साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टीकाको आशिष

Nepal Telecom ad

सुसेली लयमा

आयू द्रोणसुते श्रीञ्च्यो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

दसैँँ टीकाको
पौराणिक मन्त्र यो
आशिर्वाद हो ।१

द्रोण सुत झैं
लामो आयु भएका
योद्धा हुनु है ।२

दशरथको
जस्तै शिर उचो भो
आशिर्वाद यो ।३

पितृ भक्त झन्
राघवको जसरी
सत्रु नाश हुन् ।४

राजा नहुस
जस्तो सम्पत्तिवान
हुनुहवस ।५

तेज आओस
पवनको जसरी
गति हवस ।६

दुर्योधनको
जस्तै मान सबैले
गरून् हजुर ।७

रंग मयुर
कणर् झै दानवीर
हुनु हजुर ।८

बलरामको
बल बुद्धि विवेक
उस्तै हुने हो ।९

नारायणको
जस्तो कृति हजुर
देख्न पाइयोस् ।१०

सर्वज्ञानीले
सज्ञानी विदुर झैं
हुनु नानीले ।११

छोरा कुन्तीका
हुनु सत्यवादी झै
यो संसारमै ।१२

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x