साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवज्ञा

प्रजा प्रतिष्ठान भनेर भनौं भने महाराजका पालाका जस्तै जय जयकार गाउनेहरू वरपर थिए । प्रजा प्रतिष्ठान नभनौँ भने खुम्रे बुढाको प्रेरणाले पाएको पदवीको के जवाफ दिने ?

Nepal Telecom ad

– “श्री ५ महाराजाधिराज कि जय !”
परिसरमा महाराजको आगमन देखेपछि प्रताडित र प्रसाशित प्रजाको मन कुटुक्क दुख्यो । उसले तत्काल मनमनै ईष्र्याभाव राखेर सम्झ्यो ।

– “पख ! मेरो सत्ता त आओस न कति दुहाइ पाउलास !”
प्रजा भुत्भुतिंदै जयजयकार बिचबाट बाहिर निस्क्यो । पेटीमा थ्याच्च बसेर भानुभक्तको श्लोक गाउन थाल्यो ।
– “एकदिन नारद सत्यलोक पुगि गया, लोकको गरूँ हित भनी !”

प्रजालाई यस श्लोकको सम्झनाले निकै भावुक बनायो । उसले महाराजको सेवाभन्दा लोक कै सेवा गर्नु राम्रो हो, भन्ने प्रेरणा मिल्दैगयो । प्राप्त प्रेरणाले एकदिन भानुभक्त बुढाको भेट प्रज्ञा प्रतिष्ठानको प्राङ्गणको चौरको छाप्रोमा जम्काभेट भयो । प्रजा लाई अँगालो हालेर उनले सोधे ।
– “लौ बाबू ! तिमी प्रजाबाट प्राज्ञ बन्यौ ! अब त मेरो पनि जय जयकार गर्लाउ नि !”

प्रजाले प्राज्ञ बस्ने प्रतिष्ठानको माथि राखिएको, सरस्वतीको मूर्तिमाथि खुब नियालेर हेर्‍यो । उसको दिमागमा एकाएक एक ज्ञानको कम्पन हुन थालेर बर्बरायो ।
– “यो हाम्रो साना दुखले आज्र्याको प्रजा प्रतिष्ठान होइन, सबैलाई चेतना भया !”

भानुभक्त खुम्रेबुढा भएकाले कान अलिक नसुन्ने भएका थिए । उनले भ्रममा परेर सोधे !
– “प्रज्ञा प्रतिष्ठान कि प्रजा प्रतिष्ठान ?”

प्रजालाई मनमनै अप्ठेरो बोध भएको थियो । उनको अगाडि निकै ठूलो सामाजिक प्रश्न थियो । प्रजा प्रतिष्ठान भनेर भनौं भने महाराजका पालाका जस्तै जय जयकार गाउनेहरू वरपर थिए । प्रजा प्रतिष्ठान नभनौँ भने खुम्रे बुढाको प्रेरणाले पाएको पदवीको के जवाफ दिने ? त्यसैले प्रजाले नयाँशब्दले नाटकीय रूपान्तरणको कथा थाल्यो ।
– “अज्ञा प्रतिष्ठान !”

फेरि ढोलक, झाम्टा र तान्पुराको तालमा राग फैलिरह्यो ।
– “प्रभु महाराजको जय !”

भानुभक्त हेरेको हेर्‍यै ट्वाँ परेर सोच्न थाले ।
– “फेरि अवज्ञा !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x