साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिकटेले गोप्य खोल्यो

हन, ज्वाइँको के हुटेल थ्यो, सिटी ‘सेन्टर अगाडि ?’ मैले सोधेँ । ‘होटल हि जैसा । चटपटेका स्टाल था । चटपटेका स्टाल था लेकिन वो ताजमहल से कम होइन । वहि तो मेरा और उसका प्यारका प्रादुर्भाव हुवा था न ।’

Nepal Telecom ad

जेन काइजेन :

‘ज्वाइँको धपेडी’ फित्कौलीमा छापिएपछि म त सिकटे ज्वाईं धुवाँ भए होलान् भनेको होइन रहेछ । ज्वाईंले त मलाई बीच बजारमा झ्याप्पै अँगालो हाले । अनि मेरा हात दुख्नेगरी अँठ्याएर हात मिलाए । तिनका तीखा अस्थीले घोचेर अहिले सम्झिँदा पनि ऐया ! भन्न मन लाग्छ । अनि मात्र मैले ज्वाईंको अनुहारतिर हेरेँ । बाबै ! पुतली जुँगामा कालो कलप मारेर, जीन्सको शर्ट र जीन्स पेन्टमै ज्वाईं त के भन्नु ? अनि अझ कालो गगल्स ! ‘सलमान खान भएर कता नि जुवाईं ?’ मैले सोधेँ ।

‘आज तो पन्चमी छ न । अप्सरा तो स्नान कर्ने गयो । फिर पूजा छ । तो मै भि घूमने निकला । बाजार तो वडा सुनहरा लाग्छ हो यो तीजके माहोलमे । तो आ जाऊ उधर चा, वा पिउँ । बीच बाजारमे खडे खडे के बात गर्नु ?’ ज्वाइँको खुशी उनका जर्दाले निखारेका दाँतले देखायो । मेरो चैं के बिताउ थियो र ? फोकटको चिया खान पाउँदा ज्वाईंका पछि पछि लागेँ ।

पर्तिर थुम्सी दिदीको दुकानमा बसियो । ज्वाईंले पुरी, तरकारी, चिया अर्डर गरे । ‘त सालोज्यू, तिमीले आग्लोको कुरा नगरेको भए भला थ्यो । सब लोग वहि बात करिरहेछ । भाइरल बनाइदियो तिमीले मलाइ तो । मनमे अच्छा लागो हो मलाई पनि । वो थोडा थोडा खटरपटर तो सभिको घरमे भै त हाल्छ । खैर केहि छैन । तो तिमीले एक काम कर दे मेरे लिए वो क्या है कि मेरा प्यार कि वृक्ष मे थोडा जल मिट्टी करदे तु ।’

‘के भनेको हौ ज्वाईं तिमीले ? मैले केहि बुझ्या भा त मरिजाउँ ।’

‘बात के छ कि अपनो शादीको आठ आठ सालगिरह मनाइसक्यो । वो के भयो कि शादी से पहलेका जो इस्कमे एक मजा थ्यो ना अब तो सब बर्फ जैसा भयो । जब जब मनमे तुफान आउँछ न । ये लाइफ कैसा लाइफ वाला फिलिङ आउँछ न उस टाइममे मेरो पास एक खत छ वहि खत पढ्छु। वो खत म जब पढ्छु न, दिलमे सुकुन हुन्छ । मन बाग बाग भै हाल्छ । तँ एक काम करदे भाइ । वो चिट्टी छपवा दे । जितना लगेगा म दिदिन्छ ।’

आज ज्वाईंले बिहानै एक शट गाँजा भ्याए कि जस्तो लाग्यो । सिकटे लास्टै बहकियो नि त गफमा । अनि ज्वाईंको आँखा चेक गर्नुपर्‍यो राता छन् कि छैनन् भनेको गगल्स खोलेकै रहेनछ । मनमा लाग्यो सिकटेले पैसा दिन्छु भन्दैमा कसैको प्रेमपत्र सार्वजनिक गर्नु त अपराधै हो नि । फेरि सोधें, ‘ओए ज्वाईं । छाप्छौ भने आफूले लेखेको चैं छाप न । उर्वसीको पत्र छापेर मलाई गाल पार्छौ ? त्यो त प्राइभेट म्याटर हो नि । के कुरा गरेको हो नसेडी जस्तो । ज्वाईं स्वाईं नभनी झ्याम्म हान्दिनु जस्तो । अब लभको गोप्य कुरा पनि एक्सपोज गर्ने ?

सिकटेले टाउको उठायो । हिरो स्टायलले पुडीको तेलले लच्याप्रै भएका हत्केलाले कपाल मिलायो अनि मुखमा पुडीको बुजो चपाउँदै भन्यो, ‘तु बच्चा है, अभि कच्चा है । फिर भी तिम्रो दिल साफ छ । जब लभ् थ्यो ना तो नदिख्ने वाला अन्दरका आग थ्यो । उसका जो महक थ्यो न दुनियाँको हिलदेनेवाला थ्यो । यो तो बहुत लम्बा कहानी हुन्छ भाइ । प्यार वाला वात् । अभि भि जब जब याद गर्छु – भैहाल्छ न दिल गुलाल ।’

‘हाँ तो म भन्दै थिएँ कि वो छुपा हुवा प्यार तो शादीके बाद एक्सपोज भैगो । दुनियाँले पता भैगो कि ये अप्सरा और दीपाङ्सु प्यार मे थियो । आब तँ बता दे कि सबको पता छ कि छैन दुनियाँलाई हाम्रो प्यारको कुरा ?’

ज्वाईंको अड्कोमा मैले हो मा हो मिलाएँ । ‘तो सम्झिस् नि, तु घोंचू ।’ आफ्नो जीत भएकोमा ज्वाईं खुशीले गड्गडाएर हाँस्यो । उसका मुखबाट उछिट्टिएको खानेकुराले मेरो लुगैे खराब भयो । अनि फेरि बोल्न थाल्यो, ‘तु फिकर नगर । और के मगाउँ ? आज जितना भि खा । फर्माइस तेरा पैसा मेरा । हाँ तो सुन् । मेरा जैसा जितने भि लोग है, न वो लेटरले उर्जा मिल्छ । तो छापिदे । उर्वसीको भि याद हुन्छ हामी कितन प्यार गर्थ्या ।’

मलाई भनें मनमा उर्वसीको डर लागिरहेको थियो । निहुँ खोजेर हानी भने त उठ्न सकिँदैन । अनि जोगिने उपाय खोज्न ज्वाईंलाई सोधें, ‘हौ ज्वाइँ, तिमीले लेखेको चाहिँ छैन ? लेऊन उर्वसीको पछि छापौँला ।’

सिकटेले मलाई नमिठो गरि घुरेर हेर्दा त म मूर्ख नै रहेछु कि जस्तो ख्याल पनि आयो । अनि अलि कर्कस स्वरमा त्यो बोल्यो, ‘लो, वहि त भन्छु । उर्वसीको त हैना । मेरेको आफ्नो हातले उर्वसीके लिए लिखेको लेटर हो न । उसमे डरने का केहि बात छैन । छापिदे ।’ मैले बल्ल त कुरा बुझेँ । ज्वाईंले उर्वसीलाई लेखेको चिठी पो छाप कि छाप भन्दो रैछ । म चाहिँ उर्वसीले नै उसलाई लेखेको पत्र त कसरी छाप्नु भनेर डराएको रहेछु । तैपनि आफ्नो नादानी छिपाउन म बाठो भएर बोलेँ, ‘अनि उर्वसीले लेखेको चैं छैन ? त्यो पनि लेऊ न ।’

‘अरे भाइ । वो कुरा नगर । मेरो तो कच्चा मगज । सब् खतम भैगो ।’

‘कसरी नि ?’

‘कुरा के छ कि मेरोें छोटामोटा विजनिस थ्यो । वो माटिगाडा सिटि सेन्टर के आगे दुकान थ्यो । तो उर्वसी उधर बेस्ट बेङ्गाल युनिभर्सिटी मे अपनो व्यचलौर स्टँडी गर्ने । तो वो मेरो दुकानमा आउँन्थ्यो, खान्थ्यो । मेरो हाथले बनाएर दिएको माल खाएर त ऊ डेली आने लगी । पहले तो दोस्ती संगीके साथमै आउँथ्यो । बादमा बोल्यो कि मेरा बनाया हुवा माल उसको बहुत पसन्द छ । मैने भि भन्दिए कि तो आजा । जितना दिल मागता है खा ले । तँ कति खान्छस् । फिरिमे खा । जब मैने वो बोला, उसको वो काली जादूवाली आँख और अदा के सम्झेर मेरो त अहिले भि दिल मचलता है ।’

हन, ज्वाइँको के हुटेल थ्यो, सिटी ‘सेन्टर अगाडि ?’ मैले सोधेँ । ‘होटल हि जैसा । चटपटेका स्टाल था । चटपटेका स्टाल था लेकिन वो ताजमहल से कम होइन । वहि तो मेरा और उसका प्यारका प्रादुर्भाव हुवा था न ।’ साला सिकटे ! यत्रो वेर म त त्यस गँजडीलाई ठूलै फाइब स्टारवाला रहेछ भनेको त सडकछाप चटपटेवाला पो रहेछ । अनि किन नहानोस् त उर्वसीले आग्लोले । अनि फेसर थाप्लामा हात राखेर सिकटेले सुनायो ।

‘वो खत लिख्थ्यो । रात मैं मै बहुत बार बार पढ्थ्यो । तो के मेरो मनमे आयो… के आयो कि उसी लेटरमे मै तो लोगोंको झालमुडी दे दियो । मलाई तो उर्बसी भन्थी कि पढ र फाल । ऊ त चालाक थी । उसले सब मेरा लेटर राखी । मैने झालमुडी, चाना मटर लपेटके खतम करिदियो ।’

‘अहो । ल ल बितेको कुरा भैगो त । अनि त्यो चिठी मेरो हात लगाइदिनु न त । सोधाैंला उता छाप्छ कि छाप्दैन । फेरि के के लेख्या छ ? उहिलेको जमानाको ! ल्याउनु अनि विचार गरौंला न,’ आफू ठूलो मान्छे भएर बाेलेँ ।

‘तु इतना करदे । बस् तिमीलाई बिरियानी खिलाउँछु हो’ सिकटे बोल्यो ।

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x