डा. माधवप्रसाद पोखरेलमेरो वामन अवतार
छिमेकीले बजाएका सिनेमाका गीत, मेरा मित्र डा. अनेजाको भजन, दूध मागिरहेको बिरालाको म्याउँ, अध्यापकको व्याख्यान र टीभीमा आएको नेताहरूको भाषण, धार्मिक मतमतान्तर, हड्ताल आदि विभिन्न किसिमका खलबलको क्वाँटीमा म पाकिरहेको छु।

भगवान् विष्णुले वलिलाई छल्न जाँदा वामन अवतार लिएका थिए भन्ने कुरो पुराणहरूमा पाउँछ। ठूलो महत्वाकाङ्क्षा लिएका बलिको महत्त्वा-काऊनालाई धूलो बनाउने विष्णुको विराट्स्वरूप थियो अरे, अनि त्यसै विराट्-स्वरूपले वलि पातालका कैदी भएका थिए यरे। तर म भो, श्राज आफ्न महत्त्वाकाऊक्षाको विराट्स्वरूपले ग्राफै वामन (बाउन्ने, पुड्के) बन्न पुगेको छु ।
म केटाकेटी हुँदा, मेरी आमाले मलाई अरूभन्दा बेग्लै खालको कसैले भेट्न नसक्ने मान्छे हुनुपर्छ भनेको मर्ती म अहिले पनि मजझली सम्झदै छु, तर मामाले भनेको वेलामा मैले त्यस कुराको अर्थ पटक्कै बुझेको थिइन । पच्चीस-तीस वर्षको हुँदा मलाई बामाको कुरो पूरै बुझेजस्तो लाग्थ्यो । आज चालीसे लागेपछि आँखा कमजोर हुन्छन् भन्थे तर मेरा आँखा भने ठीकै छन् : बुद्धि-चाहि वेपत्ता भएजस्तो छ; त्यो पनि त्यस्ता वेलामा, जब म भाषाविज्ञानमा पीएच. डी. गर्न पूना आइपुगेको छु । यस कुराले मलाई निकै आतेस लागि-रहेको छ ।
अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तभित्र पर्ने ‘काल-विरोधाभास’ (टाइम-प्याराडक्स) मा उनले एउटा उदाहरण दिएका छन्-‘प्रकाशको वेगजति चाँडो कुनै कुरो पनि हिंड्न सक्तैन, तर केही गरी कुनै पनि (ब्राइन्स्टाइन ट्रेन) प्रकाशको गतिको छेउछाउमा गयो भने आफ्नो भर्खर जन्मेको छोरालाई छोडेर उक्त यानमा पचास वर्ष चढेको मान्छे, पचास वर्षसम्म यात्रा गर्दा, यानभित्र उसलाई एक महिनाजति मात्र लागेको हुन्छ; उसको घडी र मुटुको ढुकढुकीले एक महिनामा गर्ने काम मात्र गरेका हुन्छन्, तर आफ्नै घर फर्कदा, वाबुचाहिँ वीस वर्ष एक महिनाको मात्र हुन्छ, छोरो चाहिँ पचास वर्षको बूढो भइसकेको हुन्छ ।’
महाभारतमा रेवती नक्षत्रबाट बसेकी आफ्नी छोरी रेवतीको बिहे गर्ने कुन केटो असल होला भनेर ब्रह्मलोक गएका ऋषिलाई यस्तै समस्या परेछ। ऋषि ब्रह्मलोक पुग्दा बाह्य घरू कसैसित अलमलिएका थिए । सबै गइसकेपछि एकान्त पारेर ऋषिले ब्रह्मालाई आफ्नी छोरी कसलाई दिऊँ भनेर सोद्धा पो ब्रह्माले भनेछन्, ‘आउने-बित्तिकै किन नभनेको ? तिमी सत्ययुगमा हिँडेका विनीः अहिले त पृथ्वीमा द्वापरयुग भइसक्योः जाऊ, बलरामलाई देऊ ।’ त्यसपछि ऋषिले केटी भन्दा कता हो कता कान्छा बलरामलाई छोरी दिएछन् । त्यस्तै अहिले मलाई लाग्छ- कुनै ठाउँमा छिनछिनमा युग बितिरहेको छ, कुनै ठाउँमा एक सेकेन्डमा साँच्चै नै हजार मिलि-सेकेन्ड भएको अनुभव हुने रहेछ ।
यसबेला म सोच्न लागेको छु- मेरो विराट्स्वरूप दुर्लभ चाहना हो । विष्णु वलिलाई छल्नाका लागि भए पनि पछि अवश्य विराट्स्वरूप हुने आकाड्क्षा लिएर आएका थिए र उनले इच्छा पूरा गरेर गए, तर विचरो मान्छेको भने, विराट्स्वरूप हुने प्रतिज्ञा सबै चकनाचूर हुने रहेछ । पूर्णता होइन अपूर्णता चाहिँ प्रयास गरे, मान्छेले पाउन सक्ने रहेछ । त्यसैले मान्छेका भागमा बाउन्ने हुन लेखेको रहेछ, विष्णु (व्यापक) चाहिँ ऊ कहिल्यै पनि हुन सक्ने रहेनछ । यसो हुँदा याज मैले वामन अवतार लिएको छु । कसैले डराउनु पर्दैन, म छल्न आएको विष्णु होइन, आफ्नो चिह्न पनि शिखण्डीलाई दिइ-सकेको एउटा बाध्य, परास्त भएको यक्षजत्तो मात्र म भएको छु ।
मरुभूमिमा प्रकाशको आवर्तन भएर टाढाको क्याक्टस र मरुद्यान उल्टो देखिंदा प्यासले छटपटाएका मृग ‘(मर्नलाई कुद्ने ?) पानीको खोजीमा त्यता दगुर्छन् अरे, तर त्यहाँ पुग्दा अन्यत त्यस्तै मृगमरीचिका देखेर कुद्दा-कुद्दै मर्छन् अरे । त्यसैले उपनिषद्ले देखाएको पूर्णताको मृगमरीचिका लखेट्ता-लखेट्तै मेरो आज च्याप्सो सुकेको छ, र म आफ्नो अंशमा परेको अपूर्णतालाई अङ्कमाल गरेर आफ्नो बाउन्नेपनको बोधले फत्र्याकफत्र्याक भएको छु ।
स्वास्थ्य, धन, बल, विद्या, बुद्धि, स्थान, समय र सामर्थ्य – यी यस्तै कुराबाट आशिक रूपमा नापिने सुख र पूर्णता खोज्न हिंड्दा आज मैले मुख र पूर्णतालाई नाप्ने गजो नै वेकम्मा पाएको छु । हरेक मान्छेले भविष्यलाई भाफ्नो वाध्यताको सर्वोत्तम विकल्प ठानेको हुन्छ । भोलि, पर्सि, आघों, दश-वर्षपछि, कुनै दिन, एक दिन न एक दिन मेरा सबै चाहना परिपूर्ण हुनेछन् भन्ने आशाले झुन्डिएर मान्छेले आज पाएकै सुख पनि गुमाइरहेकाे छ र नपाएको सुख अवश्य मिल्छ भनेर ढुक्क परिरहेको छ । आफ्नो वर्तमानको यही अभावग्रस्त अपूर्णताबाट क्षणिक काल्पनिक पत्तायत नः परमानन्द रहेछ क्यार। त्यसैले तपाई आफै विचार गर्नुहोस् । धेरैजसो मानिस कि विति-सकेको कुरो मनमा खेलाइरहन्छ, कि नभएको कुरामा तरङ्गिरहन्छ । खानिधरू भने मान्छेलाई बर्तमानमा कुर्सीमा बसिरहेको देख्छन् । बास्तवमा वर्तमानमा अडिन सारै गारो हुन्छ, ऊ यो प्रतीतको कल्पना गर्न पस्छ, वा दिवास्वप्नमा । तपाईंले यो कुरो विचार गर्नुभएको छ कि छैन ? त्यसैले मलाई लाग्छ, वर्तमानको क्षणबाट प्रायः मान्छे भाग्न खोजिरहेको हुन्छ । खालि खेलमा वा मनोरञ्जनमा भने मानिस पूरै वर्तमानमा धेरै बेरसम्म अडिन सक्छ । त्यसैले बृहदारण्यक उपनिषद्मा विदुषी गार्गी तर्कहीन स्थितिमा याज्ञवल्क्यबाट पराजित भएझै मैले पनि चूप लाग्नुपरेको छ ।
सानामा मैले ठूलामान्छेको गाली र पिटाइ खानुपर्थ्यो, कक्षामा गुरुको खप्की खानुपर्थ्याे, अनि म सोच्थेँ एक दिन यस्तो आउला, म पनि ठूलो हुन्छु, गुरु हुन्छुः त्यति भए मैले कसैको कुटाइ र खप्की खानु पर्दैन । दश क्लासमा पढ्दा एउटा अङ्ग्रेजी कविता भूत र वर्तमान (पास्ट एण्ड प्रेजेन्ट) पढेको थिएँ । त्यसमा कवि भन्छन्, ‘सानामा छँदा मलाई लाग्थ्यो, त्यो अग्लो लेबर्नमको बोटको टुप्पाले स्वर्ग छोएको होला; ठूलो भएपछि म त्यो रूख चढ्न सक्ने हुन्छु र स्वर्ग पुग्छु । तर ठूलो हुनासाथ स्वर्ग त्यहाँ रहेनछ भन्ने थाह भयो । अर्यात् बाल्यकालमा म स्वर्ग नजिकै थिएँ; महिले स्वर्ग बेपत्ता भएको छ।’ मैले पनि कल्पना गरेको स्थिति अब टाढा- नि टाढा-दुर्लभ भइसकेको मलाई अनुभव भइरहेछ ।
म चालीस वर्षको पुग्दा मलाई नमस्ते गर्ने मान्छेको सङ्ख्याभन्दा मैले नमस्ते गर्ने मान्छेको सङ्ख्या बढ्ता भएको मैले ५ दिनसम्म गनेर पत्ता लाएको छु र मलाई नमस्ते गर्ने होइन, मैले नमस्ते गर्ने मान्छेको सङ्ख्या भने बढि नै रहेको छ । आज पनि मेरी आमाले मलाई केटाकेटीलाई उपदेश दिनुहुन्छ, मेरो पैतालो चिप्लिएमा मलाई गाली गर्नुहुन्छ । त्यसैबाट मलाई म आफू केटाकेटी नै भएको अनुभव हुन्छ र त्यस क्षण मात्र मेरो स्वर्ग नजिकै आइपुगेको म अनुभव गर्दछु ।
पहिले मभन्दा उमेरले जेठा, विद्याले जेठा, बुद्धिले जेठा, इज्जतले जेठा र मेरो ठूलो मान्छे (निबन्ध) का स्केलले जेठा थुप्रै मान्छेहरू देख्ता भने मेरो हाकुलो लुतो भइरहेको छ । आज म पाऊ आफ्नो पनिर्णीत भविष्यले त्रस्त भइरहेकोअवस्थामा श्रीमती, भाइबहिनी, विद्यार्थी, छोरा-छोरी र मान्जाभान्जीलाई निडर हुने उपदेश दिइरहेको छु। बी. ए. पढ्दा मिस्टर मिलेनिक आफै डरले आतङ्कित भइरहेको थियो, तर ऊसलाई लडाइँबाट नडराउनु, केही पनि हुँदैन भन्ने उपदेश दिइरहेको थियो । अकस्मात् बम खसेको भावाज ठानेर झस्केको मिनेनिक, बम होइन रहेछ भने चाल पाउँदा, खालि आफू डराएको अरूले सुइँको पाए कि पाएनन् भन्ने फिक्रीमा पर्याे । आज किन किन मिनेनिक मेराे मुटमै आएर रोपिएको छ।
प्राथमिक स्कूल पढ्ने विद्यार्थीलाई लाग्छ- ‘हाम्रा गुरु-गुरुमाभन्दा जान्ने मान्छे संसारमै हुँदैनन् ।’ मेरा छोराछोरी म विश्वविद्यालमा पढाउने शिक्षक भए पनि, उनीहरूका गुरु-गुरुमाभन्दा कुनै कुरो बढ्ता जान्दछु होला भनेर पत्याउँदै-पत्याउँदैनन् । प्राथमिक स्कूल छोडेर माथिल्ला विद्यालयहरुमा जाँदा मात्र उनीहरूले चाल पाउँछन्- प्राथमिक स्कूलका शिक्षक-शिक्षिका भन्दा जान्ने मान्छे त हुँदा रहेछन्, तर माध्यमिक स्कूलका फलाना शिक्षक-शिक्षिका भन्दा जान्ने मान्छे चाहिँ हुनै सक्तैनन् । यो क्रम यसैगरी विद्यार्थीसँग मास्तिर सर्दै जान्छ ।
कुनै कुरो जति बुझ्दै गयो उति अबूझ हुँदै जाइन्छ । मेरा एक जना मित्रले सेतो बाघ पडेछन् । किताव सकेपछि उनले भने, ‘अब मलाई नेपालको इतिहास कण्ठस्थ भयो ।’ विचराले त्यसपछि इतिहास पढेका भए आफू इतिहासमा लट्ठक भएको किताव पढ्दै गएपछि थाह पाउँथे। कुनै विषयमा एउटा मात्र किताव पढ्दा सबै थोक जानेजस्तो लाग्छः दुई-तीनवटा पढेपछि भने ‘म त यस ज्ञानसागरको माछाको एउटा भुरो मात्र रहेछु’ भन्ने थाह हुन्छ । यसरी नै धरानबाट काठमाडौं जाँदा म निकै हराएको थिएँ; पूनामा आउँदा पूरै कुहिराको काग भएको छु । यहाँ आाएपछि देख्छु, भारतीय विद्वान्हरूका अगडि निकै फुर्ती गर्ने विद्वान् पनि यूरोप र अमेरिकाका विद्वान् आएपछि न्याउरी मुसोअगाडि नाग पुगेझै हुन पुग्दा रहेछन् । अमेरिकाकै विद्वान् पनि आफ्नो कुरो सुनिदिने मान्छे उतै भए भारत किन आउँथे होलान् भने शङ्का लाग्छ । यसमा मेरो भूल पनि हुन सक्छ। चस्माको शीशामा कुनै रङ्ग छैन भने सातै रङ्ग छुट्याउन सकिन्छ; कुनै रङ्ग हुनासाथ कि त्यही रङ्ग, कि कालो मात्र देखिन्छ । त्यसैले चस्मा नलाई भएन भने रङ्ग-हीन लाउनुपर्छ ।
भारतमा धार्मिक एकताका नाउँले चिनिने पारस्परिक फूटका प्रतीक थुप्रै धर्म र मतमतान्तरहरू छन् । आफ्नो चस्माले नै सबै संसार राम्रो देखिन्छ भने तिनीहरूको लिडेढिपी हुन्छ, जसलाई तिनीहरू तर्क भन्छन् र मलाई पनि आफूतिर तान्न खोज्छन् तर मलाई भने पहेंलो रङ्गको चस्माले कि पहेंलो, कि कालो मात्र देख्न सकिन्छ; हरियो रङ्गको चस्माले कि हरियो, कि कालो मात देख्न सकिन्छ; त्यसैले तिनीहरू आफूलाई हरियो वा पहेंलो देब्छन् अरू सबैलाई कालो देख्छन् भन्ने कुरो थाह छ । आफूलाई यहाँ चस्मा नै नलगाउँदा, आँखा ठीकै हुँदा त आफू बाउन्ने भएको अनुभव भइरहेछ, अरुको रङ्गीन चस्मा लाउँदा त निस्पट्ट भइहाल्ला नि ।
अँ, आज मेरो वामन अवतारलाई म टुलुटुलु हेर्दैछु। विचरालाई कति मान्छेले विद्वान्समेत सम्झेका थिए, र त्यस बेला यसले नाक घोक्र्याएको पनि थियो । आज यसको बिजोक हेर न । भारतका सभ्प पुस्तकालयहरूमा एक मानिने डेक्कन कलेजको पुस्तकालयमा यसको किताबको चिनोसमेत हराइरहेको छ । लाइबेरी अफ कंग्रेस वा किमको पुस्तकालयमा पुग्नु हो भने यसको के हालत होला ! यसको विजोक देखेर आज म निष्वयंमा पुगेको छु-छेउछाउका मान्छेलाईभन्दा जुन मान्छेलाई दुई-चारवटा कुरा बढ्ता पाउँछ, तथाकथित विद्वान् भनेको त्यही रहेछ । विद्वान् भनेको पूर्ण स्तर होइन रहेछ। यो त अनन्त लामो स्केलको एउटा घसों मात्र रहेछ । त्यसैले आज मैले उन्नतोदर (कन्भेक्स) ऐनामा आफ्नो अनुहार देखेको छु विकृत र बाउन्ने ।
पीएच. डी. नै पूरा गरेर गएँ भने पनि, म त मिन्नेनिक नै रहनेछु भन्ने कुरो मैले आज इमान्दारीसाथ स्वीकार गरेको छु । अनुसन्धान एक प्रकारको मन्त्रदर्शन हो, अनुसन्धाता एउटा मन्त्रद्रष्टा ऋषि नै मानिएला अरे । तर नेपालीमा सबै ऋषिहरू ‘रिसी’ भइसकेको हामीले बिर्सेका छैनाै, हामी आज शुद्ध ऋषि होइन ‘डाल्डा रिषी’ बनिरहेका छौं। पाणिनिले, एरिस्टोटलले र वेदव्यासले कति पढेका थिए ? तर आधुनिक युगमा पाणिनि मानिएका चम्स्कीले अष्टाध्यायीको प्रतिरूप कुनै भाषाको व्याकरण बनाएर देखाउन सकेका छन् ? यस्तै तुलबुले कुराहरूले मेरो उचाइ घटिरहेको छ ।
मेरो छात्रावास अगाडि अस्ति मैले देख्तादेख्तै कागले परेवाको चल्लो मार्याे, अनि विहानैपिच्छे वाजले लखेटेका काग र परेवाहरू सँगसँगै भागिरहेको पनि देखिन्छ । जताततै हाकिमले सहायकलाई, सहायकले चप्रासीलाई हप्काएको एउटै कार्यालयमा देख्न सकिन्छ । कार्यालय छोडेर गयो भने पालेले पनि मन्त्रीलाई हप्काउन सक्छ । बम्बईमा आएको दिन मैले अलिकति त आफ्ना छोराछोरीका लागि अलिकति आपनै लागि पनि फिल्म-अभिनेता खोजिहेरें, भेट्नचाहिँ कसैलाई भेटिनँ भनेको सुन्दा सिनेमाघरलाई तीर्थ सम्झनेहरूले मलाई सिल्पट नै सम्झन पनि सक्छन् । आफ्नो स्वार्थको काम गर्न नसक्नेलाई ‘बुद्धि नै नभएको स्वाँठ’ किन्नर मान्ने हाम्रो चलन छ ।
मैले सिने-अभिनेताहरुलाई खोजेको चाहि किनभने रेल्वे विभागमा मैले अष्टा-चारको पराकाष्ठा देखेँ, त्यसको सबैभन्दा ठूलो मारचाहि विचरा गरिब-हरूलाई पर्दो रहेछ । बम्बईका महंगा होटलमा बास बस्न नसक्ने गरिबहरू प्लेटफर्मको भुइँमै सुत्छन्, उज्यालो हुन हुन लागेपछि पुलिसले ती गरिवहरूलाई लट्ठीले कुट्तै बिउँझाउँदै गरेको देखें, अर्कातिर एउटा रेल्वे कन्डक्टरले मैले देख्तादेख्तै एउटा गरिबलाई ठगिहाल्यो । सोधपुछ गर्ने ठाउँमा फस्टक्लासपट्टि चाहिँ राम्रै जवाफ दिन्छन् । सेकेन्ड क्लासतिर भने ठसक्क परेर जवाफ दिँदा रहेछन् । मैले त रामायण, महाभारत, उपन्यास, सिनेमा, रेडियो र टीभीको भारत मात्र देखेको थिएँ । यहाँ नै आइपुग्दा त गरिबमाथि यत्ति अन्याय हुँदा पनि (दिलीपकुमार, अमिताभ बच्चन, अनिल कपूरजस्ता) पर्दामा अन्यायका विरुद्ध खनिने सिने-कलाकारहरू कता पुगेछन् देखिएनन् ।
आफ्नो खल्तीमा पैसा छैन भने गफ गर्ने पनि आउँदैन, छ भने एक जना सीडोयाेसँग मेरो भेट भएझै हुन्छ । म धरान क्याम्पसमा पढाउँदा हाम्रा दुई जना विद्यार्थी पक्रेर थानामा लगेको रहेछ । क्याम्पस प्रमुखसँग म पनि गएको थिएँ । त्यहाँ तात्कालिक सीडीयो विद्यार्थीलाई गाली गर्दै-सम्झाउँदै रहेछन् । हामीलाई देखेपछि सीडीयोलाई पनि जोस चलेछ। उत्तेजित हुँदै विद्यार्थीलाई भने, ‘विद्यार्थी हो, तिमीहरूले यस्तै गर्याै भने, थाहा छ । (?) भारतमा एक सय चार वर्षसम्म अङ्ग्रेजले शासन गर्याे।’ विचरा विद्यार्थीले जवाफ दिन सकेनन् । त्यसै सही च्यापेर बसे ।
विद्वान् पनि आफ्नै कुरामा विश्वास गर्छ, मूर्ख पनि आफ्नै कुरामा विश्वास गर्छ । त्यसैले तिनीहरूको वीचमा वादविवाद भयो भने तेस्रो व्यक्तिले के गर्ने ? तेस्रो व्यक्ति पनि हात्तो छाम्ने अन्धोजस्तो हो । अनुसन्धान भनेको अन्धाले हात्ती छामेजस्तो काम हो । दशवटा अन्धामा पुच्छर छाम्नेले हात्ती कुचोजस्तै हुन्छ भन्यो भने के विरायो र ? त्यस्तै कान छाम्नेले हात्ती नाङ्लोजस्तै पाउँछ, खुट्टो छाम्नेले खाँबोजस्तो र भुँडी छाम्नेले भित्तो जस्तो पाउनु आफ्नो निरीक्षण र निष्कर्षका आधारमा एकदम ठीक छ । मेरो विचारमा कसैले पनि गल्ती गरेनन् । सबैको निष्कर्ष एउटा एउटा थिसिस हो । तर दश जनाको सिद्धान्त जोड्दा पनि वास्तविक हात्ती जसरी बन्दैन त्यसै गरी अनुसन्धानबाट सापेक्षित सत्य त थाह हुन्छ, तर पूर्ण सत्य भने पाइँदैन भन्ने कुरो सोचेर मेरा खुट्टा लुला भएका छन् ।
मेरो अपूर्णताको बोध नै मेरो वाउन्नेपन हो । आज म लिलिपुटकाे बासिन्दा भएको छु । जोनाथन स्विफ्टले गुलिभरलाई विषम परिस्थितिमा पुर्याएर सामाजिक वास्तविकताको फोटो खिचेका रहेछन् । हरेक मान्छे एउटा गुलिभर रहेछ । एउटै मान्छे माफ्नो श्रीमतीसँग धाक लगाउँछ, आपना सहचरहरूसँग गौरव राखेर बोल्छ र आफूमन्दा ठूलो हाकिमको तल्ली चाट्न बोज्छ । साँच्चे नै विश्व-समाज गुलिभरहरू समाज रहेछ । मैले दिएको पाँच पैसा पाएर असन्तुलित हुने गरी गुह्येश्वरीको मन्दिरछेउमा बसेकी बूढी आमैले मलाई आासिक दिएकी छिन् र उनका आँखामा म साँच्चै कुबेर बनेको हुन्छु भने, अर्कातिर मेरा जहान-छोराछोरीका माग र मैले दिएका आश्वासनका फाइल भने कुनै कार्यवाही विनै अलपत्र परिरहेका छन् । एउटै प्रहरी ससुरालीदेखि हिंडेर पुलिसथानासम्म पुग्यो भने उसप्रति मान्छेहरूले गरेको व्यवहार सम्झंदा कहाली लागेर आउँछ ।
मान्छेको सागरमा म हराइरहेको छु । एकै छिनमा हवाईजहाजको आवाज, मोटरको हर्न, वाजले लखेट्दा आत्तिएका चराहरूको खलबत्त, पल्लो छिमेकीले बजाएका सिनेमाका गीत, मेरा मित्र डा. अनेजाको भजन, दूध मागिरहेको बिरालाको म्याउँ, अध्यापकको व्याख्यान र टीभीमा आएको नेताहरूको भाषण, धार्मिक मतमतान्तर, हड्ताल आदि विभिन्न किसिमका खलबलको क्वाँटीमा म पाकिरहेको छु। त्यसैले म झाज सर्दीहरूको द्वीपमा कैदी भएको छु। म बाज मिटर, ग्राम, सेकेन्ड, लिटर, डेसिबल आदि नाप्ने फित्ता र काँटाहरूबीच च्यापिएर चटपटाउनै नसकिने काँटीमा पाता फर्काएर बाँधिएको छु । साथी हो, तपाईंहरूलाई कस्तो लाग्छ ? म त आज वामन भएको छु ।
०००
गरिमा ७० : ५७-६२ (२०४५)
Subscribe
Login
0 Comments
Oldest







































