साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखकको निवेदन

हामी त केवल कति गर्न सक्छौँ भने जुन देश, समाज र विश्वका हामी हौँ अनि जससित हाम्रो सरोकार छ, उनीहरूको सङ्घर्षमा सहभागी बनौँ जसबाट उत्कृष्ट व्यवस्था बनोस् र उत्कृष्ट मानव जन्मोस् ।

Nepal Telecom ad

हरिशङ्कर परसाई :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

हिन्दी ‘करेन्ट’ को पहिलो वार्षिकोत्सवमा ‘माटी कहे कुम्हार से’ (माटो भन्छ कुमालसित) को संग्रह पुस्तकाकारमा प्रकाशित हुँदै छ ।

एक वर्षपहिले जब ‘करेन्ट’ को हिन्दी संस्करण आरम्भ भएको थियो तब लेखकहरूलाई दुईवटा जातिमा बाँडिएको थियो । जनता पार्टी तथा सरकारका अन्धसमर्थकहरूले आफूहरूलाई ‘ब्राह्मण’ तथा मजस्ता कैयौँ यिनीहरूसित असहमत लेखकहरूलाई ‘चण्डाल’ करार गरिदिएका थिए । अबा यी ‘ब्राह्मण’ क्रान्तिकारीहरूको हविगत देखेर पहिले त हाँसो उठ्छ अनि दया लाग्छ । यस्तो लाग्छ मानौं कुनै चन्दनछाप पण्डितजी रण्डीको कोठामा समातिएका होउन् । यिनीहरूले इन्दिरा गान्धीका घटियाभन्दा घटिया चम्चाहरूको पनि कति निर्लज्ज तरिकाले चापलुसी गरेका थिए भन्ने हामीलाई थाहा छ । अनि सत्ता पल्टिनासाथ उनीहरू पनि पल्टे । उनीहरू यो अवसरवाद पनि क्रान्तिकर्म भयो । अरूको बुद्धि र विवेकलाई कायरता र बेइमानी भन्न थालियो । यिनीहरूको कायरता नैतिकता भयो ।

स्वाभाविक त के थियो भने जुन घोर प्रतिक्रियावादी तथा फासिस्ट शक्तिहरू सत्तामा आएका थिए तिनको देशघाती नीतिहरू तथा कामहरूको सशक्त विरोध गरिनुपथ्र्यो । यी जो सत्तामा आएका छन् उनीहरू एक्कासि स्वर्गबाट १९७७ मा ओर्लेका थिएनन् । विगत पच्चिसौं वर्षदेखि हामीलाई यिनीहरूको राजनीतिक चरित्र थाहा थियो । यस सत्ताले भारतीय प्रेसलाई पनि कब्जामा पारिरहेको थियो । प्रेस अब स्वतन्त्र छ भन्ने प्रधानमन्त्री र सूचनामन्त्रीको दावी पनि झुट्टा हो । अभिव्यक्तिका माध्यमहरू स्वतन्त्र छन् भन्ने पनि सरासर गलत हो । १९७४ सम्म प्रेसलाई जुन स्वतन्त्रता थियो अहिले त्यसभन्दा पनि निकै थोरै छ । मैले १९७५सम्म कांग्रेस तथा त्यसको सरकारको कटु आलोचना गरेको हुँ । यसको दसीका रूपमा छापिएका हजारौं पानाहरू सुरक्षित छन् । तर अहिले नयाँ सत्ताधीशहरूको आलोचना गर्दाखेरि यिनको छाँट नै अलोकतान्त्रिक हुन्छ ।

यस्तो अवस्थामा त स्वतन्त्रतापूर्वक लेखिने पत्रिकाहरूको पो खाँचो हुनुपर्थ्याे ताकि देश तथा जनघाती शक्तिहरूको वास्तविक रूप जनताका अगाडि आओस् । अनि हिन्दी ‘करेन्ट’ले यसै आवश्यकताको पूर्ति गर्‍यो । श्री अयूब मेरा पुराना मित्र हुन् । वास्तवमा यिनी र म मध्यप्रदेशमा एउटै धर्तीका ‘रत्न’ (?) हौँ । भाइ महावीर अधिकारीसित पच्चिसेक वर्षदेखि स्नेह तथा विश्वासको सम्बन्ध छ । यी दुबै बन्धुहरूले साधिकार आफै स्तम्भको शीर्षक निर्धारित गरे र घोषणा पनि गरिदिए । मलाई पनि अखाडाको आवश्यकता थियो, अनि यो ‘माटी कहे पुकार के’ स्तम्भ आरम्भ भयो ।

मलाई स्वतन्त्रतापूर्वक लेख्ने जुन स्वतन्त्रता यी दुवै सम्पादकहरूबाट प्राप्त भएको छ त्यसका निम्ति म निकै आभारी छु । यो स्वतन्त्रताविना त मनले लेख्नु सम्भव नै थिएन । यो स्तम्भ छापिएपछि मलाई जुन घोर गालीगलौजका चिठीहरू आउन थाले, त्यसबाट म कुन कुरामा आश्वस्त भएँ भने मेरो लेखन सफल भइरहेको छ । यस्ता पत्रहरू त सम्पादकलाई पनि निकै आउँछन् र साथै के पनि हो भने समर्थनमा पनि धेरै पत्रहरू प्राप्त हुन्छन् ।

यस लेखनका विषयमा ममा कुनै भ्रम छैन । अनुभवले के सिकाएको छ भने लेखकको अहङ्कार बेकार छ । हामी कुनै युगप्रवर्तक होइनौँ । हामी पनि साना मान्छे नै हौँ । हाम्रा प्रयासहरू पनि सानै छन् । हामी त केवल कति गर्न सक्छौँ भने जुन देश, समाज र विश्वका हामी हौँ अनि जससित हाम्रो सरोकार छ, उनीहरूको सङ्घर्षमा सहभागी बनौँ जसबाट उत्कृष्ट व्यवस्था बनोस् र उत्कृष्ट मानव जन्मोस् ।

मैले मेरो बुद्धि र विवेकले जे भन्यो त्यही यसमा लेखेको छु, डर र लोभमा परेर केही लेखेको छैन भन्ने आश्वासनका साथमा म यो सङ्ग्रह पाठकका हातमा सुम्पिँदै छु ।

०००
परसाइ रचनावलीबाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x