साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कात्रोको खल्ती

फर्केको थियो एक पटक अंश माग्न । मरेपछि सबै तेरो त हो नि के भनेको थिएँ कलह मच्चियो । खुकुरीको धारमा धम्कायो ‘यत्रो सम्पत्ती सोहरेर बसेका छौ । मरे पछि साथ लादैनौ त होला नि ?’ उसका तीता शब्दले र व्यवहारले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“ए पर जा ! कता लास छुन आएको ? कहाँ कहाँबाट आउँछन् भिखारीहरू ।”
मृत देहको नजिक पुग्न खोज्दै गरेका एक झुम्रे- झुत्रे बुढा बा कर्कस आवाजले हच्किए र केही पछाडि सरे ।

फेरि मलामीसँगै उनी पनि सुस्तरी अघि बढे र नजिकै पुग्न खोजे । यो पटक एक मलामी उनलाई ठेलेर पर पुर्‍यायो । उनी ढलमलिँदै म नजिकै आइपुगे । उनलाई सम्हाल्दै सोधेँ-
“किन बा घरिघरि लासको छेउ पुग्नु हुन्छ ? तपाईको कोही आफन्त हो ?”
उनले एकोहोरो लासलाई हेरीरहे । केही बेरको मौनतापछि बिस्तारै भने “छोरा….।”
मृतक, टोलको निकै धनीमानी, पारिवारिक नातामा श्रीमती र सन्तान बाहेक कोही नभएको सबैलाई जानकारी थियो । अब यी बा कसरी निस्किए ? प्रश्नको ओइरो लाग्यो दिमागमा ।

“एक्लो सन्तान, आमाविहीन थियो, उसको खुशीको लागि के गरिन र ? हुर्कियो, बढ्यो, सहर छिरेर ठुलो मान्छे भयो । पढेबढेको गाउँ विरानो भयो ।”

“अनि कहिल्यै गाउँ फर्केन त ?”
“फर्केको थियो एक पटक अंश माग्न । मरेपछि सबै तेरो त हो नि के भनेको थिएँ कलह मच्चियो । खुकुरीको धारमा धम्कायो ‘यत्रो सम्पत्ती सोहरेर बसेका छौ । मरेपछि साथ लादैनौ त होला नि ?’ उसका तीता शब्दले र व्यवहारले मेरो मनमुटु घोच्यो र सबै उसको नाम गरिदिँए ।”
“हैन कति साह्रो मतलबी र निर्दयी भएका अहिलेका सन्तान ?” लामो श्वास फेर्दै भने ।
उनले रुन्चे हाँसोमा भने-

“ऊ मात्र हैन म पनि निर्दयी छुँ। तिमीलाई के लाग्छ म उसको मलामी आएको हो र ? म त उसको कात्रोको खल्ती छाम्न आएको ।”

०००
मध्यपुर ठिमी, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x