साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु जयन्ती

तिम्रो कुनामा फ्याँकेको दौरा सुरुवाल खुम्चे जस्तै भाषा र साहित्य पनि खुम्चिरहेछ कालीका बाबु ! होस् गर । भानुभक्तको बर्षभरि नाक काटिन्छ ।

Nepal Telecom ad

“त्यो भानु जयन्तीको दौरा सुरुवाल डल्लो पारेर कुनामा कहिले सम्म फाल्ने हँ ए कालीका बाबु ?”
“ए हुँदै गरोस् न ! अहिले के बितेको छ ? अब फेरि आगुँ त होला ! भानु जयन्तीमा ।”
“अन्त बिहे बटुलोमा चाँहिदैन ?गाउँमा पुराण पूजा आउदैन ?”

“आएर के हुन्छ ? कसले लाएको छ आफ्नो भेष भुषा ? होईन।साँच्चै अस्ति भानु जयन्तीमा टाई सुट्मा आएर पुरस्कार थापेको थाहा छ ? हग्नेलाई भन्दा देख्नेलाई लाज ! मुख्य अतिथि भनौंदोले टोपी उल्टा लाएको थियो । मलाई त कम्ती लाज भएन ! फेरि राजनीतिका कुरा के साह्रो गरेको ? होइन राजनैतिक दलको कार्यक्रम हो कि भानु जयन्ती छुट्याउन गाह्रो भयो ।”

“त्यस्तै हो बुढा ! कागलाई वेल पाकेको हर्ष न विस्मात् । ईन्तु न चिन्तुको साहित्यकार ! उदघोषकले नेपालीमा साल गते भन्न नजानेर अंग्रेजीमा भन्दै थिए । अझै उनीहरुनै बेजोड कार्यक्रम भन्दै खोक्दै थिए । म त मर्छु कि क्या हो हाँस उठेर !”

कालीका बाबुले भानु जयन्तीको भिडिओ फेरि फोनमा सुन्दै थियो । दुवै लोग्ने स्वास्नी खित्का छोडेर हाँसे । एउटा टप्पर टुइयाँ, गवाँर ब्यक्तिले अंग्रेजीमा भानु जयन्तीमा भाषण गरेछ ।

“भानुभक्त नोन थ्रो आउट् द वल्र्ड फर्म हिज विज्डम एन्ड जष्टीस !”
दुवै लोग्ने स्वास्नी हाँसेर भुतुक्कै भए । अन्तमा स्वास्नीले भनी ।

“तिम्रो कुनामा फ्याँकेको दौरा सुरुवाल खुम्चे जस्तै भाषा र साहित्य पनि खुम्चिरहेछ कालीका बाबु ! होस् गर । भानुभक्तको बर्षभरि नाक काटिन्छ । एकदिन स्वाङ पारेर के होला र ?”

कालीका बाबुले जम्मै बङ्गरा देखाएर ङिच्च हाँस्यो !

सिक्किम / १६ जुलाई २०२२ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x