साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ

- ‘ल यो ज्वानोको झोल सुरुप्प पार्नु त अलिकति तागत दिन्छ ।’ बुढीले एक कचौरा झोल ल्याएर ओछ्यानमै राखिदिइन् । म सकी न सकी उठेर सुरुप्प पार्दै थिएँ । ढोकाको घण्टी बज्यो बूढीले ढोका खोलिदिइन् ।

Nepal Telecom ad

दसैँको शुभकामना लेखेको स्टिकर म्यासेन्जरमा चप्काउँदै रामलाल मित्रले भने-
-‘तपाईंको दसैँ त धूमधाम चल्दै होला ।’
– ‘खसी कति धार्नीको ल्याउनु भो कुन्नि !’
– ‘म्यारिज जमी रहेको होला नि ?’

मैले नि एउटा स्टिकर उसको म्यासेन्जरमा टाँस्दिँदै भने-
– ‘एकदम रमाइलो हुँदै छ मित्र’
– ‘पाँच धार्नी जति थियो होला मित्र’
– ‘म अहिले म्यारिज खेल्दै छु अलि पछि कुरा गरौँला है मित्र’ भन्दै कुरा बिचमा नै टार्दै सिरकभित्र गुटमुटिएँ र लामो सास ताने ।

शरीर निष्क्रिय र अल्छी भएको बेला पनि यो मोबाइल चाहिँ सक्रिय भइरहँदो रहेछ । यसो एक छिन फेसबुक हेरौँ न त भन्यो नाना थरीका बनावटी शुभकामनाका स्टिकर र अनावश्यक म्यासेजले हैरान पार्ने ।

वर्ष दिनमा आएको चाडबाडमा हैरान हुनुपर्ने कुरा त थिएन । तिन दिनदेखि आएको हनहन जरोले गालेर मलाई यो चाडबाड पनि व्यर्थ र निरर्थक लागिरहेको थियो ।
– ‘ल यो ज्वानोको झोल सुरुप्प पार्नु त अलिकति तागत दिन्छ ।’
बुढीले एक कचौरा झोल ल्याएर ओछ्यानमै राखिदिइन् ।

म सकी न सकी उठेर सुरुप्प पार्दै थिएँ । ढोकाको घण्टी बज्यो बूढीले ढोका खोलिदिइन् ।
ओहो ! कस्तो मिठो वासना आएको भन्दै मुख मिठ्याउँदै उनै रामलाल भित्र पसे । भन्दै थिए पाँच धार्नी मासु एक्लै बजाउँदै हुनुहुन्छ कि के हो मित्र ?

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x