सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

असली बाजे

हामीले ती सबै बाजेका पेडा पसल चाहर्न थाल्यौँ । भित्र पसेर हेर्दा सबैमा मिसावटयुक्त र दुर्गन्धित देखिन्थ्यो ।

Nepal Telecom ad

हामीलाई असली पेडा खानु थियो । त्यसैले हामी असली बाजेको पेडा पसल खोज्दै थियौँ ।
एक जना अधबैँसे कराउँदै थियो –
“आउनुस् ! आउनुस् ! असली बाजेको पेडा पसल यही हो ।”

हेर्दा साइनबोर्ड आकर्षक थियो । हामी त्यतातिर मोडिनै लाग्दा अर्को तर्फबाट चर्को आवाज आयो-
“यो पुरानो बाजेको पेडा पसल हो यता आउनुस् यता !” हामी अलमलमा पर्‍यौं, अब कुन पसलतर्फ जाने ? सोच्दै थियौं ।

अलि परबाट एक जना वृद्ध कराइरहेका थिए-
“पुरानो असली बाजेको पेडा पसल त यता छ हजुर यतातिर आउनुस् ।”

हामी दुबिधामा पर्‍यौं र टक्क रोकियौं । गजबको विज्ञान रहेछ । कुन बाजे चाहिँ असली हुन् यकिन गर्न गाह्रो भो ।

हामीले ती सबै बाजेका पेडा पसल चाहर्न थाल्यौँ । भित्र पसेर हेर्दा सबैमा मिसावटयुक्त र दुर्गन्धित देखिन्थ्यो ।
हाम्रा राजनीतिक पार्टीहरू जस्तै !

०००
हेटौंडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
आशक्ति

आशक्ति

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
योगदान

योगदान

किशन पाैडेल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे