साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साला जिन्दगी !

Nepal Telecom ad

आफैंलाई बिर्सिनेगरि मातेर बस्न मन छ
रक्सीको समुन्द्रमा एकैछिन् पस्न मन छ

साँझ आँगनमा निस्किएर
आकाशका नौलाख तारा गन्न मन छ
एकै छिन आफ्नै स्वतन्त्रतामा जिएर
शब्दकोशका मनमौजी शब्द भन्न मन छ
भ्रमका आदर्शमा
भविष्यका कष्टप्रद चिन्ताहरु समेटेर
मलाई टोक्न खोज्ने दार्शनिकहरुबाट टाढा भागेर
यथार्थमा स्वतन्त्रतापूर्वक जीउँन मन छ
बोतलको नशालु काखमा चुपचाप निदाउँन
धीत मर्नेगरि प्युँन मन छ
किनकि विश्व भनेको म आफैं हो
वि + स्व
म सकिंनासाथ विश्व प्रलय हुन्छ
आफैं नरहेपछि
कोही हुनुको केही छैन
तबसम्म मान्छे सुखी हुन्न
जबसम्म उस्ले आफ्ना बन्धनहरु चुँडाउँदैन
त्यसैले
जिन्दगीमा एकपल्ट फाटेको मन सिउँन मन छ
जिन्दगीमा एकपल्ट धित मर्नेगरि पिउँन मन छ ।

एक पल्ट
घाम र जून छुट्याउँन नसक्नेगरि हुन मन छ
जीवनका विसंगतिहरुलाई फोएर रुन मन छ
मान्छेहरु किन पिउँछन् थाहा छैन
मान्छेहरु किन जीउँछन् थाहाछैन
कोही भन्छन् मलाई पिउँनको लागि जीउँन मन छ
उस्को डाक्टरले जीउँनको लागि पिउँन छोड भन्यो रे
यस्तै साँझका कथाहरु बेस्सरी धोकेर
त्यो चोकमा
बेस्सरी समयको बमन गर्न मन छ
आँतभरी रहर भर्न मन छ ।

हो नि !
एकपल्ट बेस्सरी मात्न मन छ
दुनियाँका बिसंगतिका बिरुद्धमा
जोडसंग तात्न मन छ
होसका बन्धनहरुले छेकेको बेला
बेहोस हुन मन छ
परिस्थितिले जमाएका भित्रका मैलाहरुलाई
बिद्रोहले धुन मन छ ।

कुनै साँझ झ्याम्मै जमाउँन मन छ
दुनियाँ बिर्षिएर रमाउँन मन छ
गोठाले गित बर्बराएर
ओछ्यानमा पल्टिएर
उपरखुट्टी लगाएर भन्न मन छ
साला जिन्दगी !

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x