साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो दुर्भाग्य !

चुकेका अगुवा नेता बिकेको पत्रकारिता....

Nepal Telecom ad
बिरामी, औषधी, मृत्यु शोकका समवेदना
सन्तोष पाइने हुन्नन् जानकारी र सूचना
धनीले धनले गर्छन् कालोमैलो सबै सफा
निर्धाका निम्ति मात्रै हुन् ऐन कानुनका दफा
सत्तासीन कतै भू.पू.लाग्छन् सर्वज्ञतुल्य झन्
न्यायाधीश सबै नेता यहाँ को अनभिज्ञ छन्?
चुनावपूर्व देखिन्थे खेत, खर्क, खलातिर
पर्दा सङ्कट नेतामा सत्तारोहणको पिर
उद्दण्डता बढेको छ काम हुन्छन् विवादित
खटेका काममा छैनन् स्वास्थ्यकर्मी सुरक्षित
छ कुशासनको सास्ती भ्रष्टता खिन्नता भय
अझै मान्छेहरू व्यस्त गर्नमा तिनकै जय
भजाई जनता खाने, नगर्ने तिनकै भलो
गोरु चुट्ने हली-नेता अड्काई पहिले हलो
आम मान्छेहरूभन्दा देखिन्छन् विज्ञ नै बढी
जान्दैनन् हेर्न जो बाँध्छन् हातमा महँगो घडी
बडा पत्रहरू राखून् बनून् आचार-संहिता
चुकेका अगुवा नेता बिकेको पत्रकारिता
निराशा खिन्नता कुण्ठा रिक्तताबाट तप्त झन्
कस्तो दुर्भाग्य नेपाली जन्मिँदै अभिशप्त छन् ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x