साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ्गमञ्च !

आयो वादविवाद मान्यवरको, के हुन्छ त्यो मापन - भन्दै चील लिएर गिद्ध नभमा, उड्दै रह्यो फन्फन ! सारा नाटक झैँ भयो चहुरमा, कोही रुखैमा बसे । हेर्छन् त्यो रमिता बडो गजबले, च्याँसे भुँडे वा नशे !

Nepal Telecom ad

होमनाथ घिमिरे :

फेरे नाम मुकाम आज तिनले, छुट्टै सिलाए लुगा !
कोही सारस छन् कुनै ढुकुर छन्, कोही बकुल्ला सुगा !
बोल्छन् मञ्च बसेर भाषण बडो, एकत्व हाम्रो जित !
यौटै भाव विचार मिल्छ सबको, हामी लगाआौँ मित !

राता रङ्ग बसे सँगै चहुरमा, काला पहेँला उता !
कोही छन् हरिया कुनै छिरबिरे, डाङ्ग्रे बकुल्ला कता !
मेरो ठाउँ कहाँ छ आसन कता, भन्दै भँगेरो पनि !
फिस्टे हाँस त्यहीँ चिबे पनि पुग्यो, डाँफे सँगै धोबिनी !

पायो स्थान मयूरले प्रमुखको, यो कार्य सञ्चालन !
पक्र्यो माइक कोइली तब त्यहाँ, गर्दैछ सम्बोधन ।
हाम्रो शक्ति घट्यो हिजो समयले, जो शक्ति हाम्रो थियो !
नौलो यो परिवेशले मुलुकको, साँच्चै चुनौती दियो !

आए शक्ति नयाँ युवा र बलिया, निर्माणमा तत्पर !
आगोतुल्य स्वभाव तीक्ष्ण चतुरा, आगै लगाए घर !
रोक्नैपर्छ तसर्थ आज सबले, अस्तित्व राख्ने भए ।
जो प्रस्ताव थियो ; समर्थन गरे, ताली सबैले दिए !

आयो वादविवाद मान्यवरको, के हुन्छ त्यो मापन –
भन्दै चील लिएर गिद्ध नभमा, उड्दै रह्यो फन्फन !
सारा नाटक झैँ भयो चहुरमा, कोही रुखैमा बसे ।
हेर्छन् त्यो रमिता बडो गजबले, च्याँसे भुँडे वा नशे !

०००
भरतपुर चितवन
२१ कार्तिक , २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x