साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यकलाकार मनोज गजुरेलसँग फित्कौली वार्ता

भैंसी दुहुँदै गरेका माईला मामालाई घुच्चुकमा हानेर हाँस्दै भागेको सम्झना छ । कोक्रोमा सुतिरहेको काकाको छोरालाई चोरेर घण्टौंसम्म लुकाएर राख्दा काकाकाकी आत्तिँदा पनि कमेडी लागेको थियो । : मनाेज गजुरेल

Nepal Telecom ad

टेलिभिजनको चर्चित हास्यव्यङ्ग्य कार्यक्रम कमेडी च्याम्पियनका तीन जज मध्येका एक मनोज गजुरेल एकजना सदाबहार हास्यव्यङ्ग्य कलाकार हुनुहुन्छ । ताप्लेजुङमा २०३० साल जेष्ठमा जन्मिएका गजुरेलमा स्कुलेजीवनदेखि नै उट्पट्याङ किसिमको स्वभाव रहेको उहाँ आफै बताउनु हुन्छ । धेरै कलाकारहरू अरुले लेखेका स्क्रिप्टमा कमेडी गर्ने गरेका छन् । मनोज स्क्रिप्ट मात्र हैन, हास्व्यङ्ग्यका स्तरीय रचना लेख्न पनि उत्तिकै खप्पीस हुनुहुन्छ । महाप्रलय, उथलपुथल, खाँडो जाग्यो, टपरटुइयां, उखरमाउलो, पप कविता, म के भन्छु भने (हास्यव्यङ्ग्य श्रव्य क्यासेटहरू)बाट अघि बढेको गजुरेको हास्यव्यङ्ग्यकारिता ‘लुखास्त’, ‘हनुम्यान’, जोकशास्त्र’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह), टाउको खाने कथा, तालुमा आलु (टिभी शो), जिरे खुर्सानी, आधुनिक नारद, कहि नभएको जात्रा, कुरा गर्‍यो कुरैको दुःख (रेडियो कार्यक्रमहरू), साथमा सयौँ रंगमञ्च प्रस्तुति दिइसक्नु भएका सिस्नुपानी नेपालका उपाध्यक्ष मनोज गजुरेलसँग गरिएको फित्कौली वार्ता :

दिनचर्या कसरी बित्दैछ हँ ?
– दिनचर्या गाईजात्राको तयारीमा बितिरहेको छ । रातचर्या चाहिं आफ्नै जात्रा गरेर बितिरहेको छ ।

गजुरेलका विचारमा हास्यकर्म के हो ?
– हास्यकर्मको मर्म बुझ्न सयौं जिब्रो भएका जिब्रेस्वरले त गर्न सक्दैनन्, म एकजिब्रेले के गर्न सकौंला र । तर पनि आधाजिब्रोले भनौं भने हास्यकर्म भनेको आफू हाँसेर बाँच्नका लागि अरुलाई पनि हंसाउने कर्म हो । किन कि मनोज एक्लै हाँस्यो भने मगज बिग्रिएछ भन्लान् ।

केटाकेटी उमेरमा गरिएको कुनै कमेडी सम्झनु पर्दा ?
– केटाकेटीको उमेरमा गरिएका ट्रेजेडी कुरा पनि कमेडी नै हुन्थे । भैंसी दुहुँदै गरेका माईला मामालाई घुच्चुकमा हानेर हाँस्दै भागेको सम्झना छ । कोक्रोमा सुतिरहेको काकाको छोरालाई चोरेर घण्टौंसम्म लुकाएर राख्दा काकाकाकी आत्तिँदा पनि कमेडी लागेको थियो ।

स्कुले जीवनमा पनि कमेडी नै गरिन्थ्यो रे नि ?
– हो, स्कुले जीवनमा पनि कमेडी नै गर्दथें । त्यही भएर त गणित विषयमा ३२ भन्दा बढि नम्बर ल्याउँदिनथेँ ।

सिस्नुपानीले तिहारमा मात्र सिस्नु लाउने हो ?
– पाए त बाह्रै महिना लगाउनु पर्ने हो । तर, काठमाडौमा पानी र सिस्नोको ठूलो अभाव छ नि त ।

हँसाउने कार्यमै व्यस्त ? हास्यव्यङ्ग्य लेखनमा चाहिँ किन सुस्त ?
– लेखे पनि हँसाउने हो, हँसाए पनि नि हँसाउने हो । एउटै काम दुईतिर किन गर्नु भन्न मन लागेको छ । तर, सामाजिक सञ्जाल, गजुरीयल डटकममा दैनिक लेखिरहेको रहेछु ।

मञ्चमा कमेडी गर्दा र काँचको पर्दामा कमेडी गर्दा कुन मजा ?
– राम्रो गर्न सक्दा दुबैमा मज्जा, राम्रो गर्न नसक्दा कुनैमा नमज्जा ।

राजनीतिक नेताहरूसँग भेट हुँदा पनि कमेडी वार्ता हुन्छ कि ?
– नेतासँग भेट्दा नेतै भएर बोल्न मन लाग्छ तर नेताले कमेडीभन्दा माथि उक्लनै दिंदैनन् ।

राजा ज्ञानेन्द्रको क्यारिक्रेचर गर्दा थ्रेट आएर पोखराबाट भागेको साँच्चै हो ?
– हैन । पोखरा हुँदा थ्रेट आएको थियो तर त्यो फेक थ्रेट परेछ ।

आफू एकदमै सफल भएँ भन्ने लागेका क्यारिकेचर कुनै तीनवटा ?
– १. ज्ञानेन्द्र २. प्रचण्ड ३. डोनाल्ड ट्रम्प ।

कमेडीको प्लट चाहिँ कसरी बनाइन्छ ?
– जग्गा प्लटिंग गरेजस्तै हो । पहिला कन्टेन्ट खोजिन्छ । त्यसलाई भाषाको डोजरले सम्याइन्छ । अनि टुक्रा टुक्रा पारेर पञ्चलाईनको प्लानिङ गरिन्छ ।

हास्यव्यङ्ग्य लेख्नु र कमेडी गर्नुमा कुन सजिलो ?
– लेख्दा सजिलो, कमेडी गर्दा झन् सजिलो । दर्शक खुशी हुनुपर्छ । बस् ।

गजुरियल डटकम चाहिँ कसरी चलेको छ ?
– तानतुन डटकम गरेर चलिरहेको गजुरियल डटकम ।

आजभोलि सपना चाहिँ कस्तो देखिन्छ ?
– सपना भुलाई सारा, कमेडी लिएर आऊ ।

ध्यान योग र हास्यव्यङ्ग्य वा कमेडीको सम्बन्ध ?
– कमेडी पेशा हो । हास्यव्यङ्ग्य जिम्मेवारी हो । ध्यान योग प्राकृतिक हो ।

जोकशास्त्र पछिको अर्को ठोकशास्त्र कहिले आउँछ ?
– झोंकशाष्त्र चलिरहेको छ दिमागमा । चाँडै आउने खतरा छ ।

दोश्रो घरबार कसरी चलिहेको छ ?
– सुन्दर ।

०००
प्रस्तुति :: फित्कौली, डटकम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x