साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बत्तिएकै बत्तिस !

पढाउने विद्यावाट आफू भाग्नेहरू पढाइको स्तर खोज्छन्, यहाँ शिक्षा क्षेत्रका योग्य पदाधिकारीहरू हटाइन्छन्, परिवर्तनका नाममा नयाँ थोत्रा कुराहरू थुपारिन्छन् । यहाँ परिवर्तनको अर्थ विचित्र लगाइन्छ, यो हुन्छ- सिन्को नभाँच्नेहरूवाट ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

हाउ ! हाउ ! हाउ !
सानामा गफडीलाई ‘गुजी’ ले तर्साउँथ्यो जसरी यहाँ आज आचारसहिंताले तर्साउँछ । कतिलाई नियम-कानुन ठुलो हाउ छ भने कतिलाई केहीका ठाँगेले पनि छुदैन । कतिलाई दुई ढुङ्गाका बिचको तरुल किचिएला भन्ने डर छ भने कतिलाई झन्डा हल्लाउन पाए र बिल्डिङ ठड्याउन पाए भयो ! बाँकी मतलव छैन । कति शिक्षकलाई मूल्याङ्कनका हाउले छोएको छ भने कतिलाई हस्ताक्षर गर्ने मात्र दाउ छ जसबाट मासिक वेतन सरक्क थाप्न पाइयोस् । गफडी देख्छ कति पत्रकारलाई पत्रकारिताको पवित्रता बिग्रिने, कलङ्कित हुने हाउले छुन्छ भने कतिलाई येन-केन प्रकारेण जेव गरम गर्ने दाउले छुन्छ र यसका लागि तरह-तरहका उनै हाउ देखाउँछन् । गफडी अघि पनि तर्सन्थ्यो अहिले पनि तर्सन्छ । हुन त कतिपयले त यति हाउ पालेको हुन्छ- सिनेमामा जस्तै एक जना स्मगल हातमा ब्याग लिएर हिँडेको हुन्छ- पछाडि उसको शत्रु लागेको हुन्छ र कति बेला उसका ढाडमा छुरी धस्ने हो- भन्ने हाउले दर्शक सन्न हुन्छन् । यस्तै हाउ पाल्ने यहाँ छन् । यस विषयमा गफडी ढुक्क छ र गीत गाउँछ- दुई दिनको जिन्दगानी घामछायाँ !

हल्ला ! हल्ला ! हल्ला !
यो हल्लै-हल्लाको देश हो । भन्ने प्रसिद्ध कुरामा दुई-चार महिनाअगाडि गफडीले के बुझेको थियो भने होइन है नपत्याउने खोलाले पनि बगाउँछ, यहाँ हल्ला मात्र हुँदैन, मौकामा हल्लखल्ल पनि हुन्छ । यहाँ आएर गफडी विचार गर्छ- वास्तवमा यहाँ हल्ला नै धेर हुन्छ । कसैमा कुनै बानी लाग्यो भने त्यो भाँडामा लागेको दाग हो, जाँदैन- भने झै हल्लामा कुद्नेहरू हल्लैमा कुद्छन् । गफडी देख्छ यहाँ हल्ला गर्ने र हल्लामा कुद्ने वेसी छन् । ‘प्रजातन्त्र’ मा कुट्टेले प्रजातन्त्र बुझ्दैन, ‘प्रगति’ पढ्नेले अगतिमा डुब्दैन, ‘सुधार’ ले उधारो गुन्दैन । गफडी ग्वाँजे भएर हो कि क्या हो, खालि ऊ हल्ला देख्छ र हल्लामा कुदाइ देख्छ । आज एउटा हल्ला हुन्छ- ‘वामपन्थीको ठुलो चकचकी छ’ । भोलि अर्कै हल्ला ‘प्रजातन्त्रवादीहरूको चहलपहल बढेको छ’ भन्ने हुन्छ । अझ पर्सिको हल्ला झन् अचम्मको हुन्छ, ‘यो देशमा सुधारप्रिय निर्दलीयहरूले सव लफन्ड्याइसके !’

यहाँ बाहिर-बाहिर सदा-सर्वदा हल्ला हुन्छ । यस हल्ला हुने थलोको भित्र के छ ? जान्नेले जानोस् ! गफडीलाई त यहाँ हल्ला हुन्छ भन्ने जान्न पनि धौधौ परिरहेको छ ।

सिन्को भाँचिदैन !

यहाँ हाउ चल्छ, चलाइन्छ । यहाँ हल्ला चल्छ, चलाइन्छ । यसभित्र छ सिन्को नभाँच्नेहरूको नराम्रो नियत । यहाँ कामले भन्दा मुखको तर मार्ने धेरै छन् । यहाँ मुखका क्रान्तिकारी र कामका ठगको बोलवाला छ । जनताका शत्रुहरू अझै यहाँ जनहित हुन्छन् । बेलायत उड्ने र सोल्टीमा डुब्नेहरू वनियानीको आमसभामा जनतालाई सम्बोधन गर्छन् । किसानका दैलोमा गएर देशका समस्या बखानिन्छ- यहाँ तैपनि के-के-न गर्दैछौँ भनेर मख्ख पर्नेहरू नै पघिता छन् ! पढाउने विद्यावाट आफू भाग्नेहरू पढाइको स्तर खोज्छन्, यहाँ शिक्षा क्षेत्रका योग्य पदाधिकारीहरू हटाइन्छन्, परिवर्तनका नाममा नयाँ थोत्रा कुराहरू थुपारिन्छन् । यहाँ परिवर्तनको अर्थ विचित्र लगाइन्छ, यो हुन्छ- सिन्को नभाँच्नेहरूवाट ।

पातमा पात ! बातमा बात !

गफडी पातमा पात हुँदा बातमा बात गर्दै बहस मात्र गरिरहेको छ । यसमा गफडी पनि सिन्को नभाँच्नेहरूकै ताँतीमा पर्न सक्छ । गफडीलाई त के छ र पातमा पात भए झै बातमा बात गर्नु त हो । उसलाई अरुकै सिन्को नभाँचेको कैरन गर्दा गर्दा फुर्सद छैन । हेरौँ । गफडी पनि कुनै-कुनै बेला सिन्को भाँचेर अरुका अघि एक नयाँ उदाहरण बनिहाल्ला कि ? अहिलेलाई यति । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क ९, (२०३६)
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x