किशन पाैडेलदसैँ
- ‘ल यो ज्वानोको झोल सुरुप्प पार्नु त अलिकति तागत दिन्छ ।’ बुढीले एक कचौरा झोल ल्याएर ओछ्यानमै राखिदिइन् । म सकी न सकी उठेर सुरुप्प पार्दै थिएँ । ढोकाको घण्टी बज्यो बूढीले ढोका खोलिदिइन् ।

दसैँको शुभकामना लेखेको स्टिकर म्यासेन्जरमा चप्काउँदै रामलाल मित्रले भने-
-‘तपाईंको दसैँ त धूमधाम चल्दै होला ।’
– ‘खसी कति धार्नीको ल्याउनु भो कुन्नि !’
– ‘म्यारिज जमी रहेको होला नि ?’
मैले नि एउटा स्टिकर उसको म्यासेन्जरमा टाँस्दिँदै भने-
– ‘एकदम रमाइलो हुँदै छ मित्र’
– ‘पाँच धार्नी जति थियो होला मित्र’
– ‘म अहिले म्यारिज खेल्दै छु अलि पछि कुरा गरौँला है मित्र’ भन्दै कुरा बिचमा नै टार्दै सिरकभित्र गुटमुटिएँ र लामो सास ताने ।
शरीर निष्क्रिय र अल्छी भएको बेला पनि यो मोबाइल चाहिँ सक्रिय भइरहँदो रहेछ । यसो एक छिन फेसबुक हेरौँ न त भन्यो नाना थरीका बनावटी शुभकामनाका स्टिकर र अनावश्यक म्यासेजले हैरान पार्ने ।
वर्ष दिनमा आएको चाडबाडमा हैरान हुनुपर्ने कुरा त थिएन । तिन दिनदेखि आएको हनहन जरोले गालेर मलाई यो चाडबाड पनि व्यर्थ र निरर्थक लागिरहेको थियो ।
– ‘ल यो ज्वानोको झोल सुरुप्प पार्नु त अलिकति तागत दिन्छ ।’
बुढीले एक कचौरा झोल ल्याएर ओछ्यानमै राखिदिइन् ।
म सकी न सकी उठेर सुरुप्प पार्दै थिएँ । ढोकाको घण्टी बज्यो बूढीले ढोका खोलिदिइन् ।
ओहो ! कस्तो मिठो वासना आएको भन्दै मुख मिठ्याउँदै उनै रामलाल भित्र पसे । भन्दै थिए पाँच धार्नी मासु एक्लै बजाउँदै हुनुहुन्छ कि के हो मित्र ?
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest








































