साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना गएको रहेनछ

म रेलिंग समाउँदै माथि उक्लिएँ । माथि रेलिंगमा बाँधेर राखेको डिसहोमको छाता दायाँवायाँ हल्लाएँ सँगै मेसेन्जर कल गरेर सोधेँ जवाफ आयो “केही आएन” ।

Nepal Telecom ad

बिरामी परेर आराम गरेर बसिरहेको बेला मेरो मेसेन्जरमा भुईंतलामा बस्ने माईलीको कल आयो । उठाउन अल्छी गर्दै गर्दै उठाएको “दाई माथि गएर हल्लाई दिनु न यहाँ टिभी आएन” म त बिरामी परेर आराम गरिरहेको छु हल्लाउन जाने अाँट नै पो छैन मैले भने । ए एकपल्ट हल्लाई दिए हुन्थ्यो । मैले बिस्तारै उक्लेर हल्लाई दिने बिचार गरें र भनेँ पख है त म बिस्तारै उक्लिन्छु ।

म रेलिंग समाउँदै माथि उक्लिएँ । माथि रेलिंगमा बाँधेर राखेको डिसहोमको छाता दायाँवायाँ हल्लाएँ सँगै मेसेन्जर कल गरेर सोधेँ जवाफ आयो “केही आएन” । फेरि २/४ पटक हल्लाएँ मोवाईलमा आवाज़ आउँदै छ “केही आएन” । फेरि अलिकति तलमाथि हल्लाएँ । “ल भयो भयो छोडिदिनु आयो” तलबाट कुर्लेर बोलेको मोवाईलमा सुनियो र छोडेर म तल ओर्लिएँ ।

नेपालमा २०४२ साल पूर्व कोही कोही टिभी राख्ने क्षमता भएकाको घरमा मात्रै टिभी र सिग्नलको लागि छतमा मसिना आल्मुनियमका भर्‍याङ जस्तालाई डण्डीमा तेर्सो सुताएर बाँधेको एण्टेना ठड्याइएको हुन्थ्यो । यस्तो एण्टेना राखेको घरमा प्राय एकजना एण्टेना दायाँबायाँ हल्लाउने र एकजना कोठाभित्रबाट आयो, आएन र झ्यार्र झ्यार्र आयो भनेर कराउने खबरिलाल हुन्थे । यो प्रक्रिया पटक पटक सुन्ने गरिन्थ्यो । २०४२ सालमा नेपालमा नेपाल टेलिभिजनको स्थापना सँगै एण्टेना घुमाउने र कोठाबाट चिच्याउने युगको झन बढि बिकास भयो ।

२०४४/४५ बाट बिस्तारै केवल टिभीहरूले आफ्नो बजार बिस्तार गर्न थाले र एण्टेना घुमाउने र चिच्याएर वास्तविकता बुझाउने कामले बिश्राम पाउँदै गयो । प्राय मानिसले केवलबाट टिभी हेर्न थाले तर अझै पनि केवल सर्वसाधारणको पहुँचमा थिएन । जसजसकोमा एण्टेना थियो यो प्रथा चलेकै थियो ।

केही समयपछि डिसहोमले छाता मार्फत नै गुणस्तरीय टिभी सर्विस दिने भनेर सर्विस सुरु गर्यो । मेरो घरमा भईंतलामा बस्ने उनै माईलीका सन्तानले पनि डिसहोमको छाता राखेका थिए । यो छाता नियमित त होइन तर बेलाबखत हावाले हल्लाई दिंदा पुन सेटिंग गर्न कोही माथि चडेर हल्लाउनु नै पर्छ अनि जानकारीको लागि कोठाबाट आयो आएन भनेर चिच्याउनै पर्छ ।

मिति : २०७८/१२/१३
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x