सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कस्तो दुर्भाग्य !

चुकेका अगुवा नेता बिकेको पत्रकारिता....

Nepal Telecom ad
बिरामी, औषधी, मृत्यु शोकका समवेदना
सन्तोष पाइने हुन्नन् जानकारी र सूचना
धनीले धनले गर्छन् कालोमैलो सबै सफा
निर्धाका निम्ति मात्रै हुन् ऐन कानुनका दफा
सत्तासीन कतै भू.पू.लाग्छन् सर्वज्ञतुल्य झन्
न्यायाधीश सबै नेता यहाँ को अनभिज्ञ छन्?
चुनावपूर्व देखिन्थे खेत, खर्क, खलातिर
पर्दा सङ्कट नेतामा सत्तारोहणको पिर
उद्दण्डता बढेको छ काम हुन्छन् विवादित
खटेका काममा छैनन् स्वास्थ्यकर्मी सुरक्षित
छ कुशासनको सास्ती भ्रष्टता खिन्नता भय
अझै मान्छेहरू व्यस्त गर्नमा तिनकै जय
भजाई जनता खाने, नगर्ने तिनकै भलो
गोरु चुट्ने हली-नेता अड्काई पहिले हलो
आम मान्छेहरूभन्दा देखिन्छन् विज्ञ नै बढी
जान्दैनन् हेर्न जो बाँध्छन् हातमा महँगो घडी
बडा पत्रहरू राखून् बनून् आचार-संहिता
चुकेका अगुवा नेता बिकेको पत्रकारिता
निराशा खिन्नता कुण्ठा रिक्तताबाट तप्त झन्
कस्तो दुर्भाग्य नेपाली जन्मिँदै अभिशप्त छन् ।
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे