साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वान सनको टेन्सन

अब त बाउन्न हण्डर त्रिपन्न ठक्कर खाएर फर्केको छोरो, बुद्धि फिरियो होला भन्ठानेको त कहाँ हुन्थ्यो। बाह्र वर्ष कुकुरको पुच्छर ढु‌ङ्ग्रोमा हाल्यो जस्ताको तस्तै । उसले लभ गरेको केटी बिहे गरिदिएन भनेर छुट्टी ।

Nepal Telecom ad

नरमेन्द्र लामा :

हाम्रो समाज मातृसत्तात्मक होइन, त्यसैले “छोरा पाए खसी काट- छोरी पाए फर्सी भन्ने कथा कपात्मक लोकगीतहरू वेलावेलामा रेडियो र टीभीमा सुन्न र हेर्न पाइन्छ। मौका परे आफू पनि गाइन्छ। हुन त कतैकतै छोरी पाए दीपावली गर्ने र छोरा पाए वास्तै नगरी बस्ने समाज पनि नमएका होइनन्। यो समाज मतवाली मनाउँदाहरूमा पर्दछ । मतवाली समाजमा छोरालाई भन्दा छोरीलाई बढी महत्त्व दिएको पाइन्छ। विवाह गर्दा केटापक्षले केटीपक्षलाई अनेक किसिमको रीत, भाँत बुझाउनु पर्ने र अघिपछि माइती घर जाँदा खाली हात जान हुँदैन भनेर रक्सीको बोतल लिएर जाने भएर हो कि ? ज्वाइँलाई छोरासरह मात्र बेबहार गरिन्छ, मतलब ज्वाइँले सासूससुराको गोडामा ढोग्नुपर्दछ । जसरी छोराले ढोग्छ ।

तागाधारी समाजमा सासूससुराले ज्वाइँको खुट्टा समातेर ढोग्नुपर्दछ । छोरीले नातीनातिनी नपाएसम्म ज्वाईंको घरमा पानी पनि पिउनु हुँदैन भन्छन् । यो समाजमा पुरुषहरू बाहिरफेरको काम गर्ने र नानीहरू चुल्होचाैकामा सीमित रहने मएकोले आर्थिक स्रोतहरू सबै पुरुषको हातमा हुन जानाले पितृसत्तात्मक समाज बन्न गएको होला। यहाँ जे गर्छ सबै टक्का नारायणले गर्छ, टक्का नभए कुनै काम पनि पक्का हुँदैन रहेछ त ।

नेपालमा यस्ता समाज पनि छन्, छोरा जति सबै हली र ढाक्रे हुन, छोरीचाहिँ नेपाल सहरमा जाने आदि भनेर कोही ठूलाबडाको दरबारमा नानी बस्न पठाउने र कोही देश-विदेशको ठूलाठूला सहरमा मायाकी खानी बन्न पठाउने। उनीहरू फर्कदा ठूलाठूला टिनको ट्याङ्‌का वा छालाका सुटकेसमा राम्राराम्रा लुगाफाटा र ब्रिफकेसमा नोटका विटा लिएर फर्कन्छन्। त्यो देखेर इष्ट-मित्र, गाउँलेहरू आफ्ना छोरी-बुहारी पनि पठाउन भरमग्दुर कोसिस गर्छन् । छोराको त नोट र कोटको कुरै गर्नु परेन। लुगाको नाउँमा घेरो फाटेको टोपी र फेरा नमएको घोती बाहेक अरू के नै हुन्छ र ।

म समाजशास्त्री होइन कसको समाज कस्तो, कसको समाज सानो र ठूलो छुट्‌याउनलाई । मेरो आजको विषय हो वान सनको टेन्सनले पेन्सन पच भएको। हुनै नसक्ने कुरा गर्छस् । कहाँ एउटा छोराको दस छोराले निवृत्तिभरण सुलाउँछ ? भन्नुहोला। मैले त्यस्तो एक छोराको १० छोराले भन्न खोजेको होइन । एउटा छोराको दिक्दारीले, उत्तेजनाले निवृत्तिभरण सुलायो भन्न खोजेको हुँ। पहिले पहिलेका मान्छेहरूका १०/१२ वटा छोराछोरीहरू नभएका पनि होइनन् । अहिले जस्तो खेलको विकास भएको भए एकै घरबाट एक टिम फुटबल खेलाडी पनि निस्कन्थे होलान् । अहिलेजस्तो परिवार रोकथाम नआएकोले जतिवटा भए पनि ईश्वरको वरदान हात थाप्न पर्छ भन्थे ।

उतिबेला जग्गा जमिन र खेतीपाती धेरै भएकोले ठूलो जहानको आवश्यक पनि थियो । त्यसैले ३-४ वटी बूढी स्वास्नीहरू जम्मा गरेका पनि देखिन्थे। आशिष दिंदा तेरा सन्तानले डाँडाकाँडा दान भन्थे। सन्तानले डाँडाकाँडा ढाक्नु गौरवको कुरा मान्थे। हिजोआजको जमाना अर्कै छ। परिवार नियोजनको प्रचार-प्रसार व्यापक भएको छ। रेडियोले मात्र पनि दिनको १०८ पटक जप गर्छ होला। टीभीको हिसाब अलग्गै छ, त्यस्तै हो भने अविवाहितले पनि बन्ध्याकरण गर्ला भन्ने डर छ। ईश्वरको बरदान भन्ने चलनले डाँडो काटेको छ।

सहरबजारमा भाग लगाउने जमिन न भएर हाेला, छोरा होस् वा छोरी दुई सन्तान ईश्वरको बरदान भन्थे, त्यो पनि अहिले त ‘हामी दुई एक एक’ भन्न थालेका छन्। अंशका लागि नारीहरू, जति कुर्लिए पनि सफल भएनन् । छोरीलाइ विवाह गरेर पठाइयो, टेन्सन नै रहेन। छोराको टेन्सनको कुरा गर्दा पनि एकफेर धेरै छोरा भए के टेन्सन हुँदो रहेछ। मौन धारण गराैँ न हुन्न त ?

बाह्र छोरा तेह्र नाति-बूढाको धाेक्रो काँधेमाथि भनेको त सुन्नु भएकै होला । धेरै छोराहरू छन् तर भिन्न भएका छैनन् भने काम कारवाही जति सबै आफ्नो थाप्लोमा र फाइदा हुने जति काममा छोराहरू आफै दौडन्छन्। भिन्न बस्दा अंश जति बुवाआमाको जिउनीसमेत नराखी बाँडीचुँडी लिन्छन् । खान लाउन दिनै पर्यो मने चाहिँ घोक्रेठ्याक लाइदिन्छन् । यो नेपालीको विशेषता नै हो भन्नुपर्यो । बुबाआमा असल भए भने, सके पञ्चदेवलमा, नसके सरकारी अस्पतालमा भर्ना गरेर बेवारिस छोड्न पनि बेर मान्दैन अचेलका छोरा मोराहरू ।

पहिलेका छोराहरू बुबाआमा मर्याे भने व्यवहार कसरी धान्नु मनेर पीर लिन्थे। अहिलेका छोराहरू बुबाआमा मर्याे सत्र पर्याे भन्ठान्छन् । छोराछोरीहरू साना-साना हुँदैमा वाबु मरेर, सम्पूर्ण अभिभारा जेठो छोरोले सम्हालेको र भाइबहिनीको पालनपोषण गरेको धेरै देखेको थिएँ। आफू सक्षम भएपछि पालैपालोसँग भिन्न बस्दै गएर जेठो नाङ्गै भएको पनि धेरै भेटेको थिएँ। कोही भाइ सानैमा भारत भासिएर, ठूलो भएर घर फर्केर नाङ्‌गो जेठा दाजुसँग पाखुरा खैँचेर अंश मागेको पनि धेरै देखेको थिएँ। जेठो छोरो अभागीका राजा जस्तो लाग्दथ्यो ।

धेरै छोराहुनुभन्दा दुइटा हुनु झन टेन्सन हुन्छ। बुबाआमालाई पेट भाँडोसमेत नराखी अंश बाँड्छन् । दाजुभाइको अंश मासको गेडो फोडेर तिलको गेडो घोटेर भन्ने चलनै छ । एउटा साइकल-एउटा सुकूल, एउटा मात्र जोड्नु बुबाआमालाई अभिषाप हुन्छ। दुई छोरा हुनेले सबै बस्तु दुई-दुईवटा जम्मा गरी राख्नु पर्छ। घर-पडेरी, सवारीका साधन, गोठ गोठालो, हली-हलो. गाई-भैसी, भेंडा-बाखा. यावत कुरा। दुइटी स्वास्नी घर पक्का, तीनवटा गोरु हल पक्का भनेर तीनवटा गोरु राखेको रहेछ भने त माम्लाे चौपट एउटा बेच्न पनि मान्दैनन्-एउटा किन्न पनि जान्दैनन् । जसरी भए पनि निहुँ खोज्नु त हो । बूढा बुबाआमालाई खान र लाउन दिन पर्याे भने चाहिँ क्यारेमको गोटी बनाउँछन् ।

एउटा छोराको टेन्सन त झन् मेन्सन गर्ने गाहो । बुढापाकाहरू भन्थे सानो छउञ्जेल मर्ला भन्ने डर- ठूलो भए मार्ला भन्ने डर के भनेका होलान जस्तो लाग्थ्यो । अहिले पो थाहा पाइयो, एउटा भएको पिउसो मविष्यमा वंश चलाउने- हातगोडा बस्दा दालभात खुवाउने, मरेपछि पिण्डपानी सेलाउने भनेर जे मागे पनि पुर्याउनै पर्ने। सानो माग पूरा भएन भने घर छोडेर टाप। खोज्न गयो लुकी-लुको हिँडेर छुट्टी । धेरै भएको एउटा जाबो त हो नि जहाँ सुकै जाओस् भनेर छोइनु । जति वटा भए पनि बुबाआमाका लागि फाल्ने छोरो त हुन्न, तैपनि घुर्की लाउन सक्दैनथ्याे कि । एउटा मात्र छोरा भएकोले, आकाश पाताल जहाँबाट भए पनि खोजेर ल्याउनै पर्ने बाध्यता। त्याएपछि उसैको घुर्की र फुर्कीले माथ गर्छ।

मैले पनि एउटा त हो नि भनेर, आफ्नो घाँटीमा जिन्दगी टाइ नपरे पनि, टाइ बाँधेर बाइ-बाइ गर्नेको स्कुलमा भर्ना गरें। आफूले जिन्दगीमर टिफिनको अनुहार नदेखे पनि, टिफिन क्यारियर, पानीको वाइंटलसहित किताव हाल्ने व्याग बोकेर स्कुलसम्म पुऱ्याउने र ल्याउने गरें। उसैलाई बोकाउँ भने स्कूल गेटबाट कक्षा कोठासम्म पनि गाई घाँडो झुण्ड्‌याएझै हुने । स्कुले शिक्षा सकिएपछि विदेशतिर पढ्न जान्छु भन्याे । विद्यार्थी भिसा मिलाउन, दलाली भागसमेत गरेर छ लाख लाग्दो एरहेछ। अहिले पनि उसैको भरे पनि उसैको भनेर घरघडेरी बेचें, केवल पाँच लाख हात लाग्यो । सरसापट गर्दा पनि नभ्याउने भो। सबै उपायहरू अपनाउँदा अपनाउँदै पनि जागिर छाड्नु सिवाय अरु विकल्प भेटिनँ। पेन्सन पाक्न एक महिना बाँकी भएको जागिर छोडेर उपदान लिन परेपछि ‘वान सनको टेन्सनले पेन्सन पच भएन त ।’

बल्लतल्ल छोरालाई विदेश पढ्न पठाइयो। अब त हरियो हरियो डलर मार नोट आउँछ होला भन्ठानेको त तीन महिनामा “खर्च पुगेन बाउ-कर्जा गरेर मए पनि पैसा पठाउ” भनेर चिठ्ठी आयो। मलाई भन्न पनि लाज लाग्छ । मान्छेका छोराहरू पन्ध्र दिनको टुरिस्ट भिसा लिएर जान्छन् भिसा चाहिँ उतै मिलाउँछन् कि खुरुखुरु घरमा पैसा पठाउँछन् । आफ्नो एउटा मात्र छोरो भएर होला. पेन्सन पच गरेर दुई वर्षको भिसामा पठाउँदा पनि तपाईलाई खिस्सा सुनाउनु पर्ने भो । मैले पैसा- तैसा पठाइनँ। बाहिरफेर काम गर छोरा भनेर सल्लाह दिई चिठ्ठी पठाइ दिएँ।

छ महिना बितेपछि फोन आयो रिसिभर उचालेर हेलो मनेको त केही भन्नै नपाई “काम गाह्रो भो बाउ-पैसा दिएर छिटो लिन पठाऊ होइन भने तिमी नरिसाउ यता धर्म कर्म नमिल्ने ठाउँमा मेरो जीवन कसरी बिताउँ ।।” पो भन्छ। मलाई त भउन्न भएर आयो। कमाउन पठाएको छोरोलाई खर्च पठाउन परेपछि कसले सहन्छ त ? तपाई आफै भन्नोस् त ? मेरो पालो त्यो घण्टको रालोलाई फिर्ता बोलाएँ। अब त बाउन्न हण्डर त्रिपन्न ठक्कर खाएर फर्केको छोरो, बुद्धि फिरियो होला भन्ठानेको त कहाँ हुन्थ्यो। बाह्र वर्ष कुकुरको पुच्छर ढु‌ङ्ग्रोमा हाल्यो जस्ताको तस्तै । उसले लभ गरेको केटी बिहे गरिदिएन भनेर छुट्टी ।

हिजोआज त आधा रातमा घर आउँछ। बिहान कुन बेला उठेर जान्छ, कहाँ जान्छ, दिनभरि के खान्छ ? कसले भनेको मान्छ, घाँटी र नाडीमा के के बान्छ पत्तै हुँदैन। कहिलेकाँही जम्काभेट हुँदा स्पष्टीकरण माग्यो भने, हान्ने राँगोले हेरेझै हेर्छ र नबुझ्ने भाषामा के के भुत्भुत्याउँछ। मलाई त बूढेसकालमा वान सनको टेन्सनले पेन्सन पच गर्दा पनि छुटेन । तपाईलाई चाहिँ के गर्छ कुनि ? यदि तपाईलाई पनि त्यसै गरेको भए, मसँग सान्त्वना बाँड्न आउनुहोला ।

०००
२०६०, वैशाख
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कलिको मान : धुम्रपान

कलिको मान : धुम्रपान

नरमेन्द्र लामा
कथा नै माग्ने भएपछि

कथा नै माग्ने भएपछि

नरमेन्द्र लामा
कुखुरीको दुध

कुखुरीको दुध

नरमेन्द्र लामा
जिताउनै नहुने मान्छे

जिताउनै नहुने मान्छे

नरमेन्द्र लामा
नयाँ- न यहाँ नेपाल

नयाँ- न यहाँ नेपाल

नरमेन्द्र लामा
0
Would love your thoughts, please comment.x
()
x