साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे भगवान ! म पनि भण्डारी हुँ

अब त "सृष्टिकर्ता" लाई पनि जात चाहियो खोज्दै छौं बुद्धको थर कागजमा भुल्दै छौं उनको शिक्षा मनमा मान्छे-मान्छेमा राम्रो देख्ने जातले नभएर कर्मले हो तर हामी कर्म हैन जात खोज्दैछौं ।

Nepal Telecom ad

पदम भण्डारी :

शिवजीको नागरिकतामा थियो- “चाम्लिङ”,
तर पार्वतीको नागरिकतामा थियो – “गिरी”

शायद बिहे अगाडि नै बनाएको नागरिकता भएर होला
गणेशजी बोले – “म त गुरुङ हुँ”,
ब्रह्माले मुस्कुराएर बोले – “म त ब्राह्मण हुँ”।

बुद्धको नागरिकतामा थियो – “गौतम”
त्यसैले उनले ब्रह्मालाई जिस्काए –
“म पनि त ब्राह्मण हुँ ।“

रामको नागरिकतामा थियो – “विश्वकर्मा”
कृष्णको नागरिकतामा थियो – “सार्की”
इन्द्रको नागरिकतामा थियो – “जोशी”

सरस्वतीको नागरिकतामा थियो – “श्रेष्ठ”
लक्ष्मीको नागरिकतामा थियो – “चाचान”
हनुमानको नागरिकतामा थियो – “आले मगर”

यमराजको नागरिकतामा थियो – “हुसेन”
देवताले पनि “जात” नभएपछि दुःख पाएका थिए

अब त सजिलो हुने भयो
ब्रह्माले बनाए “मानव” मात्र
हामीले बनायौं – “चार वर्ण छत्तिस जात”
अब त “सृष्टिकर्ता” लाई पनि जात चाहियो
खोज्दै छौं बुद्धको थर कागजमा
भुल्दै छौं उनको शिक्षा मनमा
मान्छे-मान्छेमा राम्रो देख्ने

जातले नभएर कर्मले हो
तर हामी कर्म हैन जात खोज्दैछौं ।

हे भगवान ! म पनि भण्डारी हुँ
जात नभए त ‘स्वर्ग’ मा पनि ठाउँ छैन होला नि !

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Jaya Bhandari
Jaya Bhandari
10 months ago

Gajja chha daju aba ke garnu tapaihamrai dajubhaiko rajniki karmako fal ulto phalyo

Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
1
0
Would love your thoughts, please comment.x
()
x