साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोर उद्योगपति !

"भनेपछि" मान्छे खुशी पार्ने उद्योग हो ?" पक्कै हो ! "प्रोफेसर । आम्मै,हो हजुर हो,मान्छे खुशी बनाउने उद्योग नै हो ! कस्तो जान्ने हजुर त, रामकृष्ण ढकालको गुरु हो ? कपिल अज्ञातको साथी ?" गन्धर्व ।

Nepal Telecom ad

धनराज गिरी :

रापतीको किनार, सौराहा। जोर गन्धर्व, गीत गाएर अनुदान सहयोग लिइरहेका, राजु देखिएन। यिनीहरू नयाँ । आफ्नो साथी,धनगढीबाट आएको, रामलाल जोशी ऐनाश्रीलाई लिएर सन्ध्याको दृश्य अवलोकन गर्न प्रोफेसर “इमाननारायण कर्मदेव सौभाग्यशाली सरलोपाध्याय मनानन्द” आएको छ। गफ गर्दै।

“दाजुको घरको खीर त अझ पनि बिर्सिएको छैन।” जोशी। ” खीर साथीहरूलाई,पीर आफूलाई !” प्रोफेसर । ” हा हा हा,दाजुको खीर मात्र होइन कुरा पनि महघिउ !” जोशी। “अरे कालु, यसरी नै मीठो मीठो भनेर भ्याए धेरैले। एउटा योजना छ,पत्थर र हेमन्तीलाई सौराहा घुमाउने !” प्रोफेसर ।

“दाजुको जायज सपना पूरा हुन्छ!” कालु।

आए जोर गन्धर्व । गीतअघि वार्ता,प्रोफेसर,”होइन, हेर्दा एकदम खानदानी पढालिखा लाग्छ,नाम के हो ? को हौ तिमीहरू ?”

“हजुर, म टी यू नेपाली, उनी टी टी नेपाली, पहिले हामी उद्योगपति, अहिले यो गति, मिलेन सुर ताल गति यति, खत्तम मति, दुर्गति, यस्तो भयो प्रगति !” एउटा ।

“उद्योगपति ? के उद्योग थियो ?” प्रोफेसर ।
“उही गुरुबा प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीको लहैलहैमा लागेर उहाँको जस्तै उद्योग खोलियो, उहाँ त टाप, उद्योग बन्द गरेर, क्यानडा। हामी रियुमा डुबियो।” अति भावुक बनेर।

“नाम अलि असजिलो, पूरा भनौं त !” जोशी।
“हजुर म, “टाटउल्ट्या नेपाली,ऊ “तन्नमटाट नेपाली !” यही हो परिचय। पूर्व उद्योगपति, पश्चिम पुगियो।” उही।

“भनेपछि” मान्छे खुशी पार्ने उद्योग हो ?” पक्कै हो ! “प्रोफेसर । आम्मै,हो हजुर हो,मान्छे खुशी बनाउने उद्योग नै हो ! कस्तो जान्ने हजुर त, रामकृष्ण ढकालको गुरु हो ? कपिल अज्ञातको साथी ?” गन्धर्व ।

“हो हो हो, तिमी पनि कम होइन। ल गीत,सङ्गै, है ?” मिलेर गीत गाए। जोशीले भिडिओ बनायो। दश डलर हातमा राखिदियो। उज्यालो अनुहार बनाए। ” हेर कालु, मान्छे खुशी पार्ने उद्योग नखोल्नू नि !” प्रोफेसर ।

“हा हा हा,जोशी हो जोशी, मदनपुरे !” कालु। घर फर्किए, बैकुण्ठनगर।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x