साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्व

के यो देश मन्दिर, मस्जिद वा चर्च मा चडाउने फूल प्रसाद हो र ? अनि आँखाको नानी झिकेर, संसार हेर्न सक्छौँ भन्ने, दिवा सपना कहिलेसम्म हँ ??

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

केचना तातेको बेला,
सगरमाथाको एक डल्ला हिउँ,
डाँफेको चुच्चोले हुत्याउँदा
सेलाउँछ ।

चितवनको हात्तीले,
आफ्नै सुँडले फ्याँकेको मनतातो पानी,
डोल्पालीको शरीरमा पर्दा,
मयल पखालिन्छ ।

मेचीबाट फ्याँकेको घुएत्रो,
महाकालीमा डुब्दा,
माछा कूरभित्र लुक्छन्,
एकाबिहानै कुम्भकणर्बाट,
हिँडेको हिउँचितुवाले
सात नबज्दै महेन्द्रनगरको,
बाख्रा तान्न भ्याउँछ,
तै पनि भागवण्डा
तै पनि धुजा धुजा
के यो देश
मन्दिर, मस्जिद वा चर्च मा चडाउने
फूल प्रसाद हो र ?
अनि
आँखाको नानी झिकेर,
संसार हेर्न सक्छौँ भन्ने,
दिवा सपना
कहिलेसम्म हँ ??

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x