साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्खको मेला !

के गरौँ भन्नु त सर ? न खेत बारी छ न रोजगार छ। न कतै विदेश जाने क्षमता छ । यस्तै गरेर गुजारा चलाएका छौँ सर। यिनै पार्टीहरूको पनि त के भर हुन्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“डाइमण्ड – सिंह जिन्दावाद !, डाइमण्ड बाबु अघि बढ- हामी तिम्रो साथ छौँ ।”- ठुलो जल्सा देखेर मङ्गल ठिङ्ग उभियो । जुलुस सडक पार गर्न करिब आधा घण्टा लाग्यो । बजार सडक ठप्प भयो।
“डाइमण्ड नेतालाई फूलमालाले र अविरले ढाकेका थिए ।

“उफ ! यो देशमा के-के हुँदै छ । भ्रष्टाचार, तस्कर अनि कालो बजारी गर्ने अपराधीको पक्षमा यत्रो जनमानस् ।”-सुइय सुस्केरा हाल्दै मङ्गलसिंहले भन्यो।

“भ्रष्टाचार गर्ने अपराध गर्ने लुटेराहरूसँग ठुलो धनरासी हुन्छ। त्यसैको बलमा उनीहरू यस्तो क्रार्यक्रम गर्न वा सफल पार्न सक्छन्। नपत्याए सोधौं त एकजनालाई कति धन दिएका छन् थाहा हुन्छ ।” – जागेश्वरले भन्यो।

हेर ऊ भुपाराम अस्तिको दिन अर्कै पार्टीको जुलुसमा थियो आज यसकोमा छ । किन यस्तो अराजक प्रकारको व्यवहार बन्यो यी जनताको ? यो जुलुस हो कि मुर्खको मेला ?”- मङ्गलसिंह फतफतायो ।

“ए भुपे ! यता आउ त”- मङ्गलले जुलुसमा लुरूलुरू हिंडिरहेको भुपारामलाई बोलायो।
“नमस्कार गुरू !” भुपाराम डराई डराई नजिक गयो।
“कस्को गुरू, को गुरू ? खालास्र अहिले; कहिले कस्को जुलुसमा पुग्छ -कहिले कस्कोमा।”- मङ्गल रिसाएको अभिनय गर्छ।”

“के गरौँ भन्नु त सर ? न खेत बारी छ न रोजगार छ। न कतै विदेश जाने क्षमता छ । यस्तै गरेर गुजारा चलाएका छौँ सर। यिनै पार्टीहरूको पनि त के भर हुन्छ। आज एउटालाई भोट माग्छन् भोलि आर्कालाई। होइन र सर ?”-

भुपारामले परिस्थिति सुनाउँदै जागेश्वरतिर आशाको दृष्टि घुमायो।

“देख्यौ ? मूर्खको मेला ?”- मङ्गलसिंहतिर हेर्दै जागेश्वरले भन्यो।

०००
घोराही- १८, दाङ
२३-१२-२०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x