साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही अपवाद बाहेक…

अन्यौल र दोधाररुपी दुई आँखामा अज्ञानताको ढ्याब्रे चस्मा लगाइरहेका उत्तरआधुनिक धृतराष्ट्रहरू पुगेका छन्- केही अपवाद बाहेक अहिलेसम्म राज्यसत्तारुपी आलिसान महलको सबैभन्दा माथिल्लो तलामा !

Nepal Telecom ad

जसले जहाँ जहिले जसरी भेट्यो
उसैले त्यहीँ ठाउँको ठाउँ ठहरै हुनेगरी
कुट्नैपर्ने कुलङ्गार कुपुत्रहरू पुगेका छन् –
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

खत्तम पारिछाडनुपर्ने खलनायकहरू पुगेका छन् –
बोराभित्र हालेर तार्सेभिरबाट गुल्ट्याइदिनुपर्ने
गतिछाडा मतिहीन गोबरगणेशहरू पुगेका छन् –
आजीवन उक्किनै नसक्नेगरि भित्तोमा टासेर
भित्तैसित घुचेटिदिनुपर्ने घुर्‍यानहरू पुगेका छन् –
टुडिखेलमा पाता कसेर लडाउदै नाङ्गेझार पारी
सिस्नोपानी लगाएर चुट्नैपर्ने हरामखोर चोरहरू
पुगेका छन्- केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

सम्बन्धित पार्टीभित्रैबाट घोक्रेठ्याक लगाएरै भए पनि
अब कुनै बहाना नगरिकन जतिसक्दो छिटो निकाल्नैपर्ने
इतिहासमा सबैभन्दा नालायक ‘किरो’ लागिसकेका
अन्धभक्तसहित आफैंले आफैंलाई ‘हिरो’ सम्झिरहेका
तर हरेक हिसाबले ‘जिरो’ भइसकेका … लम्पटदास
उत्तरआधुनिक कुम्भकणर्े ‘निरो’हरू पुगेका छन् –
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

शासक भएको दम्भ र अहंकारमा
हिउँ जस्तै स्वाभिमान पग्लिएर
वर्षौंदेखि नेपाली राजनीतिलाई
रछ्यान जस्तै बनाइरहेको हुनाले
बलियो लठ्ठी टेकेरै भए पनि
आफ्नै खुट्टामा निर्धक्कसङ्ग उभिएर
घण्टी बजाउदै सुइरुपी कुचो लगाएर
आज हुँदै गरेको आमनिर्वाचनको माध्यमबाट
अनिवार्य रूपमा बढार्नैपर्ने कसिङ्गरहरू पुगेका छन् –
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा
जसले बिझाइरहेका छन् वर्षौंदेखि
अल्झिबसेर भुइँमान्छेहरूको आँखामा ।

आजीवन प्रवेशनिषेधको घोषणा गरेर
बालुवाटारबाट बिदाइ गर्नैपर्ने बदमाश
बोक्सी बिरालोका छौँडाहरू पुगेका छन् –
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

आफूहरू भोकै बसेर वीर पू्र्खाले
आर्जेर बचाइदिएको नासोरुपी
सुन्दर, शान्त र विशाल हाम्रो प्यारो देश
नेपाललाई दिनप्रतिदिन कुरुप, अशान्त बनाउदै
स्वाभिमान बेचेरै पनि सत्तामा पुग्ने स्वार्थकै लागि
स्वदेशको सीमा क्रमशः साघुर्‍याइरहेका
देशको माटो बेचेर दौरासुरुवाल लगाइरहेका
पतिपत्नीको साइनो बिर्सेर व्यभिचारमा रमाउदै
सिद्वि प्राप्तिको खोजीमा भौंतारिरहेका
छोरालाई भाकेर बलि पुजा गर्दै
छोरी बेचेर सत्ताको श्रीपेच लगाइरहेका
स्वदेशी संस्कारलाई चटक्कै भुलेर
“होली वाइन” को डलरमा बिकिरहेका
समृद्धिको मुहान चिप्रीक्कै थुनिदिएर
गरीबीको अनन्त गहिराइमा डुबुल्की मार्दै
र्‍याल काढ्दै बसेर ‘तर’“ मार्न पल्किएका
विवेकहीन ढाडे बिरालाहरूलाई हराउँदै
स्वाभिमानी हामी नेपालीहरूको
जीत सुनिश्चित गर्नैका लागि
जमानत समेत जफत हुनेगरि
हराउनैपर्ने हरामीहरू पुगेका छन् –
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

छाला काढी नुनखुर्सानी दलेर
मध्येरातमा मसानघाटको बाटो
लखेट्नैपर्ने लुटेराहरू पुगेका छन् –
ज्यँुदै डढाएर छाड्नुपर्ने डाकाहरू पुगेका छन् –
खाल्टो खनेर ज्युदै गाड्नुपर्नेहरू पुगेका छन् –
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

बसेर विस्मृतिको सघन अँध्यारोमा
कथेर भ्रम र द्विविधाको बोक्रे कथा
अन्यौल र दोधाररुपी दुई आँखामा
अज्ञानताको ढ्याब्रे चस्मा लगाइरहेका
उत्तरआधुनिक धृतराष्ट्रहरू पुगेका छन्-
केही अपवाद बाहेक अहिलेसम्म
राज्यसत्तारुपी आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा !

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x