धनराज गिरीदुई, मात्र दुई !
द्रव्यशाहको आडमा ढाकछोप उद्योग चलाएको छ। मसित आधा घन्टा बसे सबै लफडाको अन्त्य हुने थियो। केले रोकेको छ उसलाई, थाहा छैन। नक्कली इज्जतले कति जोगाउने रे ?

धनराज गिरी :
नदीको किनार, समय सन्ध्या ! धरावासीको कुइरेटकीय नगरी ! दुई बालसखाहरू, यति बालसखा कि ब्याज जोडे साठी वसन्तको सम्बन्ध ! साथी, मित्र, यारा, जे जे नाम दिए पनि हुने, मित्रताको शुभारम्भ भयो हाई स्कूलबाट र निर्गम भयो कलेजको जागिरबाट !
प्रोफेसर मधुकरनारायण राजोपाध्याय सरिताश्री, अलि पाका, बोले, “यारा, तिमी अद्भुत प्रतिभा हौ, म मेरो बालसखाको मुक्त कण्ठले तारीफ गर्नसक्छु। गर्छु !लेख्न परे पनि लेख्छु। मालाई अब कुनै हुरी बतासले रोक्न सक्दैन। प्रोफेसर “हार्दिकराज सुकरातोपाध्याय बलरामपुरे गजलश्री” मुस्कुरायो, र सोध्यो, “यारा,मन झलमल्ल भयो,अलमल्ल छैन यो फकीर, बल्ल मुख खोल्यो साथीले, तर यही कुरा उहिले भन्न किन सकिनौ ? हा हा हा !!”
“अरे यार, म पनि मान्छे, प्रतिस्पर्धा थियो नि त, औसत मानसिकता उही त हो नि, अरूलाई माथि पारी आफू तल पर्न को चाहन्छ ?” सरिताश्री। “खुशी लाग्यो। सत्य बोल्नुपर्छ । तर म यो मामिलामा कोमल, मैले त जसको पनि तारीफ गरेको छु र आफूलाई यस्तो लघुताभास अनुभूत गरेको छैन ! “गजलश्री।” तिमी धज्जी उडाउन पनि पछि नपर्ने नि, मलाई त ठोक्यौ ! लेखेर वैरी पनि कमायौ यार ! तिमी त बागी हो,तर अभागी होइन ! खुशी लाग्यो। तिमी आएपछि मनले अलिकति राहत पायो।” पाका, सरिताश्री।
“साथी, विदुर नीति हो यो, मैले एक खराबलाई खराब भनी ठोक्दा दश सज्जनले भित्र भित्र आड दिने पक्का ! मेरो अदृश्य शक्ति अनन्त, निस्सीम !” गजलश्री।
“साथी,तिम्रो त्यो अर्थशास्त्रको कुरुक्षेत्र के भयो ? हिसाब मिल्यो ? जरासन्ध,त्यो असाहित्यिक डोनाल्ड ट्रम्प, त्यो झूटबहादुर हलाहल कपटीले सम्झौता गरिस्यो ?” सरिताश्री।
“यारा, केही कुरा अति असजिलो, धर्म छोडेपछि केही नलाग्ने ! कानून निरीह, समाज निरीह ! अनि नि, धनीको असत्य पनि सत्य हुने र गरीबको सत्य पनि असत्य हुने ! “अर्थ र यौन” अति असजिलो, दुई, मात्र दुई, यो दुई जनाको समस्या हो। भित्री सत्य दुई बाहेक अरूलाई थाहा हुन्न । परस्पर लाभको सिद्धान्त हो, अतिरिक्त मायाँप्रेम, अति गोप्य, तर, खैर, यसमा सत्य के हो भने विवेक हो, जमीर हो, इथिक हो, धर्म हो ! फटाहाको सामुन्ने ईश्वर पनि जिल्ल ! ऊ भित्रभित्र अति लज्जित छ, तिमी साक्षी ! द्रव्यशाहको आडमा ढाकछोप उद्योग चलाएको छ। मसित आधा घन्टा बसे सबै लफडाको अन्त्य हुने थियो। केले रोकेको छ उसलाई, थाहा छैन। नक्कली इज्जतले कति जोगाउने रे ?” गजलश्री।
“दुई, मात्र दुई, हो त समस्या दुई, समाधान उही ! तिमी आकाश हौ,क्षमाको सागर हौ यारा ! स्यालुट !” सरिताश्री। रसरङ्ग गरी, जोडी घर फर्कियो। लाल सूर्य बेलुकीको हस्ताक्षर गरी आराम गर्ने तरखरमा !
०००
चितवन, हाल क्यानडा
Subscribe
Login
0 Comments
Oldest





































