साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति एक ब्यापार

जल्ले जे भने नि, पाँच बर्षलाई कसैले क्यै गर्न सक्नै हैनन् क्यारे । आफ्नो खर्च उठाईकन व्यवहार पनि त मिलाउनु पर्छ यै बेलाँ ! बारम्बार अवसर आउंदैन !

Nepal Telecom ad

सुरुमा त अध्यक्षको टिकट हातपार्नै पनि निकै पापड बेल्नु पर्यो बीरबहादुरलाई । एकातिर कुस्त पैसाको अभाव त्यस्माथि बागी उम्मेदवार, डरै डरका बिच उम्मेदवारी दिएका बीरबहादुरले आखिर झिनो मतान्तरले भए पनि जितेरै छाडे । त्यसैले गर्दा पनि होला आज उनको खुसीको सिमा छैन । यता बीरबहादुरकी श्रीमती फुलमायाँको पनि भुईंमा खुट्टा छैनन् भन्दा नि हुन्छ । सबैतिरबाट बधाईको ओइरो लागिरहेको छु । बरबहादुरले पनि साथीभाइ,आफन्त र मतदाताहरू समेतलाई धन्यवाद दिएर भ्याएका छैनन् । यसरी एक हप्ता पत्तै नपाई बित्यो ।

एकदिन बेलुका बीरबहादुर कार्यालयबाट फर्किएर आराम गरिरहेका थिए । सायद आज उनी अलि बढी खुसी सन्तोषको मुडमा थिए । फुलमायाँ पनि पहिल्यैदेखि यो दिनको प्रतिक्षामा थिइन् । “हजुरले अब पालिकाभित्र हुने सम्पूणर् सडक निर्माणको ठेक्का चैं मेरो भाइ सोमबहादुरलाई दिनुपर्छ नि, ऊसँग डोजर, ट्रिपर आदि सबै छ । कसरी हुन्छ मिलाउनु होला, बिचराले निकै खर्च गरेको छ, हजुरलाई जिताउनका लागि ! अनि अर्को, मामाकी छोरी बैनी, रोजी दुर्गममा कस्तो कष्टले जागीर खाइरहेकी छे, उसलाई सरुवा गरेर आफ्नै पालिकामा ल्याउनु पर्छ पहिला !” उनले एकै सासमा आफ्नो भावी योजना बीरबहादुरका अगाडि राखिन् ।

“बिपक्षीले बिरोध गर्दैनन् सबै आफ्नै मात्र काम गर्दा, तिमीले भन्या जस्तो सजिलो हुन्छ ?” बीरबहादुरले आफ्नो बाध्यता बताए । “अलि अलि चारो छर्दिनु पर्छ नि त तिनीहरूलाई पनि । बाँकी त आफ्नै काम गर्ने हो बाबै ! जल्ले जे भने नि, पाँच बर्षलाई कसैले क्यै गर्न सक्नै हैनन् क्यारे । आफ्नो खर्च उठाईकन व्यवहार पनि त मिलाउनु पर्छ यै बेलाँ ! बारम्बार अवसर आउंदैन ! धेरै सोझो हुने हैन, भन्देको छु !” भन्दै भुतभुताउंदै फुलमाया भान्सातिर लागिन्, बीरबहादुर पनि पछिपछि लागे !

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x