साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाकारको परिचय

“म कलाकार हुँ । मेरो भूमिकालाई लिएर सामाजिक सञ्जालमा केही आउँछन् वा म कुनै डायलगको तयारी गरेको हुन्छु भने मेरो कुरालाई कृपया तपाईँ नपत्यादिनुहोस्” सहज भावमा उनले भने ।

Nepal Telecom ad

उनले नभनेको भए मैले चिन्ने थिइनँ ।

कसैले नभनेसम्म मेरो गिद्दीमा कुनै बुद्धि छिर्दैन । मलाई बुझाउन बोलेर अझ दिल खोलेर भन्नुपर्छ । कुरो चपाएको वा बोल्दाबोल्दै पचाएको म बुझ्दिनँ । म बुझ्दिनँ भनेपछि मेरो के लाग्छ । तपाईँको केही लाग्छ ?

अस्ति एक जनाले भोजको निम्तो दिए । भोज भनेपछि हुरुक्कै हुने म । बिहानदेखि केही पनि नखाएर घरमा अलिक बचत गरी उनीकहाँ अलिक बढी खाउँला भनेर पुगें । ढोकामा थिए भोटे ताल्चा र भुस्याहा कुकुर । भोकमा झोंक बढी चल्छ । यस्तो झोंक मलाई कहिल्यै चलेको थिएन तर बिरालोले झैँ खाँबो चिथोर्न पनि पाइनँ ।

गएको बुधवार त हो नि । जन्मोत्सवको फोटो पोस्ट गरे । मैले बधाई दिएँ । फोन गरेर पनि शुभकामना दिएँ । फोन गरेकोमा निकै खुसी व्यक्त गरे ।

भोलिपल्ट उनलाई ट्याग गरेर घनिष्ट मित्रले फेसबुकमा श्रद्धाञ्जलि लेखे । श्रद्धाञ्जलिको ओइरो लाग्यो । मैले केही लेख्नुअघि फोन गरें । लगातार गरिरहें । उठ्दैउठेन । मैले पनि निक्कै भावुक भएर लामो श्रद्धाञ्जलि पोस्ट गरेँ । उनको स्मृतिमा एउटा लामो लेख लेख्ने विचार गरेँ तर लेख्ने हिम्मत अझै भएको थिएन ।

आज बिहान टुप्लुक्क मेरो घर आइपुगे उनी । दुई दिन पहिले मरेको मान्छे कसरी कहाँबाट आएको ? विस्मित र अचम्मित हुँदै आश्चर्यले अश्रुपुरित आँखासहित प्रश्न गरेँ ।

“म कलाकार हुँ । मेरो भूमिकालाई लिएर सामाजिक सञ्जालमा केही आउँछन् वा म कुनै डायलगको तयारी गरेको हुन्छु भने मेरो कुरालाई कृपया तपाईँ नपत्यादिनुहोस्” सहज भावमा उनले भने ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x