साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री पाँडेको सरकार प्रमुखबाट गुणस्तरीय टाँचा

विशुद्ध कालजयी प्रकारको शुद्ध साहित्यिक हास्य–व्यङ्ग्य लेख्न सफल छन्– ताराबहादुर बुढाथोकी । यस वापत उनलाई बधाई ज्ञापन गर्छ र भविष्यमा पाँडे पगरी थमाउन पाइयोस् ।

Nepal Telecom ad

रामकुमार पाँडे :

मान्छेहरू कवाफमा हड्डी भन्छन् तर म हड्डीमा कवाफको कुरो गर्दैछु । भूगोललाई हड्डी ठान्ने बेलामा । यही हड्डी चपाउदै थिएँ एउटा मान्छे फुत्त पस्यो । कहाँको हड्डीमा हड्डी आइलाग्यो भन्ने सोच्दै थिएँ । मेरो अगाडि ‘परमेश्वरको एघारौं अवतार’ प्रकट भयो । हेर्छु त कमालको कवाफ रै छ । कुरो साउन तीनको हो । म कक्षामा विद्यार्थीहरूलाई भूगोल पढाउदै थिएँ । पाको विद्यार्थीजस्तो व्यक्ति भित्र छिरेर रामको नाम लियो र हास्य–व्यंग्य निबन्ध सङ्ग्रहको पाण्डुलिपि ‘परमेश्वरको एघारौं अवतार’ दियो । अनि पो तत्व पत्तो लाग्यो ।

एघारौं अवतारका स्रष्टाको परिचय पाउदै गएपछि यी बाह्रौं अवतार हुन् भन्ने पक्का भयो । हलुवै हलुवा स्वाद लिएँ, सञ्जे कालदेखि नै सिध्याएँ । हलुवामा बालुवा पनि मलुवा जस्तै मीठो कुराले सुरा पान गर्ने भै लट्ठिएँ । यस्तो अद्भुत हास्य–व्यंग्य निबन्धकार कमै जन्मन्छन् । मत्स्यपोखरीमा जन्मेका खानपाका मान्छे खाँदवारीको सेरोफेरो मेरो भन्दा भन्दै विकृतिको आकृति भटाभट खिचि, बेवकुफीलाई खाँदेर हास्य व्यङ्ग्यमा साँदेर पाठकलाई राम्रैगरी पस्किन सफल छन् । यही तालले यस्तै माल ल्याउने ताल प¥यो भने यी कमालका हास्य– व्यङ्ग्यकार हुन्छन् नेपाली साहित्यमा पूर्वका प्रतिभा उदाएपछि उज्यालो हुन्छ ।

उहिल्यै अर्थात २०२७ सालमा संखुवासभाको गाउँ गाउँ चहारेर विद्यालय– विद्यालय पुगेर होनहार प्रतिभाहरूको प्रस्फुटन हुन्छ नै भन्ने विश्वासमा बसेको म । पहिरोमा परेको अरुणमा हेलिएको, ऐँसेलु खाएर रात गुजारेको, पहरामा चिप्लँदै कुदेको, पानी मकै, वेतबाँस र केराका जाति पहिल्याउँदै वनमारा झारको बैरागले कुनै दिन पाखापखेरा बिउँझला भन्दै सोचेको, उचाई भूगोलले सम्भावनाको बढोत्तरी देखेको यत्रा जुगपछि व्यङ्ग्य बुझ्ने व्यक्ति भेट्दा खान त तीन मुठी खाए पनि तीन पाथी खाए झैं भयो । पूर्वका अपूर्वका प्रतिभा देखेर जान्ने भनेर बुढाथोकीलाई विष्णु नवीन भएस् भन्ने लागेको तर भन्न सकिन । कारण अहिलेका कविलाई भानुभक्त भएस् भन्दा उही बिर्के बाजे बन्छन् । भैरव अर्याललाई भेट्ने कुरै छैन पनि भन्न सकिन कारण यही गतिमा दौडे भने हास्यको हाइट गेन गर्ने डाइट छ उनको लेखनमा, केरा पिंडाली अर्थात् केशवराज पिंडाली आफैलाई हेर्थे । त्यस्तै बनेस् भन्न पनि सकिन । कारण हास्य व्यंग्यको दलवल बढाउन मनोवल बढाउनै पर्छ । तर लुतेलाई, पिलन्धरेलाई कच्चालाई हैन सच्चा ताराबहादुर जस्तालाई तारा बनाउनै पर्छ ।

ताराबहादुर बुढाथोकीको पहिलो भेटमा मलाई लाग्यो कतै यी ताराबहादुर बुढाथोकी त हैनन् ? क भनेको कमरेड हैन । न त कमाण्डो नै । अथवा कप्तान । हातमा पुस्तक देख्दा पक्कै क को कवि हुनुपर्छ भन्ने लागेको हो तर हास्य–व्यङ्ग्य निबन्ध सङ्ग्रहको पाण्डुलिपि देखेपछि झन डर लाग्यो कतै हास्य– व्यङ्ग्यको नाममा गाली गलौजले भरेको छ कि । अथवा पुङमाङे गफलाई हास्य–व्यङ्ग्य भनेर लेखेको हो कि अथवा हास्य व्यङ्ग्य भनेर छापेपछि कतै रुनु पर्ने निबन्ध हो कि ? हास्य–व्यङ्ग्य रहर गरेरै लेख्ने केही भए पनि साँच्चै नै दम भएका हास्यव्यङ्ग्य केही मात्र हुन्छन् । तै पत्रिकाका सम्पादक हैन रैछन् । नत्र वर्षको उत्कृष्ट ग्रन्थ भन्दै आफ्ना पत्रिकामा पटक पटक छापेर पुरस्कार लुँड्याउने चटक नहुने हैन ।

यी राजनीतिक पछुवा पनि देखिएनन् । नत्र रङ्ग न ढङ्गको रङ्गले सिंगार्दै हास्य–व्यङ्ग्यलाई घिसार्दै कहाँ कहाँ पु¥याउँथे । यी शुद्ध पाखिवासे कान्छो आफ्नै कान्छो भाइ झैँ लाग्यो । मौकामा प्वाक्क बोल्ने मात्र हो र बोली ट्वाक्क पार्ने शैलीलाई बधाईको थैली टक्राउनुपर्ने छ । व्यक्तिलाई ताकेर हैन प्रवृत्तिलाई पगारेर जुग जुग बाँच्ने शुद्ध साहित्य छ ताराबहादुर बुढाथोकीका हास्य–व्यङ्ग्यमा । यस्तै सिर्जनामा बहादुरी देखाउँदै गए भने बुढाथोकी साँच्चै तारामा हास्य–व्यङ्ग्यको ध्रुवतारा बन्छन् । पूर्वी नेपालका फाट्टफुट्ट देखिएका थोरै तारामा यी पनि एक चम्किला तारा हुन् भनी मान्ने आधार यो ‘परमेश्वरको एघारौ अवतार’ हो ।

यिनका निबन्धमा कति ठाउँमा हाँसो जतिसुकै ओठ टम्म गर्न खोजे पनि फुस्किहाल्छ । हास्य–व्यङ्ग्यको सफलता हास्य व्यङ्ग्यात्मक प्रस्तुतिमा छ । हास्य–व्यङ्ग्य दमनको पीडामा जन्मन्छ र पीडालाई नै समन गर्छ । बुढाथोकीको भाषामा कमाण्ड छ । ठोक्नुपर्नेलाई धुलोपिठो पार्ने गज्जबको ठिटोको मीठो हास्य–व्यङ्ग्य निबन्ध लेख्न लरतरो कसरतले भ्याउन्न । बुढाथोकीमा पाँडे पुराणको स्वाद पाएपछि अद्योपान्त सिध्याएँ । बुढाथोकीको शिक्षा र संलग्नताका अनुभव सोच र विद्या, वृद्धि, विवेक ठाउमै परेका छन् । बिटुलिएका र विषादी छरिएका छैनन् । तारा जन्माउने चन्द्रमाया आमाको सपना ताराले हास्य व्यङ्ग्य क्षेत्रको चम्किलो तारा भएर पूरा गरुन् । ताराबहादुर बुढाथोकीमा हास्य–व्यङ्ग्यको प्रतिभा राम्रै प्रस्फुटित छ । विशुद्ध कालजयी प्रकारको शुद्ध साहित्यिक हास्य–व्यङ्ग्य लेख्न सफल छन्– ताराबहादुर बुढाथोकी । यस वापत उनलाई बधाई ज्ञापन गर्छ र भविष्यमा पाँडे पगरी थमाउन पाइयोस् भन्ने कामनासाथ सफलताको शुभकामना व्यक्त गर्दछु ।

श्री पाँडेको सरकार प्रमुख रामकुमार पाँडे
०००
ताराबहादुर बुढाथोकीको ‘परमेश्वरको एघारौं अवतार’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x