साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

जे रोप्छ फल्छ सोही फल्दैन अन्य वस्तु जो ठग्नढाट्नलाई माग्दै छ ऊ तथास्तु अन्याय गर्छ मान्छे निर्धाहरू दबाई जो खन्छ पुर्न खाल्डो भन्दै छ ऊ बधाई ।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक :

सिद्धान्त बेच्छ मान्छे आदर्श बेच्छ मान्छे
आफैँ हसुर्नलाई मान्छे हुँदै छ भान्छे
तृष्णा र राग बोकी आफैँ भएछ कंस
गर्दैन कर्म केही भन्दै छ खोइ अंश ?

निर्ढुक्क हुन्छ स्वार्थी खोसेर खानलाई
दृष्टान्त दिन्छ आफैँ क्राइस्ट बुद्धलाई
नेपाल आज खोक्रो बन्दै छ ध्वस्त पारी
छन् नन्दलाल जस्ता घिच्चास कर्मचारी ।

सक्दो दिएर पीडा हाँस्छ्न् गल्ल सारा
टेकेर हिँड्दछ्न् ती निर्दोष स्वेद धारा
संस्कार भुल्छ पैसा खाएर गर्छ काम
झेली हरामले नै जप्दै छ नाम राम ।

दु: खीहरू रुवाई मान्छे रमाउँदैछन्
मारेर अन्यलाई पैसा कमाउँदैछन्
को लान्छ स्वर्ण हीरा बोकेर माथि जाँदा
प्रख्यात हुन्न कोही खोसेर गाँस खाँदा ।

जे रोप्छ फल्छ सोही फल्दैन अन्य वस्तु
जो ठग्नढाट्नलाई माग्दै छ ऊ तथास्तु
अन्याय गर्छ मान्छे निर्धाहरू दबाई
जो खन्छ पुर्न खाल्डो भन्दै छ ऊ बधाई ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x