साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइकल

“हजुरबा, झुटो बोल्नु पाप हो भन्नुभा हैन ? टाढा गाउँको हलीदाइलाई तलबको साटो साइकल भिराएर किन चोरी भो भन्नुभएको ?”

Nepal Telecom ad

“म यहीँ छु तपाईंहरूसँग । कसैले फाल्तु वस्तु नसोधी लगेको हो । त्यसलाई म चोरी भन्दिनँ ।” अनुहार खुम्च्याउँदै महात्माले भने ।

प्रवचन दिन महात्मा आसनमा चढ्दाचढ्दै स्रोतागणले भन्यो; “महात्माजीको साइकल चोरिएछ । यत्रा मेयरका उम्मेद्वार खडा छन् । कसैलाई किन्न लगाउनुपर्छ ।”

महात्माको साइकलले दुई दशक पचाएको थियो । उनी त्यसैमा चढेर आउँथे र वायुपङ्खी विमान चढेउत्रेको बखान सुनाउँथे । अवचेतन मनलाई उठाउन सके जीवनमा कायापलट हुने कुरा गर्थे । बालबोली देववाणी भएको जिकिर गरिरहेका थिए ।

त्यसबखत भने साइकल प्रसङ्गले उनको मन उत्ताउलो भएको थियो । उनी इज्जत गुन्द्रुकको झोलमा फाल्न नहुने तर्क गरिरहेका थिए । भोट नोटमा साट्न नहुने जिकिर गरिरहेका थिए ।

अन्तिममा एक स्रोताले चार जना मेयरका उम्मेद्वारले दश हजारका दरले चालीस हजार रुपिया दिने कुरो बताउँदै भनेँ; “हजुरले बैक खाता नं दिनुपर्यो ।”

महात्मा मुस्कुराउँदै खाता नं. कागजमा टिप्तै थिए । त्यसैबेला उनीसँगै आएकी सात वर्षे नातिनीले भनेका कुराले सबैजना हल न चल भए । उनले भनेकी थिइन्; “हजुरबा, झुटो बोल्नु पाप हो भन्नुभा हैन ? टाढा गाउँको हलीदाइलाई तलबको साटो साइकल भिराएर किन चोरी भो भन्नुभएको ?”

०००

हाल- सिर्जना कुटी, सिरहा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
0
Would love your thoughts, please comment.x
()
x