गाेपेन्द्रप्रसाद रिजालअस्तित्व
के यो देश मन्दिर, मस्जिद वा चर्च मा चडाउने फूल प्रसाद हो र ? अनि आँखाको नानी झिकेर, संसार हेर्न सक्छौँ भन्ने, दिवा सपना कहिलेसम्म हँ ??

गोपेन्द्रप्रसाद रिजाल :
केचना तातेको बेला,
सगरमाथाको एक डल्ला हिउँ,
डाँफेको चुच्चोले हुत्याउँदा
सेलाउँछ ।
चितवनको हात्तीले,
आफ्नै सुँडले फ्याँकेको मनतातो पानी,
डोल्पालीको शरीरमा पर्दा,
मयल पखालिन्छ ।
मेचीबाट फ्याँकेको घुएत्रो,
महाकालीमा डुब्दा,
माछा कूरभित्र लुक्छन्,
एकाबिहानै कुम्भकणर्बाट,
हिँडेको हिउँचितुवाले
सात नबज्दै महेन्द्रनगरको,
बाख्रा तान्न भ्याउँछ,
तै पनि भागवण्डा
तै पनि धुजा धुजा
के यो देश
मन्दिर, मस्जिद वा चर्च मा चडाउने
फूल प्रसाद हो र ?
अनि
आँखाको नानी झिकेर,
संसार हेर्न सक्छौँ भन्ने,
दिवा सपना
कहिलेसम्म हँ ??
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































