साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफूलाई बेचिसकेपछि

सारा सामानहरू ड्रइङरुममा सजाइसकेपछि एकदिन उसले सोच्यो यी सबै चिजबीजहरू कसका लागि ? किनभने उसले त आफूलाई बेचिसकेको छ ।

Nepal Telecom ad

एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो
र किन्यो एउटा न्यानो पञ्जा

खुट्टा बेच्यो
र किन्यो एउटा चम्किलो बुट

निधार बेच्यो
र किन्यो एउटा टीका

दृष्टि बेच्यो
र किन्यो एउटा चस्मा

शरीर बेच्यो
र किन्यो एउटा पोसाक

चेतना बेच्यो, गौरव बेच्यो
विश्वास बेच्यो, आशा बेच्यो,
गति बेच्यो, आत्मा बेच्यो,
र किन्यो थुप्रै-थुप्रै चिजबिजहरू
जसको लिस्ट उसले बनाइसकेको छैन

सारा सामानहरू ड्रइङरुममा
सजाइसकेपछि
एकदिन उसले सोच्यो
यी सबै चिजबीजहरू कसका लागि ?
किनभने उसले त आफूलाई बेचिसकेको छ ।

०००
२०४२ सालमा लेखिएको यो कविता ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x