अशोककुमार शिवादसैं डेंगु, सरकार र आयल निगम
अझै धेरै घाटा रहेको भन्दै मुल्य नघटाई उपभोक्तालाई चुसेर डेंगु ज्वरो आए झैँ हनहन पारेको छ । यसर्थ आयल निगम पनि डेंगु सार्ने लामखुट्टे जस्तै हो भन्न सकिने अवस्था छ ।

नेपाली मात्रको महानचाड बडादसैँंको आउन लागेसँगै देशमा डेंगुको महामारी सुरुवात भयो । डेंगुले धेरै नेपाली घरहरूमा आफन्त बियोग गरायो भने कति घरहरूमा मानिस बिरामी पारेर बिजोग बनायो । महामारीले कतै एकहोरोमा नै मानिसलाई रुवायो भने कतै दोहोर्याई तेहर्याई हैरान बनायो । डेंगु आफै हुने रोग नभई एकखाले लामखुट्टेले रगत चुसेपछि केही समय पछि हुने रोग हो । यसखाले लामखुट्टेले यसपाली धेरै मानिसहरूलाई चुस्यो र यो चुस्ने क्रम निरन्तर जारी छ । तसर्थ हामीले कहिलेसम्म यो डेंगुसँग लड्नु पर्ने हो त्यो अनिश्चित छ ।
दसैँं नेपालीहरूको हर्सोल्लासमय चाड हो । दसैँंमा सबैले राम्रो लगाउने र मीठो खाएर रमाइलो गर्दै दशमीको दिनमा मान्यजनबाट टीका लगाएर आशिर्वाद लिने चलन छ । यसरी सबै नेपालीले मनाउने चाडपर्वमा उपभोग्य सामग्रीहरू सर्वसुलभ र सस्तो बनाउने काम सरकारको हो । जनताले सस्तो सामग्रीबाट सरल रुपमा पर्व मनाउन पाउनु पर्ने हो तर सरकारलाई यतातिर कुनै चासो छैन । महंगीले आकाश छोएको अवस्थामा न त सरकारले कुनै अनुगमन गर्यो न त सस्तो मुल्यको सुलभ पसल टोल टोलमा व्यवस्था गर्यो । बरु आँखा चिम्लिएर जनतालाई महंगीले चुसेको हेरिरह्यो । यसर्थमा डेंगु सार्ने लामखुट्टे र सरकारमा के फरक भयो र दुबैले जनताको खुन नै चुस्ने भएपछि ।
अर्को महाचुसाहा नेपाल आयल निगम छ । पेट्रोलियम पदार्थमा उपभोक्ताहरूलाई चुस्नु चुसिरहेको छ । स्व-निर्धारण पद्दतीमा मुल्य कायम गर्ने मतलब अन्तर्राष्ट्रिय मुल्य बढेर आए बढाउने र घटेर आए घटाउने निणर्य गरेपछि हाल आएर ३/३ पटक मुल्य घटेर आउँदा समेत निगमले आफूलाई अझै धेरै घाटा रहेको भन्दै मुल्य नघटाई उपभोक्तालाई चुसेर डेंगु ज्वरो आए झैँ हनहन पारेको छ । यसर्थ आयल निगम पनि डेंगु सार्ने लामखुट्टे जस्तै हो भन्न सकिने अवस्था छ ।
डेंगुले त चिसो नबढुन्जेल सताउला तर जनताको हित गर्ने नारा दिने तर हित खातिर भुत्लोभाङ केही नगर्ने सरकार र अन्तर्राष्ट्रमा पेट्रोलियम पदार्थको मुल्य घट्दा समेत मुल्य समायोजन नगर्ने निर्लज्ज लामखुट्टेहरूले जनताको रगत चुसी नै रहने हुनाले यो पछिल्लो महामारीले जनतालाई आक्रान्त बनाई रहने निश्चितप्राय छ ।
०००
२०७९/०६/१८
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































