेका अन्तरे बा । नभन्दै ठ्याक्कै त्यस्तै भयो हुतिरामका जीवनमा । मेलापात जाँदा होस् कि भोजभतेर खाँदा होस्, उनी अनेक कविता कत्थे र फुत्त फुत्त कविताकै झटारो फ्याँक्थे । कहिले झटारो ठाउँमै पथ्र्यो र राम्रै गथ्र्यो त कहिले कुठाउँमा पथ्र्यो र हुतिरामकै होस हथ्र्यो । जे होस् उनले कविता कथ्ने कर्म गर्न कहिल्यै छोडेनन् ।

उनको न्वारानकै नाम हो हुतिराम । घर पर्यो पारी टाँडेटोल । कतिले उनलाई हुतिटाँडे त कतिले उनलाई कुतिटाँडे भन्थे । जे होस् उनी हुतिराम नै हुन् । मोफसलका मान्छे, बालीनालीको फसलबाहेक आयआर्जनको पसल नदेख्या । हुतिराम भावुक प्रकृतिका मान्छे हुन् । पढाइलेखाइ सामान्य भए पनि कहिलेकाँही राम्रै रचना गर्थे । प्रकाशनको पत्तो नपाएर उनका कति रचनामा साङ्लाले पाइखाना बनाए त कतिमा मुसाले प्रसूतीगृहको सेवा भोग गरे । केही रचना सहरियाहरूले सोहोरसाहार पारेर सहरतिरै लगेर आफ्नै नाममा छपाए । गर्नेभन्दा गराउने ठूलो भन्दै हुतिराम आफ्ना रचना अर्कैका नाममा छापिएको देखेर दङ्ग परे ।

‘साहित्यको उर्वर भूमि हो’ भन्दै अलि अस्ति सहरियाहरू आएर टाँडेटोलमा कविगोष्ठी गरे । उत्कृष्ट हुनेलाई पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे । सयौँ सिकारुदेखि तिखारु कविहरूले कविता सुनाए । हुतिरामको पनि पालो आयो । इष्टकोटका पाकेटबाट कविताको पाना निकालेर भर्खरै देउता आउन लाग्या झाँक्रीका झै उनी लुग्लुगाए । सुरुवाल थोरबहुत सिञ्चित भए पनि हुतिरामले हार नखाई कविता पूरै सुनाए । “दैव दाहिना भएपछि कसैको केही लाग्दैन” भने जस्तो, उता छनोट समितिमा छवे सर पर्नाले हिम्मतसाथ हुतिरामकै नाउँ छानेछन् ।

दुई सातापछि नै तारे काकाकाँ सहरबाट सम्मान गर्ने भन्दै तारखबर आयो । खबरको खुसी खप्न नसकी हुतिराम बाटैमा हर्षले नाच्नै लाग्याथे, तर छँटाएछ भन्लान् भन्ने डरले मन थामे । दौडँदै गएर आफ्नै जाहानलाई पुरस्कार थाप्न जाने खुसीको कुरो सुनाए । बिचरी ! खिनमायाँको मुख हर्कले आँको आँ भयो । उनले आफ्नै लोग्नेलाई अनौठो मान्दै ट्वाँ परेर हेरिरहिन् । उनका आँखा रसाए । छेउ पर्नै लजाउने उनी छिनमै हुतिरामका कुममा टाउको राखेर हुँकहुँकाइन् । हुतिरामले जोसिँदै भने- ए रातै मोफसलमा पनि अब पुरस्कारको फसल पाक्यो ।

खिनमायाँको टाउको सुम्सुम्याउँदै— ट्याम्के कि आमा ! अब हाम्रा दुःखका दिन गए । तैँले अब यो कुममा फाट्या चोली टालीटाली लाउनु पर्दैन । हामी जोईपोइ नै जाने सम्मान लिन स’राँ … भन्दै हुतिरामले खिनाका आँखाको आँसु पुछिदिए । खिनमाया हुतिरामका मुखमा पुलुक्क हेर्दै लुपुक्क भइन् । पुरस्कार पाउने दिन जति नजिकिँदै गयो उति नै हुतिराम र खिनमायाँको चुरीफुरी सोह्रश्राद्धका पुरेतको झै हुँदैगयो । हुतिराम निक्कै गम्केर हिँड्न थाले । पहिला तर्केर हिँड्ने खैराँते साहुले पनि ऋण एकै वचनमा खुरुक्कै पत्याए । एकअर्काको बोलीचाली र छरछिमेकीको व्यवहारमा समेत व्यापक परिवर्तन भयो ।

पुरस्कार थाप्न उनीहरू दुवै जना सहर गए । सानदार हलमा अरूहरूसँगै सामेल भए खिनमायाँ र हुतिराम । हुतिरामलाई हेर्ने र खादा भिराउनेको ओइरो लाग्यो । हलभरि टन्न मान्छे, झिलीमिली बत्ती, गीतगजलको मधुर आवाज, आयोजकको चहलपहल । फूलमाला र दोसल्लाले छोपिनै लाग्या थिए हुतिराम । हुतिरामका सृजनाको मुर्धन्न्य समालोचकहरूले मुक्त कण्ठले उच्च मूल्याङ्कन गरे । उदघोषकले ताम्रपत्र वाचन गरे, प्रमुख अतिथिले हस्तान्तरण गरे । तालीको गड्गडाहट चल्यो । खिनमायाले पनि जोडले थपडी बजाइन् । रासीको पुटुस्स परेको थैली थाप्दा उनीभन्दा उनकी श्रीमती खिनमाया अझ खुसी देखिन्थिन् ।

कार्यक्रम सफलतासाथ समाप्त भयो । हल बाहिर निस्कँनै लाग्दा खिनाले खुसुक्क भनिन्- बुढा, पैसाचाहिँ अहिले नै हेरौँ न हाउ ! हुतिरामले खिनालाई घरमै पुगेर दङ्ग पार्ने विचारले सम्झाउँदै थुम्थुम्याए । घर पुगेर हतार हतार खोपाको कुप्पीपट्टि फर्किएर खिनालाई सुइँकै नदिई सुटुक्क हुतिरामले थैली खोले, थैलीभित्र खाम, खामभित्र खाम, खामभित्र अर्को खाम… हुतिरामको हृदयको गति जाम हुनै लाग्याथ्यो, खिनाले खुसी हुँदै भनिन्- बुढा ! यो ताम्रापत्रचाहिँ कहाँ झुन्ड्याउनु हँ ? झ्वाँकिएर त्यो तेरा नाकमा झुन्ड्या, भनौं झै हुतिरामलाई भाथ्यो, तर मुसाको रिस भ्यागुतालाई के पोख्नु भनेर उनले भनिदिए- ऊ त्यही हल्लुँडो झुन्ड्याउने सिँगौरामा झुन्ड्या ।

हुतिराम मेरा मन मिल्ने मित्र हुन, आँखाभरि हर्षका आँसु बर्साउँदै यो विवरण बताए । म पनि त कवि मनको कमलो मान्छे परें हजुर ! कताकताबाट कविता फुरिहाल्यो…..!

आएश्री कविजी पुरस्कृत भई, खामै मजाको थियो
यसका साथ प्रमाणपत्र बढिया रङ्गीन छापा थियो ।
दोसल्ला पनि किन्तु जब यो, खामै खुलाई लिया
रित्तो खाम रहेछ, मानु मुखमा चिनी बिनाको चिया ।

तेह्रथुम, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x