साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम – २१

“बच्चा उत्पादन आफैंमा काम हो, व्यावसाय हो, एक्सरसाइज हो। धेरै बच्चा उत्पादन गर्ने, विदेश पठाउने, भटाभट डलर, पाउन्ड, दिराम.. नेपाल भित्र्याउने। चालीस काटेर होइन, २० देखिनै रमाउन थाल्ने।”

Nepal Telecom ad

अर्जुन दाहाल (क)

विश्वभरि जनसंख्या उत्पादन दर घट्दै गएको बेला नेपालका सर्वज्ञानी नेता तरवार प्र. ओलीले एउटा अनौठो उपाय दिनुभएको छ। उहाँको भनाइ छ — “हरेकले २० वर्षमै बिहे गर्ने अनि भटाभट ३ वटा सन्तान उत्पादन गर्ने। ३० वर्षमै कामकुरो सक्ने।”

उहाँ यसरी ज्ञान, बुद्धि र अनुभव बाँड्ने भएकाले नै तीन-तीन पटक प्रधानमन्त्री हुनुभएको हो । यो कुरा त गुगलले पनि पुष्टि गरेको छ।

उहाँको यो क्रान्तिकारी सल्लाह सुनेपछि २० वर्ष टेकेका युवायुवतीहरू जसले बिहे गरेका थिएनन्, हतारहतार बिहे गर्न थाले। जसले बच्चा जन्माउने कुरा सिकेका थिएनन्, सिक्न थाले। नभ्याएका फुर्सद मिलाउन थाले। टाढिएका नजिक हुन थाले। स्वास्थ्य चौकीमा पाइने अस्थायी सामग्रीहरू स्थायी रूपमा हटाइए। अनि सुरु भयो “नयाँ नेपाल।”

केही मुर्खहरूले भने प्रश्न गरे — “पढाइ, जागिरतिर ध्यान दिनु पर्दैन ? बच्चा मात्रै उत्पादन गर्दा तिनै बच्चालाई के खुवाउने ? कसरी पाल्ने ?” उहाँ नेताज्यू बडो आत्मविश्वासका साथ भन्दै हुनुहुन्थ्यो — “बच्चा उत्पादन आफैंमा काम हो, व्यावसाय हो, एक्सरसाइज हो। धेरै बच्चा उत्पादन गर्ने, विदेश पठाउने, भटाभट डलर, पाउन्ड, दिराम.. नेपाल भित्र्याउने। चालीस काटेर होइन, २० देखिनै रमाउन थाल्ने।”

मेरो सल्लाह चाहिँ ढुक्क भएर उहाँका कुरा सुन्ने, उहाँले भनेको मान्ने। नत्र नेपाली नागरिकता नपाइन सक्छ। मर्द भनेर राज्यले नगन्न सक्छ। सभ्य नागरिक नभन्न सक्छ।

अब नागरिक, मर्द र सभ्य बन्ने वा नबन्ने जिम्मा तपाईंहरूको।

०००
(व्यङ्ग्य लेखक ‘नुनचिनीपानी’ अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x