साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड प्रकाश सपूतलाई एउटा चिट्ठी

हामीले पटक्कै थाहा पाएनौँ तिम्रा कमान्डर र मेरा अगुवाहरू आधा जीतको खुसीयालीमा कमिलाहरू चास्नीमा डुबेजस्तै बिस्तारैबिस्तारै मोजमस्तीमा डुब्न थालेछन् ।

Nepal Telecom ad

(पिर गीति भिडिओमा आधारित)

कमरेड प्रकाश !
तिमी धेरै पीर नगर
म पनि तिमीजस्तै एउटा घाइते योद्धा हुँ ।

तिमी लडाइँबाट आयौ
म आन्दोलनबाट आएँ
तिमी बम, गोला र बन्दूक बोकेर आयौ
म कलम बोकेर आएँ
तिमीले हतियार तिखार्यौ
मैले कलम तिखारेँ
तिमी अर्कै बाटोबाट आयौ
म अर्कै बाटोबाट आएँ
तर तिम्रो र मेरो लक्ष एउटै थियो
तिमी र म पुग्ने ठाउँ एउटै थियो ।

एक दिन एउटा यस्तो क्षण आयो
तिमीले आधा जित्यौ र आधा हार्यौ
मैले पनि आधा जितेँ र आधा हारेँ
तिम्रा कमान्डरहरूले तिमीलाई
हरेस नखाऊ पूरै जित्नका लागि
केही क्षण विश्राम गर भने
मलाई पनि मेरा अगुवाहरूले
दुःख नमान शिखरमा चढ्नका लागि
अलिकति कलमलाई मत्थर पार भने
तिमीले उनीहरूको आदेश मान्यौ
मैले पनि यिनीहरूको आदेश मानेँ
किनभने हामी दुवैको मनमा पाप थिएन ।

हामीले पटक्कै थाहा पाएनौँ
तिम्रा कमान्डर र मेरा अगुवाहरू
आधा जीतको खुसीयालीमा
कमिलाहरू चास्नीमा डुबेजस्तै
बिस्तारैबिस्तारै मोजमस्तीमा डुब्न थालेछन्
उतै रमाउन थालेछन् र उतै हराउन थालेछन्
अनि हामीलाई बिर्सन थालेछन्
हामी झल्याँस्स भयौँ
र उनीहरूलाई खबरदारी गर्न थाल्यौँ
किनभने हाम्रो जीत भएकै थिएन
तिम्रो घाउ पुरिएकै थिएन
र मेरो कलम पनि अघाएकै थिएन ।

अहिले तिमी तिम्रो पीरलाई गीतमा पोखिरहेका छौ
र म पनि तिमीलाई सम्झेर यो कविता लेखिरहेको छु ।

२०७८ चैत्र १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x