साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंको नेता

मतपत्र हातमा लिएपछि एक मिनेट सोच्नुस्.... तपाईंले जसको भाग्य बदलिदिँदै हुनुहुन्छ त्यसलाईं यो देशको ‘नेता’ भन्न सुहाउँछ ?

Nepal Telecom ad

ए हजुर ढोका खोल्नुस् त
नोट गन्दा गन्दा हातको चक्र समेत खुइलिएका सुकिला व्यक्ति
भोट माग्दै आएका छन्
नयाँ कोट लाएका छन्
लाग्छ… मीठो मीठो खाएका छन्
हेर्नुस् त… तपाईंले चिनेकै व्यक्तिले
टिकट पाएका छन्

ओठमा बोक्रे हाँसो छरेर
धनुष्टङ्कार परेर
पटक पटक नमस्कार गरेर
लाग्छ तपाईंलाई ? खुशी राख्छन्
तपाईंलाई तपाईंको भाँडो भरेर ??

थोपै पानी नझर्ने संविधानका धारा फेर्छु भन्नेछन्
मलाई जिताउनुस् तपाईंलाई हेर्छु भन्नेछन्
तपाईँ धारामा पानी हैन हावा आयो भन्नुहुन्छ
उनी भन्छन्…. साइकलमा भर्नुपर्छ
अब हामीले हावा पानी सबैको सदुपयोग गर्नुपर्छ

तपाईंको एक भोटले त्यसको राँगे काँधमा माला पर्नेछ
भोलिपल्टैदेखि देश खान सुरु गर्नेछ
रातारात पुग्नेछ पदमा
सोहोरेर खानेछ हतारमा, उग्राउनेछ फुर्सदमा

तपाईंको गाउँमा बाटो छैन भएको बाटोमा गाडी चल्दैन
भोट हानेर कतार तपाईं बारी बाँझै केही फल्दैन
नेता सुइँय गाडीमा तपाईं खुईय खाडीमा
राती अबेरसम्म काम, बिहान सबेरै आँखा मिच्नुहुन्छ
समुद्रको किनारमा जानुहुन्छ, सेकुवा साँप्रा खानुहुन्छ
ङिच्च दाँत देखाउनुहुन्छ
क्यामेराको बटन थिच्नुहुन्छ, गोडा चारेक फोटो खिच्नुहुन्छ

ढल्न लागेको घरमा रोगी बा खुईय गर्छन्
फिस्स रुन्चे हाँसो छर्छन्
“गरिबले बाँच्नु हुँदैन देशमा”
छोरा भन्दाभन्दै मर्छन्

साउदी गएर साउजी बन्ने सपना हुन्छ
जब तपाईंको पाइलाले तातो बालुवा छुन्छ
तपाईंको आत्मा कति रुन्छ
न बाउ छन् त्यहाँ न आमा
तपाईँको रुवाइ कसले सुन्छ !

ठुला सपना पुरा गर्न युवा पराइ भूमिमा धाउँछ
झुक्दै नझुक्ने नेपालको छोरो घोक्रो फुलाएर गाउँछ
तर भक्कानिन्छिन् नेपाल आमा किन कि
नझुक्ने छोराको सुन्दर शरीर एकाएक बाकसमा आउँछ

परिवारका लागि केही गर्छु भनेर गएको हो
सबैको मुहारमा खुशी भर्छु भनेर गएको हो
उतै मर्छु भनेर होइन

अब गुन्द्री राडी बनाएर खाडी भुल्नुपर्छ
झुसिलो खोरियालाई कोरिया सम्झेर डुल्नुपर्छ
तर देखाउनेले कहिल्यै सही बाटो देखाएनन्
खाडीकै बालुवामा पालुवा देखाए
आफ्नो मुलुकको माटो देखाएनन्

भन्नुस् यी सबै कुरा तपाईंको नेतालाई र बुझ्नुस्
चुनाव अघि जसले मासुभात खुवाउँछ
त्यसले तपाईंलाई मात्र हैन देशलाई रुवाउँछ
मतपत्र हातमा लिएपछि एक मिनेट सोच्नुस्….
तपाईंले जसको भाग्य बदलिदिँदै हुनुहुन्छ
त्यसलाईं यो देशको ‘नेता’ भन्न सुहाउँछ ?

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x