साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली राजनीतिमा चारको महत्व

अति गर्नु तर अतिचार नगर्नु भन्ने उखानको पात्रको रूपमा रहेको चार कसैको बैशाखी भएर कसैको सेखी झार्न कम्मर कसेर लागेको भए पनि सेखीको त कुरै छाडौँ ।

Nepal Telecom ad

उहिलेको कुरा हो नेपाल चारबणर् छत्तिस जातको पूmलबारी रे । तर अहिले नेपाल चारैचारले घेरिएको काँढावणर्को भएको छ । यता हेर्‍यो चार, उता हेर्‍यो चार भनौँ चारैतिर चारैचार, तीन पनि छैन, पाँच पनि छैन चार मात्र । बरु यो चार आठ बाह्र पुग्न सक्छ । यो चारको संख्याले नेपाललाई चारैतिरबाट घेरेको छ । यो चारको मिलनले नेपालीलाई पिरेको छ । यो चार ठाउँ कुठाउँ छिरेको छ । नपाएको पगरी भिरेको छ । यो चार नेपालका लागि सधैँ फाप सिद्ध भएको छ । नेपालमा एउटा चारको भने सधैँ अभाव खट्किरहेको छ । तर कसैले पनि पुरा गर्न सकिरहेका छैनन् । त्यो चार पुरा हुने हो भने नेपाली जनताको माग पुरा हुने थियो ।

नेपाललाई सधैँ पिर्ने चार के हो त ? भनेर लोकसेवा आयोगले मलाई प्रश्न सोध्यो भने म निर्धक्कसँग भन्ने छु राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक दुराचार, अत्याचार, भ्रष्टाचार, कुबिचार हो भनेर । किनभने पहिले बिचारमा नै मानिसको सदाचार छैन । जब बिचार नै दुचाचारपूणर् छ भने त्यहाँ सदाचारको गन्धले बास पाउन सक्दैन । कुबिचारका नालायकहरूले सदाचारलाई दुराचार, बलात्कार र अत्याचारको साँचोमा ढालेर ढलिमली गरेका छन् नेपालमा । जसका कारण चारबणर्को नेपाल काँढा बणर्मा परिवर्तन भएको छ ।

नेपालमा समाचारको प्रचार पनि कुबिचारमा चोबलेर आउँछ जस्तो लाग्छ मलाई । सत्ताचारमा पौडी खेल्न पल्केकाहरू बाहिर बाहिर लोकाचार भित्रभित्र पोकापारको रणनीतिको अचार चाखिरहेका छन् । भनौँ नेपालमा बिद्यमान चारबणर्ले नेपाल सखाप पार्न लागेको छ । यसको बम्पर उपहार चाख्न खुट्टामा डम्फरको काँढा बिझे पनि दौडमा पछि नपर्ने संस्कारले नेपाली चारबणर्लाई सदियौँदेखि गाँजेको छ । यसको उपचार नहुँदा सदाचारभित्र घुन पसेको छ । धमिराले छिचिमिरा उत्पादन गरेको छ ।

नेपाली राजनीतिमा देखिएको यो चारको संयोगले देश खाएको छ । कुबिचार, अत्याचार, दुराचार र भ्रष्टाचार नै आजको राजनीतिको प्रमुख विशेषता, लक्षण भएको छ । नेपालको राजनीतिलाई यी चार कुरा अत्यन्त फापेको छ । नफापेको भए अहिलेसम्म नेपालको आजको राजनीति टिक्ने थिएन । बरु अन्य देशको राजनीतिसँग बिक्री हुन सक्थ्यो होला । नेपालका राजनीतिक दलहरूले पनि आफ्नो मुल उद्देश्य नै यही चार कुरालाई मानेर अघि बढेका छन । नेपालको राजनीतिमा हात्ती दलदेखि छिचिमिरा दलसम्मकाले, सिहदलदेखि मुसा दलसम्मकाले यही चार नीति र उद्देश्य अनुसार काम गरेका कारण आजको गैँडा अवस्थामा पुग्न सफल भएको नैतिक कुरा म यहाँ लुकाउन चाहन्छु । देखाउ भने अरु दलले पनि भोलि यही सिको गर्न सक्ने सम्भावना बढ्ने भएकोले र दलको संख्या घट्ने भएको हुँदा लुकाउने कुचेष्टा गरेको हुँ । चार ए कान चार, चार दुना त्यही चार भन्ने अनि गर्ने चाहिँ पचिस चौका सय ।

भनौँ यतिबेला नेपालमा चारघरेको रजाइँ छ । पाँचघरेको सामुहिक घर भए पनि चारघरेको बोलवाला छ । बिरालोलाई दूध भात खुवाएर पालेका छन् । कुकुरलाई मासुको विभिन्न परिकारका साथै घ्यू खुवाएर ज्यू गर्न लगाएका छन् । चारघरेहरू आफैँ बेवारिसे बन्न लागेको बेलामा एकभाइ भने चारभाइको खबरदारीमा दाह्री मुसार्दै भुसको आगो सल्काउन लागि परेका छन् । शालिकको मालिक बन्नेहरूलाई नालीमा पुर्‍याउने जालझेल रचिरहेका छन् ।

चार अङ्कका बारेमा चार एकान चार हुनु पर्ने तर चार एकान पाँच भएको छ । पञ्चभलाद्मीको आदेशानुसार यो पाँचको बेसाइतमा माया प्रिती बसेको जस्तो छ । चारको मात्रै माया प्रिती बसेको भए जारहरू तँछाड मछाड गरेर खपिसक्नु हुन्थेन । सबै कुहिएको फर्सि र आलु जस्तो नराम्रोसँग गन्हाएर खपिनसक्नु हुन्थ्यो होला । तर जे होस् गन्हाए पनि शरीरमा अत्तर दलेर हिडेका कारण अर्ध दुर्गन्धित रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । चारको संयोग झण्डावाल सत्तामा छ । त्यसैले यो देशमा चार फाप सिद्ध भएको छ ।

तीज पर्वको भोलिपल्ट पर्ने चौथीको चालढालको नेपाली सत्ताको चार अङ्कले नेपाली जनतालाई यति धेरै पिरेको छ कि त्यसको नालीबेली लाउने हो भने पछाडि फर्किएर हेर्नु पर्ने हुन्छ । साँच्चै भन्ने हो भने चारको चकार डकार आउन थालेको छ । यो चारले बेलाबेलामा मुलुकमा आगो बालेर त्यसको तातो सबैमा पुर्‍याउँछ । त्यो तातोले पोलेर जनार्दनहरू पाताल भासिन थालेका छन् । चारैचारको सत्ताले आफैलाई पत्ता साफ पार्नकालागि राफसाफको कुरामा हाफ हाफ भनिरहेको छ ।

यो बेसारे चारले देशको मुहार परिवर्तन गर्न सकेन । बरु देशलाई परालको त्यान्द्रो बनाएर राखेको छ । कुबिचारको खानी चारभित्र पाँच मित्रको सल्लाहमा झारफुकको तन्त्रमन्त्रले काम गरिरहेको छ । अड्को फड्को तेलको धुप भन्ने नेपाली उखानलाई बखानेकै भरमा चार चौघेराभित्र रुमलिएर कठघरामा उभिने समय पनि आउँछ । अति गर्नु तर अतिचार नगर्नु भन्ने उखानको पात्रको रूपमा रहेको चार कसैको बैशाखी भएर कसैको सेखी झार्न कम्मर कसेर लागेको भए पनि सेखीको त कुरै छाडौँ एउटा रौ पनि झार्न सकेको छैन । मात्र चकारी काममा चारले नाम कमाएको छ । काम कमाएको भए चारले यो देशको नाक थप्थ्यो होला ।

झिना मसिना कुरामा चारको दैनिकी चलिरहेको छ । गाउँघरतिर भोको पेटमा, नाङ्गो आङमा र आकाश मुनिको छानोमा आगो बालेर त्यसको रापमा ढलिमली गर्न चार पल्किरहेको छ । शहराँ पनि ठेलामा मेला लगाएर चारले अत्याचार गरिरहेको छ । साँझ बिहानको छाक टार्न ठेला ठेल्नेहरूलाई रुवाएर नाम कमाउन सफल भएको यो चारको सरकार थप चार कमाउन लागि परेको छ । थपचार कमाएर आठ चार पुर्‍याउँछ र त्यसमा पनि थप चार कमाएर बाह्र पुर्‍याउँछ अनि आठ बाह्रको सरकार बनेर देशको अर्थाटनले समुन्द्रपारि तिर्थाटनमा पुगेर गाँस बास कपासको भोकाटनलाई साम्य पार्छ । त्यसैले चारको बयानमा आयाम थपिने छ ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x