मीनप्रसाद लामिछानेराजनीति एक ब्यापार
जल्ले जे भने नि, पाँच बर्षलाई कसैले क्यै गर्न सक्नै हैनन् क्यारे । आफ्नो खर्च उठाईकन व्यवहार पनि त मिलाउनु पर्छ यै बेलाँ ! बारम्बार अवसर आउंदैन !

सुरुमा त अध्यक्षको टिकट हातपार्नै पनि निकै पापड बेल्नु पर्यो बीरबहादुरलाई । एकातिर कुस्त पैसाको अभाव त्यस्माथि बागी उम्मेदवार, डरै डरका बिच उम्मेदवारी दिएका बीरबहादुरले आखिर झिनो मतान्तरले भए पनि जितेरै छाडे । त्यसैले गर्दा पनि होला आज उनको खुसीको सिमा छैन । यता बीरबहादुरकी श्रीमती फुलमायाँको पनि भुईंमा खुट्टा छैनन् भन्दा नि हुन्छ । सबैतिरबाट बधाईको ओइरो लागिरहेको छु । बरबहादुरले पनि साथीभाइ,आफन्त र मतदाताहरू समेतलाई धन्यवाद दिएर भ्याएका छैनन् । यसरी एक हप्ता पत्तै नपाई बित्यो ।
एकदिन बेलुका बीरबहादुर कार्यालयबाट फर्किएर आराम गरिरहेका थिए । सायद आज उनी अलि बढी खुसी सन्तोषको मुडमा थिए । फुलमायाँ पनि पहिल्यैदेखि यो दिनको प्रतिक्षामा थिइन् । “हजुरले अब पालिकाभित्र हुने सम्पूणर् सडक निर्माणको ठेक्का चैं मेरो भाइ सोमबहादुरलाई दिनुपर्छ नि, ऊसँग डोजर, ट्रिपर आदि सबै छ । कसरी हुन्छ मिलाउनु होला, बिचराले निकै खर्च गरेको छ, हजुरलाई जिताउनका लागि ! अनि अर्को, मामाकी छोरी बैनी, रोजी दुर्गममा कस्तो कष्टले जागीर खाइरहेकी छे, उसलाई सरुवा गरेर आफ्नै पालिकामा ल्याउनु पर्छ पहिला !” उनले एकै सासमा आफ्नो भावी योजना बीरबहादुरका अगाडि राखिन् ।
“बिपक्षीले बिरोध गर्दैनन् सबै आफ्नै मात्र काम गर्दा, तिमीले भन्या जस्तो सजिलो हुन्छ ?” बीरबहादुरले आफ्नो बाध्यता बताए । “अलि अलि चारो छर्दिनु पर्छ नि त तिनीहरूलाई पनि । बाँकी त आफ्नै काम गर्ने हो बाबै ! जल्ले जे भने नि, पाँच बर्षलाई कसैले क्यै गर्न सक्नै हैनन् क्यारे । आफ्नो खर्च उठाईकन व्यवहार पनि त मिलाउनु पर्छ यै बेलाँ ! बारम्बार अवसर आउंदैन ! धेरै सोझो हुने हैन, भन्देको छु !” भन्दै भुतभुताउंदै फुलमाया भान्सातिर लागिन्, बीरबहादुर पनि पछिपछि लागे !
हेटौडा
Subscribe
Login
0 Comments
Oldest








































