साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माग

-"भयाे ! भयाे !! जुत्ता र छाता पनि चाहिँदैन । छिटाेभन्दा छिटाे काशीवास पुर्याइदेऊ !" त्यसपछि संसदमा मतदान बन्द भयाे । जयप्रकाशले अन्त्यमा एक बकपत्र लेखेर छाेडे ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

-“छाता र जुत्ता देऊ !”
जयप्रकाश मल्ल पनालीकाे छेउ बसेर आफ्नाे गुमेकाे राज्यकाे कुलाेमा पानी छाेड्न तम्सिरहेका थिए । पृथ्वीनारायण तरवार तेर्स्याएर उनलाई तर्साइरहेका थिए । पृथ्वीनारायणले उनलाई फेरि थर्काएर साेधे ।
-“छाता जुत्ता त दिन्छु तर जुत्ता लगाएर कहाँ टेक्ने ? छाला उघारेर कहाँ ओड्ने ?”

जयप्रकाश मल्ललाई आफन्तले धाेका दिएकाे र राज्य हारेकाे पीडामा बर्बराएर पृथ्वीनारायणका अगाडि हात जाेडेर बिन्ति गर्न लागे ।
-“पशुपति आश्रम !”

पृथ्वीनारायणकाे मनमा थप शङ्का उत्पन्न भयाे । उनले काल भैरवकाे अगाडि गए । भैरवकाे पाउमा समातेर प्रतिज्ञारत प्रश्न गरे ।
-“प्रभु ! जनताकाे रक्षा गर्न नसक्ने लाछी राजालाई हजुरले टुलुटुलु हेरेर बस्न सकिबक्सन्छ त ?”
कालभैरवले अनायासै मुण्टाे हल्लाए । यहाँकाे विभिन्न जातीय समुदाय, काँठे, रैथाने र बसाइँ बस्तीका जनताकाे असुरक्षा र घिनाहा रहेकाे सङ्केत गरे। पीपा, नगरकाेटी र किसानहरूकाे सेवाका सट्टामा कुत उठाएर भ्रष्टाचार गरेकाे प्रमाण काल भैरवद्वारा सप्रमाण पृथ्वीनारायणलाई देखाएर भने ।

-“खै त राजाले मेराे गुठीकाे अछेता र आय बुझाएकाे ?”
उपत्यकाकाे अत्यधिक एकताकाे प्रतीककाे रूपमा रहेकाे गुठी प्रथाकाे हिनामिना बारे सुनेपछि काल भैरवकाे पाउमा मुण्टाे टेकाएर पृथ्वीनारायण फरक्क फर्केर जयप्रकाशकाे छेउमा गएर साेधे ।
-“कालभैरवकाे ओतमा गुठीकाे जाेतपाेत भ्रष्टाचार गरेकाे बारे तिमीलाई के थाहा छ ?”
जयप्रकाश राज्य हारेकाे पीडा, वंशनास भएकाे छटपटी, जन मनकाे आक्राेसका बिचमा पृथ्वीनारायण अगाडि हात जाेडेर चिच्याउन थाले ।

-“भयाे ! भयाे !! जुत्ता र छाता पनि चाहिँदैन । छिटाेभन्दा छिटाे काशीवास पुर्याइदेऊ !”
त्यसपछि संसदमा मतदान बन्द भयाे । जयप्रकाशले अन्त्यमा एक बकपत्र लेखेर छाेडे ।
–“क्रान्तियुगकाे भ्रान्ति खेती शुरू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x