साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहरिया

गन्धा नाल गनाउँदैन र धुँवा मान्दैन ऊ फोहर, दोब्य्राएर असुल्न सक्छ रुपियाँ व्यापार रे सुन्दर ।

Nepal Telecom ad

मान्छे हैैन भनूँ भने म कसरी जो रुन्छ जो हाँस्तछ
मान्छे हो कसरी भनूँ न बिजुली पानीविना बाँच्तछ
ज्यूँदो भन्दछ सास फेर्न नसकी झस्किन्छ जो रातमा
यस्तो मानिस हुन्छ रे सहरिया यो सभ्य संसारमा ।

जो जान्दैन बचाउका जरिबुटी बाँच्न कुरा जान्दछ
जो खन्दैन तिमी र अन्य कसरी उम्रिन्छ ऊ जान्दछ
सल्लेरी वनशैल उच्च चुचुरा चढ्दैन ऊ पढ्दछ
रातारात जुरुक्क उठ्छ कसरी अग्लो धुरी चढ्दछ ।

गन्धा नाल गनाउँदैन र धुँवा मान्दैन ऊ फोहर
दोब्य्राएर असुल्न सक्छ रुपियाँ व्यापार रे सुन्दर
जो चिन्दैन मनुष्य नै नजिकमा बस्ने छिमेकी पनि
मान्छेको परिभाष्य लेख्छ उसले मान्छे नचिन्लान् भनी ।

खुर्पेठ्याक ढिकी र ओखल बलो चोया र माटा मल
गग्रेटो गबुवा र सोत्तर सिठा चौँठो लुसी उर्गल
जो चिन्दैन पढाउने गुरु उही घोकेर चित्राक्षर
श्रेणी तोक्छ उही सिफारिस गरी ऊ गर्छ हस्ताक्षर ।

पानी मालिस गर्छ जो मसलमा तेते घसेझैँ गरी
चम्किन्छन् कति सुन्दरी लिउनले गाह्रो लिएझैँ गरी
ठूलो मानिस सभ्य रे जग जिली गाँठीविनाको जन
यस्तो मानिस मै बनेँ सहरिया यो देशको सज्जन ।

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x