साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराजको मर्त्यलोक यात्रा

चित्रगुप्त मलिन स्वरमा बोल्यो- मर्त्यलोकमै नरक भोग गरिसकेकाहरूलाई त्यसैले मैले मोटो रकम लिएर स्वर्गवास गराएको हूँ सर। यमराज बोल्यो- "ठिकै छ । आउँदो क्याबिनेट मिटिङमा तिम्रो प्रोमोशन बारे कुरो उठाउँनेछु।"

Nepal Telecom ad

कृष्ण प्रधान :

स्वर्गलोकमा यमराजको च्याम्बरभित्र फोन बज्दैछ… क्रिङ क्रिङ । भोटे ताला छ। यमराज आफ्नो कार्यालयमा समयमा कहिल्यै आउँदैन। यमराजको उमेर पनि भइसक्यो। त्यसैले अचेल ‘अफिसियल’ हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी चित्रगुप्तको टाउकोमा थोपरेर यमराज ढुक्कै छ। निकट भविष्यमा यमराजको कुर्सी चित्रगुप्तकै हुने आशाले विभोर भएका चित्रगुप्तले यमराजको अफिस येनकेन प्रकारेण सम्हाल्दैछ। क्रिङ… तर यमराजको च्याम्बरको ढोकामा ।

एकदिन सामान्य कुरामा ठाटाक्-ठुटुक् पर्याे दुइको। यमराजले भन्यो- “चित्रे ? अचेल तिमीले काममा हेलचेक्र्याइ गर्दैछौ । मर्त्यलोकबाट आउने मानिसको संख्या बढ्दैछ। मर्त्यलोकमा जनसंख्याको जुन बाढ़ आएको छ… त्यसमा हुन ता दोष कसैको पनि छैन। मानिस बेशी ‘नमरे फेरि कसरी चल्छ र ?”

चित्रगुप्त “सर, मैले वास्तविकता बुझिनँ।”

यमराज “तिमीले तलबाट जतिलाई पनि ल्याउँदैछौ वा तलबाट आएको जतिलाई मोटो रकम लिएर स्वर्गमा पठाउँदैछौ । स्वर्ग ‘हाउस फुल’ भैसकेको छ।”

चित्रगुप्त – “तर सर तपाईंकै निर्देश पालन गरेर ता मैले तिनेरलाई गतिलै रकम लिएर स्वर्गवास गराएको हुँ। सर त्यसको हिस्सा खाममा हालेर मैले तपाईलाई दिएँ ता सर !”

यमराज – “ए… त्यो पहेलो खाम ? आइ सी… आइ सी। अस्ति तिमीले एकजना पत्रकारका साथीलाई दुह हजार लिएर स्वर्गवास गरायौ। तर त्यसको रसीद पनि तिमीले दिएनौ।”

चित्रगुप्त- “सर तपाईंले नै तिनलाई भन्नु भएको होइन स्वर्गवास जानु छ भने दुइ दिनु तर रसीद चै पाउँदैनौ भनेर।”

यमराज- “ए… हो र ? कतिबेला, कसलाई के भनी पठाउँछु….यादै हुँदैन चित्रे मलाई । फेरि उमेर पनि ता भइसक्यो।”

चित्रगुप्त- “सर तपाईंलाई यंग नै देखिन्छ नि !”

चित्रगुप्तले बूढ़ोलाई यसरी नै सर्काएर फुर्काएर आफ्नो काम फत्ते बनाउँछ। यमराजले आफूलाई साह्रै बाठो ठाने पनि भित्र बूढ़ो खोक्रो छ। यसैले ऊ जति गर्जिन्छ त्यसको चौगुणा कातर छ। मर्त्यलोकबाट कुनै टोकेश, झटारो आउँछ कि भनेर आफ्नो अफिसको सम्पूर्ण जिम्मावारी चित्रगुप्तलाई नै सुम्पेर आफू ढुक्कै छ। साँप पनि मर्ने, लट्ठी पनि नभाँचिने ।

स्वर्गलोकको प्रवेशद्वार यमलोक सचिवालयको हर्ताकर्ता नै चित्रगुप्त हो। गम्भीर स्वभावको चित्रगुप्तको आँखा अनि मुटुमा ‘असामाजिक तत्त्व’ ले वास गरेको छ। मर्त्यलोकबाट आएका सबैलाई स्वर्गवास गराएर ‘पब्लिक रिलेशन’ राम्रो राख्न चाहने चित्रगुप्तको भँडारमा लक्ष्मी बस्ने ठाँवै छैन।

एकदिन चित्रगुप्तले यमराजलाई एउटा सल्लाह दियो। सल्लाह के थियो भने, एकपल्ट तल मर्त्यलोकमा गएर पब्लिकसित रिलेशन बढ़ाउने । यसरी भेटघाट गर्नाले पब्लिकहरूलाई हात पार्न सकिन्छ। कुनै विरोध हुँदैन। यसकारण यमराज र चित्रगुप्तले पब्लिक रिलेशन बढाउन तल मर्त्यलोकमा जाने योजना तयार पारे। मर्त्यलोकमा पुगे ती दुवै। चारैतिर अशान्ति, यानवाहनको कर्कश ध्वनिले ती दुवैलाई विरक्तै पारयो। बसमा त्यस्तै भीड़। गुन्द्रुक जस्तै यात्रीहरु खाँदेको छ। नर-नारीहरू हातमा झण्डा बोकेर नारा भट्याउँदै बाटो ढाकेर जुलूसमा हिंडिरहेका छन्। यमराजको श्वासरुद्ध भयो।

बजारमा असंख्य भोजन खानेकुरा, रङ्ग लगाएको फल-फूल अनि साग-सब्जी, झिंगा अनि धुलै सरीका खानेकुराहरू बिक्री भइरहेछन् । फास्ट फुड सेण्टरमा बाल-वृद्ध-वनिता उमेर धमाधम खादैछन् ।

यमराज र चित्रगुप्त मत्र्यलोकको चिल्ला सड़कको छात्तीमा अघि बढिरहेका थिए। सुनसान ठाउँ थियो-दुइ युवकहरू मोटर बाइकमा आएर यमराज र चित्रगुप्तको बाटो छेके। पहिलो युवक बोल्यो-“तिमीहरू यहाँ नयाँ आएका हौ ?”

चित्रगुप्त “तपाईंहरूको अड़कल हण्ड्रेड पर्सेण्ट करेवट।”

“नो डायलग। यो इलाका हाम्रो हो। नयाँ मान्छेले यहाँ ट्याक्स् दिनुपर्छ। हामीहरूलाई खुशी पार्नुपर्छ।” दोस्रो युवक ।

ती युवकहरूको माग पूरा गरेपछि यम र चित्र थानामा जाहेरी गर्न गए। ड्यूटी अफिसरले भने- “त्यस इलाकाका ‘दादा’-को हातबाट एन. ओ. सी. लिएर आयो भने मात्रै डायरी लेखिन्छ।”

यो कुरो सुनेर झण्डै यमराजको हर्ट-फेल भयो। चित्रगुप्तले स्थिति सम्हाल्यो।

थानाबाट निस्केपछि यमराज बोल्यो- “चित्रे ! मेरो जीवनको नरक भोग भयो मलाई यहाँ।”

चित्रगुप्त मलिन स्वरमा बोल्यो- मर्त्यलोकमै नरक भोग गरिसकेकाहरूलाई त्यसैले मैले मोटो रकम लिएर स्वर्गवास गराएको हूँ सर।

यमराज बोल्यो- “ठिकै छ । आउँदो क्याबिनेट मिटिङमा तिम्रो प्रोमोशन बारे कुरो उठाउँनेछु।”

०००
सिलगढी, भारत
चाराे (२००२, अप्रेल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x