साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर छ, होशियार !

आमाबाबुलाई बुढेसकालमा हेर्नुपर्छ भनेर छोराले स्वास्नीको अगाडि भन्ने आ गर्न नसक्ने रहेछ । बुढेसकालमा घरमा साथमा छोरा पनि नहुने र छोरी पनि नहुने हुँदा बूढाबूढी भएपछि बाहिर जाँदा घर हेर्ने कोही होस् भनेर यूरोपियनहरू कि कुकुर पाल्दारहेछन् कि बिरालो पाल्दारहेछन् ।

Nepal Telecom ad

सूर्यबहादुर पिवा :

आजभोलि अधिकांश मानिसको घरको मूल ढोकामाथि सूचनापाटी जस्तो लेखेर झुन्डाइराखेको हुन्छ- ‘ककर छ, होशियार ! पैसावाल भए पनि, पैसावाल नभई लंगौटीवाल मात्र भए पनि यसरी सूचनापटी टाँगिराख्नु फेशन जस्तै नै भइसक्यो । ‘माथि को हुनुहुन्छ ?’ भनेर सुरुसुरु घरमाथि आउने अधिकांश मानिसहरू मौका मिल्यो भने जे पनि टिपेर लाने खालका हुन्छन् मान्छेहरू । आजभोलिका इमान कसैको छैन, जमान कसैको छैन ।

आफै आजभोलिको मान्छे भएर आजभोलिका मान्छेहरू गतिला छैनन् भन्नु त राम्रो कुरो होइन । तर अचेल मान्छेहरू कोही पनि ठीक छैनन् त्यसैले आजभोलि मान्छे पाल्नुभन्दा घरको रेखदेख गराउनाको लागि कुकुर पाल्नु नै बुद्धिमानी हो । कुकुर त पाल्नोस् तपाईंले । कुकुरले घरको रखवाली गरेर परेमा आफ्नो ज्यानसमेत अर्पण गरेर तपाईंको सम्पत्तिको त के, ज्यानको समेत रक्षा गर्नेछ । मान्छे पाल्नु भो भनेदेखिन् त्यस मान्छेले तपाईंलाई पर्दावर्दा खेरि हेर्ला नै भन्ने कुनै ग्यारेन्टी छैन।

उहिले उहिलेका मान्छेहरूले झैं आजभोलिका मान्छेहरूले पर्दावर्दा हेर्ने मान्छे नै चाहिन्छ है भनेर गणेशजीलाई लड्डु चढाएर हुन्छ कि जे गरेर हुन्छ त्यो गरेर छोरी अरूको घरमा जाने भएकाले कोशिश गरेर छोरो नै जन्माउँछन् । छोरोलाई हुर्काई पढाई जवान गरेर पालेर बिहे पनि गरिदिन्छन् । तर स्वास्नीको मुखबाट गायत्री मन्त्र कानमा पर्ना साथ ’हलो ड्याडी ! आजभोलि संयुक्त परिवारको जमाना छैन । अतः हामीहरू बाहिर घरमा बस्न गयौं है ।’ भनेर छोरा खुरूक्क गइहाल्दछ । पढाउने-हुर्काउने जम्मै काम गर्नुपर्ने पूर्वीय तालले आमाबाबुले, तर ठूलो भएपछि विहेपछि यूरोपियनहरूका छोराहरू खुरूक्क बाहिरफेर वस्न जान्छन् आजभोलिका छोराहरू । पाश्चात्य थितिरीति र चालचलन विस्तारै हाम्रो देशमा पस्दै आएकाले हामी नेपालीहरूको परम्परा र संस्कृति सुस्त सुस्त लोप हुने अवस्थामा पुगिसक्यो । के भन्ने ? के गर्ने ?

यो कुरो भयो, घरव्यवहारको कुरो । अब अरू बाहिरफेराको व्यवहारको कुरो पनि गरिहालौँ न । आजभोलि चुनावमा उम्मेदवार हुने उम्मेदवारहरूको भाषणको कुरो पनि गरिहाल चुनावको बेला उम्मेदवारहरू वाचा गरे भन्छन्- ना ! देशवासी हो, नोस्टोलवासीलाई चुनावमा जलाइदिनु भो भनेदेखि म यसो गरिदिनेछ, म उसो गरिदिनेछ तर जब सदस्यमा निन्छन् स्वास्नीलाई घर र फरिया आफूलाई भ्रमण र बोक्ने अनि भरिया अर्थात् जापानी टोयोटाकार या पैजेरोकारको बन्दोवस्त गर्नतिर पो लाग्दछन् । देश र देशवासीको समस्या समाधान गर्ने कुरो त पाखाको पाखामै भइराख्दछ । त्यसो गर्दाखेरि त पैतालादेखि रीस उठेर खुरूक्क आफ्नो भोट टिपेर ल्याएर प्रतिनिधि सभा या नगरपालिकाको सदस्यताबाट नै वञ्चित गरिदिऊँ कि जस्तो लागेर आउँछ । तर के गर्नु ? संविधानले एकपल्ट चुनावमा जितेपछि त प्रतिनिधि सभाका सांसदज्यूहरूले पांच वर्षसम्म त एकछत्रसँग मोज गर्न पाउँदा रहेछन् ।

नेवारीमा एउटा उखान भन्ने चलन छ ‘गुणीइ खिचा, बैगुणीय जीचा’ अर्थात् गुणीमा कुकुर हो र बैगुनीमा जुवाई हो। अतः एसियनहरू अर्थात् पर्वतीहरू जम्मै जुवाईको पन्जामा परिएला ए भनेर गणेशजीलाई महाका दिन लड्डु चढाएर हुन्छ कि क्लिनिकमा डाक्टरलाई फिस खुवाएर हुन्छ छोरी त सकभर जन्माउँदै जन्माउँदैनन् भने । कथंकदाचित छोरी जन्मिइहाली भने त बैगुनी जुवाइको पञ्जामा परिहालिने भो नि । बैगुनी जुवाइलाई असल मान्छे हुन् भन्ने प्रमाणित गर्न आजभोलिका हाम्रो देशका जुवाई सासू-ससुराहरू जहा गए पनि यसरी कुरा गर्दछन्- ’हाम्रो जुवाइ त साह्रै असल छन् वा । हाम्री छोरीले भनेको कुरा काट्दै काट्दैनन् । हाम्रो जुवाई छोरीले भनेभने जसो गर्छन् । तर हाम्रो छोरो भने एक नम्बरको कुलाङ्गार छ । बुहारीले जे भन्छे त्यही गर्दछ वा । आमाबाबुले यसरी गाली गरेकाले आजभोलिका छोराहरूले आमाबाबुलाई छाड्दै गएका हुन् कि !

‘ए साथी ! तपाईंको घरमा कुकुरे छैन तैपनि तपाई किन मूल ढोकामाथि कुकुर छ होशियार भनेर सूचनापाटी राख्नुहुन्छ । अनि साथी भन्छन्- ‘हेर्नोस् ! आजभोलि छरछिमेक, दाजुभाइ, इष्ट्रमित्र कसैको पनि भर छैन । जमाना व्यक्तिवादको छ । ’सबै मान्छे भन्छन्- ‘आफ्नो भलो त जगत् भलो । आजभोलि भर त कुकुरको मात्रै छ । अरू कसैको भर छैन । त्यसले कुकुर भए पनि नभए पनि मूलढोकामाथि ‘कुकुर छ, होशियार !’ भन्ने सूचना लेखेर राख्नुपर्छ । अनि यसको घरमा त रक्षा गर्ने कुकुर रहेछ भनेर डराई तपाईंकहाँ केही टप्प टिपेर लान्छु भन्ने मनसाय भएका मान्छेहरू कोही पनि पस्ने सक्दैन ।

मलाई त यो करो ठीकै हो कि जस्तो लाग्दछ मैले यूरोपतिर देखेँ- यूरोपियनहरूको घरमा युढेसकालमा आमाबाबु मात्रै बूढाबूढी मात्रै हुँदा रहेछन् । छोरीलाई त हामीकहाँ जस्तै नै जुवाइलेनै लाँदा रहेछन् । छोरीलाई जस्तै नै छोरालाई पनि बुहारीले बाजा साजा नबजाई जन्त नै नआई सुरू लाँदारहेछन् ।

आमाबाबुलाई बुढेसकालमा हेर्नुपर्छ भनेर छोराले स्वास्नीको अगाडि भन्ने आ गर्न नसक्ने रहेछ । बुढेसकालमा घरमा साथमा छोरा पनि नहुने र छोरी पनि नहुने हुँदा बूढाबूढी भएपछि बाहिर जाँदा घर हेर्ने कोही होस् भनेर यूरोपियनहरू कि कुकुर पाल्दारहेछन् कि बिरालो पाल्दारहेछन् । हामी कहाँका भुस्याहा कुकुरले खानै पाउँदैनन् तर यूरोपका यूरोपियनहरूका कुकुरहरूले हामीकहाँ मान्छेले भन्दा पनि राम्रोमीठो खाने कुरा खान पाउँछन् ।

बूढाबूढी यूरोपियनहरूको घरमा कुकुर नै धर्मपुत्र जस्तो भएर बुढाबुढीको साथी जस्तो भएर बसिरहन्छ। पाश्चात्य सभ्यताको हावा हामीकहाँ पनि पस्दै आइरहेको हुनाले आजभोलि जो कोही पनि अलि खान पुग्ने गरी हुने खाने भयो कि त एउटा बङ्गला बनाएर छोराछोरी साथमा कोही नभएको हुँदा एउटा कुकुर पालेर ! ‘कुकुर छ, होशियार !’ भनेर लेखेर मूल ढोकामाथि टाँगेर यूरोपियनहरू जस्तो सभ्यजन्तु हुन खोज्ने चलन आउदैछ । हो कि होइन ?

०००
‘झटारो’ (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
श्रीमती हिरोइन

श्रीमती हिरोइन

सूर्यबहादुर पिवा
मास्टरसाहेब ! नमस्कार !!

मास्टरसाहेब ! नमस्कार !!

सूर्यबहादुर पिवा
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
सपनाको कुरो

सपनाको कुरो

सूर्यबहादुर पिवा
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x