साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको बजारिँदा पाएको तक्मा

त्यो पनि ठीक्क तक्माकै आकारमा डल्लाकारमा कृपया मेरो यो तक्मा देखेर यसरी नहाँस्नुस् मेरो यो स्वयम्भू त तक्मासँगै आउनुस् एउटा सेल्फी त खिचाउनुस् ।

Nepal Telecom ad

भ्यागुतोझैँ बुरुक्क उफ्रिँदै
कहिले यो कार्यालय
त कहिले त्यो कार्यालय धाएँ।
कहिले यसको काँधमा त
कहिले उसको काँधमा बस्न भ्याएँ ।

गोप्यता भङ्ग नहुनेगरी उनको कानमा
ट्वार्र-ट्वार्र आफ्ना भएभरका
पैँचो ल्याएका योग्यता सुनाएँ ।
फोन गर्न लगाएर हैसियत देखाएँ ।

मज्जाले गतिला फुइँ हान्न भ्याएँ ।
साइत जुराएर निवेदन पनि चढाएँ ।
प्रभु! यस पालि त पक्कै पार्नु हुनेछ भनी
सङ्कल्प लिएर पुराण लगाएँ ।

तक्मा लिन जान भनि
नयाँ दौरा-सुरुवाल सिलाएँ
तर मेरो नाम च्याट्ट उधिनेर नै होला
तक्मा पड्काउने सपना अधूरै रह्यो
पुर्पुरोमा लेखेको रहेनछ भनि
उध्रेको यो मन
धैर्यको धागोले खुटेर मिलाएँ ।

तै पनि के भयो !
सयौंको भीडमा आफ्नो नाम
कता पर्यो खोज्न थाल्दा हतारमा
टाउको यस्तो बजार्यो भित्तामा बेकारमा
कि सबैले देख्ने गरी
“तक्मा” प्रष्ट उम्रेको छ निधारमा ।

त्यो पनि ठीक्क तक्माकै
आकारमा डल्लाकारमा
कृपया मेरो यो तक्मा देखेर
यसरी नहाँस्नुस्
मेरो यो स्वयम्भू त तक्मासँगै आउनुस्
एउटा सेल्फी त खिचाउनुस् ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x