साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडहरूको खोजी

उनीहरूले- पराजित जीवन र/स्खलित भरोसालाई पनि सरापेनन् ! उनीहरूले- केवल कमरेडहरूलाई मात्रै सरापे !

Nepal Telecom ad

उनीहरूले-
भगवानलाई सरापेनन्
कमरेडहरूलाई सरापे !

उनीहरूले-
आफ्नो भाग्यलाई सरापेनन्
कमरेडहरूलाई सरापे !

झुप्रोमा चुहिने बर्खा
र/कठोर गर्मीलाई सरापेनन्
उनीहरूले कमरेडहरूलाई सरापे !

उनीहरू-
मजदूरी गर्नेहरू !
उनीहरू-
माटोमा पसिना बगाउनेहरू !
उनीहरू-
कठिन जीवन बाँच्नेहरू !

उनीहरूले-
अँध्यारोलाई सरापेनन्
कमरेडहरूलाई सरापे !

उनीहरूले काँधमा बोकेका मालिकहरूलाई
दुःखलाई
अभाव र/पीडालाई सरापेनन्
कमरेडहरूलाई सरापे !

नियतिको बर्बर प्रहारलाई
जर्जर आत्माद्वारा स्वीकारे
कहिले रोए
कहिले चिच्याए
तर/समयलाई सरापेनन् ।

उनीहरूले-
आँसुलाई सरापेनन्
कमरेडहरूलाई सरापे !

उनीहरू-
उजाड बस्तीका बासिन्दाहरू !
उनीहरू-
नीरस यात्राका पदयात्रीहरू !
उनीहरू-
अनन्त प्रहारका साक्षीहरू !

उनीहरूले-
डरलाग्दो भीरलाई सरापेनन्
यातनालाई सरापेनन्

उराठलाग्दो बाटोलाई
अन्त्यहीन यात्रालाई सरापेनन्
कमरेडहरूलाई सरापे !

सपनाको मृत्यु जस्तो अरु केही हुँदैन
उनीहरूले-
मृत सपनालाई पनि सरापेनन् !

दुख्नु जस्तो कठिन
टुक्रिनु जस्तो अवसाद अरु केही हुँदैन
उनीहरूले –
विषाद र/अवसादलाई पनि सरापेनन् !
उनीहरूले आफ्नो अर्थहीन अस्तित्वलाई पनि सरापेनन्

उनीहरूले-
पराजित जीवन र/स्खलित भरोसालाई पनि सरापेनन् !
उनीहरूले-
केवल कमरेडहरूलाई मात्रै सरापे !

उनीहरूले-
केवल कमरेडहरूको वाचा र/प्रतिबद्धताहरूलाई मात्रै सरापे !
उनीहरूलाई विश्वास थियो-
एकदिन कमरेडहरू फर्कनेछन्- यो राष्ट्रमा ,
फरफराउने छ – स्वाधिनताको नयाँ झण्डा !

उनीहरूले-
रक्तिम इतिहासलाई सरापेनन् ।
उनीहरूले-
कमरेडहरूको खोजीमा बिताएका कुनैपनि क्षणहरूलाई सरापेनन् ।

जब-
उनीहरूलाई थाहा भयो
कमरेडहरू त भइसकेछन् ईमान बेच्ने दलाल !
-उनीहरूले आफैले आफैलाई सरापे !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x