अशोककुमार शिवाजमाना गएको रहेनछ
म रेलिंग समाउँदै माथि उक्लिएँ । माथि रेलिंगमा बाँधेर राखेको डिसहोमको छाता दायाँवायाँ हल्लाएँ सँगै मेसेन्जर कल गरेर सोधेँ जवाफ आयो “केही आएन” ।

बिरामी परेर आराम गरेर बसिरहेको बेला मेरो मेसेन्जरमा भुईंतलामा बस्ने माईलीको कल आयो । उठाउन अल्छी गर्दै गर्दै उठाएको “दाई माथि गएर हल्लाई दिनु न यहाँ टिभी आएन” म त बिरामी परेर आराम गरिरहेको छु हल्लाउन जाने अाँट नै पो छैन मैले भने । ए एकपल्ट हल्लाई दिए हुन्थ्यो । मैले बिस्तारै उक्लेर हल्लाई दिने बिचार गरें र भनेँ पख है त म बिस्तारै उक्लिन्छु ।
म रेलिंग समाउँदै माथि उक्लिएँ । माथि रेलिंगमा बाँधेर राखेको डिसहोमको छाता दायाँवायाँ हल्लाएँ सँगै मेसेन्जर कल गरेर सोधेँ जवाफ आयो “केही आएन” । फेरि २/४ पटक हल्लाएँ मोवाईलमा आवाज़ आउँदै छ “केही आएन” । फेरि अलिकति तलमाथि हल्लाएँ । “ल भयो भयो छोडिदिनु आयो” तलबाट कुर्लेर बोलेको मोवाईलमा सुनियो र छोडेर म तल ओर्लिएँ ।
नेपालमा २०४२ साल पूर्व कोही कोही टिभी राख्ने क्षमता भएकाको घरमा मात्रै टिभी र सिग्नलको लागि छतमा मसिना आल्मुनियमका भर्याङ जस्तालाई डण्डीमा तेर्सो सुताएर बाँधेको एण्टेना ठड्याइएको हुन्थ्यो । यस्तो एण्टेना राखेको घरमा प्राय एकजना एण्टेना दायाँबायाँ हल्लाउने र एकजना कोठाभित्रबाट आयो, आएन र झ्यार्र झ्यार्र आयो भनेर कराउने खबरिलाल हुन्थे । यो प्रक्रिया पटक पटक सुन्ने गरिन्थ्यो । २०४२ सालमा नेपालमा नेपाल टेलिभिजनको स्थापना सँगै एण्टेना घुमाउने र कोठाबाट चिच्याउने युगको झन बढि बिकास भयो ।
२०४४/४५ बाट बिस्तारै केवल टिभीहरूले आफ्नो बजार बिस्तार गर्न थाले र एण्टेना घुमाउने र चिच्याएर वास्तविकता बुझाउने कामले बिश्राम पाउँदै गयो । प्राय मानिसले केवलबाट टिभी हेर्न थाले तर अझै पनि केवल सर्वसाधारणको पहुँचमा थिएन । जसजसकोमा एण्टेना थियो यो प्रथा चलेकै थियो ।
केही समयपछि डिसहोमले छाता मार्फत नै गुणस्तरीय टिभी सर्विस दिने भनेर सर्विस सुरु गर्यो । मेरो घरमा भईंतलामा बस्ने उनै माईलीका सन्तानले पनि डिसहोमको छाता राखेका थिए । यो छाता नियमित त होइन तर बेलाबखत हावाले हल्लाई दिंदा पुन सेटिंग गर्न कोही माथि चडेर हल्लाउनु नै पर्छ अनि जानकारीको लागि कोठाबाट आयो आएन भनेर चिच्याउनै पर्छ ।
मिति : २०७८/१२/१३
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































