साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीलाई डिभोर्स

खुशी देला भनेको साथीले अन्तमा पीडै पीडा गराउँछ हेर त कति धोकेबाज छ यो अरुलाई हरीकङ्गाल बनाउँछ त्यसको उपलक्ष्यमा आफू चाहिँ खुशियाली मनाउँछ

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

रक्सीसित अचेल मेरो झगडा पर्याछ
कहिले मिसकल गर्दै
कहिले कल नै गर्दै फकाउने गर्याछ
कहिले साथीको बर्थ डे मनाउन आऊ न भन्छ
कहिले विदेशबाट आको छ साथी
आज एक दिन भए नि अलिकति खाऊ न भन्छ
खाँदै खान्न, रक्सीको घर जाँदै जान्न भनेर बसेकोलाई
यो रक्सी कि त नरम नरम बन्छ
आज लास्ट गरम गरम भन्छ
मन त जान खोज्छ रक्सीले कुरीकुरी गर्दा
तर दरो गरेर मनलाई फकाउँछु
कहिले घरै लिन आउछ लाठो लाएर भगाउँछु
टाढै रहन खोज्दा पनि
बेला बेला यसको जालमा पर्याछु
यसको जालमा परेर एक पटक
झन्नै नालीमा डुबेर मर्याछु
कफी खान आउन भनेर फोन गर्छ
बिहान त के रक्सी आउला भनेको त
गिलास बियरले पो भर्छ !
बियरको गिलास नै फाल्दै हिँड्याछु
अचेल रक्सीलाई डिभोर्स दिन कस्सिएर भिड्याछु
अब यसलाई मरे नि हेर्दिन भन्याछु
तर बेला बेला बिछोडको दिन नि गन्याछु
फाट्टफुट्ट त यसलाई भेट्न् मन नलागेको पनि हैन
तर भेट्न् थाल्यो भने चौबिसै घण्टा भेट्न मन लाग्छ
आज एक बोतल लियो भने भोलि दुई बोतल माग्छ
तर जे भए यसको सङ्गत ठीक छैन
जति सङ्गत गर्‍यो उती खल्ती रित्ताउँछ
कहिले प्रेसर बढाएर कहिले कोल्डस्ट्रोल बढाएर अत्याउँछ
यसको सङ्गत लाग्यो भने
कसैलाई डिस्कोतिर पुराउँछ
कसैलाई क्यासिनोतिर पुराउँछ
खुशी देला भनेको साथीले
अन्तमा पीडै पीडा गराउँछ
हेर त कति धोकेबाज छ यो
अरुलाई हरीकङ्गाल बनाउँछ
त्यसको उपलक्ष्यमा आफू चाहिँ खुशियाली मनाउँछ
त्यसैले अचेल म त रक्सीलाई डिभोर्स नै द्याको छु
यसको माया बिर्सनलाई भजनकिर्तन गर्न भ्याको छु ।

०००
घट्टेकुलो, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x