रामकुमार पाँडेसीता कसकी जोई ?
खोइ सक्कल ? सबथोक नक्कल । बुद्धि विवेक दूषण भएपछि कसको के लाग्छ । यस्ता कुन कुरा भन्नु हुने, कुन नहुने, कुन कुरा गर्न हुने, कुन नहुने, कुन ठीक, कुन बेठीक आफ्नो सत्ता पत्ता नपाउने मान्छे नै कहाँ पाउने ?

रामकुमार पाँडे :
भनूँ वेथा साह्राे नभनूँ पर्यो गाह्राे। हुन त भन्न नहुने कुरा पनि खोजेको हैन। न त सिङ न पुच्छरको कुरो नै गर्न खोजेको हो। भन्न नहुने कुरा भन्न हुने भए- फलानालाई उफार्ने स्प्रिङ फलानो हो, फलानालाई काट्ने कैंची त्यही हो भन्नेदेखि फलानाको चम्चा फलानै हो, फलानाले च्याप्ने लोटा फलानो हो, फलानो लोटा फलानो भाँडो खनाएर भरिएको हो। फलानोले च्याप्ने लोटाको मुख सानो छ, घाँटी पनि सानै छ तर भुँडी भव्य छ। फलानोले फलानोको हलो हो जस्ता कुरा कति निस्कन्थे कति ।
भन्नु भएन र पो नत्र फलानो, फलानो गधा हो, फलानो कुकुरै हो। फलाना त स्याल भइहाल्यो । फलाना पक्का गोरु हो। फलानाको घोडा फलानाले नै ल्याइदिएको हो। फलानो चाहिँ चमेरो काम गर्छ। त्यो चाहिँ कनसुत्लो हो । वकुल्लाभगत भनेको त्यही त हो। यस्ता कुरादेखि मन्न हुने भए कुरामा कुरा कति निस्कन्थे कति, फलानोको मुटु ढिस्कानो, फलानोको दाहिने हात फलानो, फलानाको पुच्छर फलानो, फलानाको टुपी, फलानाले समाउँछ, फलानाको लगाम फलानाले लिएको छ। इत्यादि, इत्यादि ।
अझ किटेरै भन्न हुने भए फलानोले ठेक्काको सिमेन्ट खाएर मोटायो। फलानाले बङ्गला, गाँजा र चरेसले बनायो। ‘फ़िकस्ट्रिट’ हो फ्लोरमा नाच्ने मान्छे फलाना त हो। फलानालाई औताली पल्टी सबथोक मिलेको छ। फलानाले फलानो रङले मुटु र मस्तिष्क रङ्गायो। फलानाले हुँदै नहुने काम पनि हुने गरी बङ्गायो। यस्ता रङ विरङ्गका कुरा कति निस्कन्छन् कति ।
मान्छेले नगरेको काम वा गर्न नसकेको काम अथवा गर्न नहुने, नमिल्ने र नगर्ने काम पनि यहाँ एक खिल्ली चुरोटदेखि एक कप चियाजस्ता विभिन्न चीजवीजले गर्छ। विश्वास मान्नु हुन्न भने हेर्नोस्, फलानालाई फोनले वढुवा गर्यो फलानोलाई दहीदूधले सरुवा गन्यो- फलानालाई बोकाले विदेश पुऱ्यायो- फलानालाई फलफूलले ठेक्का दिलायो। यस्ता फलाना र ढिस्कानाको कुरा गरी के साध्य ?
आफ्नै कुरा गर्ने हो भने मेरो भाइ, ज्वाइँ र फरियाका नाताले मेरो आडमा मेरे ढाड भाँच्न ऑटिसके। न कालोबजारी भन्नु न अत्याचारी । आफ्नो आङ कन्याए आफैलाई छारो । आफ्नै छरछिमेकको कुरा गर्ने हो भने करको डरले सम्पत्तिका लागि ‘डाइभर्स गर्ने दम्पति एउटै कोठामा उठबस गरेको देखी कागजमा अनेक नाम कालो अक्षरले लेखेको कसले देखेको छैन ? मनको वह कसैलाई नकह भनी दिलमा दह पारेर पो। नत्र भन्न नहुने गोप्य, अत्यन्त जरुरी कुरा कति थिए कति । यस्ता पोल्ने कुरा गरी पेच हान्ने होकि भनी कुनै, ‘मेच’ ले आत्तिनु पर्दैन।
आँखामा छारो हाल्ने काम जसले जसरी गरे पनि भो । नक्कली प्रमाणपत्र पेस गरी मास्टरी गरे पनि हुन्छ । नियम पुगेको छ भने जति रकम भोजन गरे पनि हुन्छ । अथवा आँखामा छारो हाल्न नक्कली मजर बनाएर उडाए पनि हुन्छ। धर्म छोडेपछि जसले जे गरे पनि हुन्छ। सारीको डस्ना बनाई पार पुन्याए पनि हुन्छ, दारीमा ‘डायमन’ लुकाई पार गराए पनि हुन्छ। छातीमा चरेस पोती लगे पनि हुन्छ, मूर्तिमा मुर्ती भरे पनि हुन्छ, जसले जस्तो जाल बुनेर भए पनि आफ्नो ताल पार्न पछि हटेको देखिन्न। जति तालिम दिए पनि, जति डिग्री लिए पनि, जति नियम बनाए पनि, जति पुराण सुनाए पनि, जति बुद्धि चढाए पनि, जति रामायण पढाए पनि सीता कसको जोई ठम्याउने खोइ ?
काग कराउँदै छ पिना सुक्दैछ। थाहा नभएको कसैलाई केही छैन। नबुझेको कसैले केही हैन। अर्ती उपदेश लिने हो भने दिने छ्यासछ्यास्ती देखिन्छन् । सल्लाह भन्ने नै एउटा यस्तो कुरा हो जुन जसले पनि दिन सक्छ तर लिन सक्तैन । नत्र एउटा सदरिया सहरियाको घरको झ्यालबाट मलजल प्रसाद वर्षदैनथ्यो र पेटीमा हिँड्ने मान्छे तर्सदैनथ्यो। भलादमी गनिएका बडा आदमी पनि पार्टीमा गिद्धले सिनु झम्टेझै फम्टिन पुग्दैनथे। मेचमा बसेपछि रन्कने हाकिम र पोस्ट पाएपछि धन्कने नेता जन्मदैनथे। बस चढ्दा धक्याउनेदेखि मौका पर्दा झुक्याउने र मुक्याउने मान्छेको परिचय गर्दै जाने हो भने खोपडीभित्र किताबका ठेली हाली सकेका, टाउकामाथि ठूलो टोपी लगाएका र खप्परमा सेप बोकेका सम्म नहुने हैनन्। अझ खोज्दै जाने हो भने फलाना ठूलाको नाति. फलाना ठालुको छोरा, फलानो खान्दानको सुपुत्रीसम्म फेला नपर्ने छैन। सिद्धबाबाको सन्तान गिद्धबाबा बनेको मनेको यही त हो ।
मान्छेको भालुलाई तालिम गरेर नचायो। बाँदर होस् वा कुकुर सवलाई सिकाएर चमत्कार गऱ्या तर मान्छेलाई सिकाएर मान्छेजस्तो बनाउन खोज्दाखोज्दै मान्छे चाहिँ विभिन्डिएर कहिले भालु बन्दै बसको सिट कोपर्न थाल्छ, कहिले बाँदर बनेर दोबाटामा नाचिदिन्छ । कहिले कुकुर बनेर टोक्न पुग्छ, कहिले बिरालो बनेर कोपर्न पुग्छ। यो कुरा यति नै झुटो छ जति अचेलका व्यापारी शुद्ध भाउले शुद्ध वस्तु बेच्छन् भन्नुमा छ। अथवा यो कुरा यति नै साँचो छ जति मेकपले अचेल बुढीलाई तरुनी र बच्चीलाई बुढी आमा बनाइदिन्छ भन्नेमा छ।
बस्, सिनेमा हलमा होस् वा सार्वजनिक बसमा धूमपान नगर्नु होला भनेको छ भने हुने भए हुक्का चिलिममा तमाखु नै तान्न कस्सिन्छन् । यस्ता नाना रडका सज्जन दर्शन गर्दा मानव अधिकारको सदुपयोग यसरी नै गरे जस्तो लाग्छ जसरी कुकुरले ठाउँगाउँको मतलब नगरी लघु दीर्घ शङ्का मेटाउने गर्छ। न कसैलाई अप्ठेरो पर्ला भन्ने डर न कुनै लोकाचारको विचार । अझ यी भन्दा पनि कुनाकाप्चा, रुख मन्दिर, खम्बा देख्ने वित्तिकै कुकुरले मैं खुट्टा उचाल्ने रोगग्रस्त सज्जन केही कमका छैनन्, त्यसो त पच्चिस हात पारिदेखि गन्धाउने पुरुष र महिला छुट्टाछुट्टै पस्ने घरले नै कति भर दिएका छन् र ? बाटाको वत्तीलाई तारो हान्ने भविष्यका तारादेखि पार्कको बेन्च बिगार्ने सारा सम्झँदा सिङ र पुच्छर कुनै कुनै मान्छेको पनि हुन्छ भन्ने ग्यारेन्टी यति नै गर्न सकिन्छ जति आफ्नो भनेपछि बाँदरको बच्चै भए पनि सुपुत्र भन्न गौरव हुन्छ भन्नुमा छ। अथवा स्मगरलाई धरौटी सर्वस्व हो भन्नुमा छ । अनि सम्झन पुग्छु लड्डी नभई कुकुर भाग्दैन। जति भागवत भट्याए पनि जति भाषण मनाए पनि गेरुवस्त्र लगाउँदैमा जोगी हुन्न न त नर वानरको सिङ र पुच्छरमा नै कुन अन्तर आउँछ। एकछिन पुच्छर हल्लिन्छ, वस खेल त्वतम।
जति ज्ञानगुनका कुरा गर्नोस्, जति उपदेशले कान भर्नोस् एकछिन टाउको हल्लन्छ, अर्को छिन पुच्छर हल्लन्छ निरस्त्रीकरणको वैठक होस् वा विश्वशान्तिको महाबैठक सबको प्रस्ताव पास गरी ताली पड्कन नपाई बम र बन्दुक पड्कन थाल्छ। फलानोले साहित्यिक चोरी गरी साहित्यकार बन्ने सपना साकार पार्नेदेखि ढिस्कानोले घरको छाक बचाई अर्काको भात मानें काम हट्ने हैन । न दुल्हाले दाइजो धोरे माग्छ न पार्टी र भोजमा चिया र बिस्कुटले खर्च टर्छ। सुधार गर्ने बैठकमा सुधारका रूपमा मदिरापान हुनेदेखि हाइजिनको शिक्षकको कार्ड परेको दाँत हुनेसम्म विचार गर्दा जति रामायण पढे पनि सीता कसकी जोईको जवाफ ठीक पाइएला भन्न सकिन्न ।
घिउ सख्खरले धोएर निम गुलियो हुँदैन मन्छन् । नियमले बाँधे पनि समाएर स्वाँद पनि न घिउमा बोसो र बेसारमा पिठो मिसिनै छोड्यो न त फोस्रो ढाँचा र खोक्रो धक्कु नै हट्यो। बाटो काट्ने ठाउँमा नकाट्ने र काट्न नहुने कुरा काट्ने काम कहिले हट्ने ? दिउँसोभरि तास खेली गुजार्नेदत्वि चोरचार गरी जाँच जमाउने र ठगठाग गरी कमाउनेसम्म विचार गर्दा सबै रामायणका पण्डित नै नदेखिने वा न भेटिने हैनन्। अगाडि तारिफ बर्साउने, पछाडि गालीको गोला बर्साउने, मौका पर्दा खुट्टो तान्ने र खेदो खन्ने राष्ट्रिय रोग मपाईमानिया हतपति हटेकै ह्वैन। हेर्दा अनुहार शुद्ध बुद्ध ने मए पनि वास्तवमा बगरे बनेको मान्छेलाई पत्तै हुँदैन। अर्काको नचाहिँदो चासो गरी गफ हाल्नेदेखि पेटमा कुरा पाल्नेसम्म सम्झदा पोल्ने कुरा मात्र निस्कन्छन् ।
हेर्नोस्, चुरोट सुइँ सुइँ तान्यो फुत्त फाल्यो । बोक्रा छोडायो फ्यात्त फाल्यो। खाकखुक गरेर होस् वा सी सी गरेर निस्केको सब निर्धक्क आफल्यो। फाल्न त फाल्यो तर वोक्रामा चिप्लिई कतिलाई ढाल्यो। हाच्छयूँ गर्न पाएको छैन जीउ सारा गल्यो। कुनाकाप्चा जतासुकै रोगको कीटाणु थाल्यो। आफू चाहिँ स्वदेशी साग स्वाई विदेशी राग ढाल्यो। भाउज्यू भाभी भए, बा आमा ड्याडी ममी हुन गए। छोराछोरी मुन्नामुन्नी, काका चाहिँ अङ्कल । खोइ सक्कल ? सबथोक नक्कल ।
बुद्धि विवेक दूषण भएपछि कसको के लाग्छ । यस्ता कुन कुरा भन्नु हुने, कुन नहुने, कुन कुरा गर्न हुने, कुन नहुने, कुन ठीक, कुन बेठीक आफ्नो सत्ता पत्ता नपाउने मान्छे नै कहाँ पाउने ? तर यस्ता रामायण रास पढेर बढेका महाजन हुन् वा देखेर सुनेर माथि चढेका सज्जन सीता कसकी जोई ? पत्ता पाउने खोइ ?।
०००
२०३४, वैशाख
Subscribe
Login
0 Comments
Oldest








































