साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिजुली मैयाँसँगकाे विछाेडमा

बालदेखि बुढासम्म तिम्रै खोजी गर्छन् तिमीबिना सबैजना अँध्यारोमा पर्छन् । तिमीसँग भेट नभै लाली जोवन गयो सँगै बाँच्ने रहरमा जीवन ढल्ने भयो ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

बीस वर्षे जवानीमा ज्योति मैले पाएँ
पाएदेखि तिमीसँग प्रीति मैले लाएँ ।
सधैं तिमी घरै हुन्थ्यौ पार्थ्यै झलमल
एकै छिन लुक्यौ भने पर्थे अलमल ।

हावाहुरी, चट्याङमा जान्थ्यौ परपर
अलि शान्त भएपछि आउँथ्यौ वरवर ।
ऐले तिमी कता गयौ खाँदा सँगै हुन्नौ
कविता र गीत, कथा लेख्ता तिमी हुन्नौ ।

सुत्दा सधैं एक्लै हुन्छु सम्झिएर रुन्छु
उठ्दा पनि नदेखेर विछोडमा हुन्छु ।
तिम्रो मुख उज्यालोमा कैल्ये देख्ने होला
सम्झनामा पिल्सिएर बित्ने भयो चोला ।

बालदेखि बुढासम्म तिम्रै खोजी गर्छन्
तिमीबिना सबैजना अँध्यारोमा पर्छन् ।
तिमीसँग भेट नभै लाली जोवन गयो
सँगै बाँच्ने रहरमा जीवन ढल्ने भयो ।

अग्रगामी आयोजना सुस्ताउन थाले
झोलाभित्र खोला राख्ने मुस्काउन थाले
सदाबहार बिजुलीको तिर्खा मेटिएन
बिजुलीको खडेरीमा बर्खा भेटिएन ।

०००
रानीबन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x