विमल निभाआफूलाई बेचिसकेपछि
सारा सामानहरू ड्रइङरुममा सजाइसकेपछि एकदिन उसले सोच्यो यी सबै चिजबीजहरू कसका लागि ? किनभने उसले त आफूलाई बेचिसकेको छ ।

एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो
र किन्यो एउटा न्यानो पञ्जा
खुट्टा बेच्यो
र किन्यो एउटा चम्किलो बुट
निधार बेच्यो
र किन्यो एउटा टीका
दृष्टि बेच्यो
र किन्यो एउटा चस्मा
शरीर बेच्यो
र किन्यो एउटा पोसाक
चेतना बेच्यो, गौरव बेच्यो
विश्वास बेच्यो, आशा बेच्यो,
गति बेच्यो, आत्मा बेच्यो,
र किन्यो थुप्रै-थुप्रै चिजबिजहरू
जसको लिस्ट उसले बनाइसकेको छैन
सारा सामानहरू ड्रइङरुममा
सजाइसकेपछि
एकदिन उसले सोच्यो
यी सबै चिजबीजहरू कसका लागि ?
किनभने उसले त आफूलाई बेचिसकेको छ ।
०००
२०४२ सालमा लेखिएको यो कविता ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































